×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संस्था र सदस्यबीचको सम्बन्ध बलियो नहुँदा सहकारीमा समस्या’: सीईओ गुरागाईं

अर्थ सरोकार

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार

PRIME CA

‘संस्था र सदस्यबीचको सम्बन्ध बलियो नहुँदा सहकारीमा समस्या’: सीईओ गुरागाईं

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने बताएका हुन् ।

त्यस्तै, विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव, अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको तथा हाल सहकारीले विश्वासको संर्घष गर्नु परेको बताएका छन् । साथै, नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उनले भनाई रहेको छ ।

वित्तीय संस्था सुरुदेखिनै जोखिम रहने हुँदा त्यसलाई जोखिमरहित बनाउन व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने उनले बताएका छन् । जोखिमका विभिन्न प्रकार रहने हुँदा त्यसका लागि पूर्व सर्त निर्धारण गर्नु पर्नेमा उनले जोड दिएका छन् । सहकारीको जोखिम व्यवस्थापन सम्बन्धमा ऐन नियममासमेत धेरै कुरा उल्लेख भएपनि कार्यान्वयन नहुँदा समस्या आएको उनको भनाई छ ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ बद्रि कुमार गुरागाईंले भने, ‘ऐन नियमावलीले आन्तरिक कार्यविधिको व्यवस्था, कारोबारको लेखा राख्ने, वित्तीय विवरण प्रकाशन, कर्जा सूचना केन्द्र जस्ता थुपै कुरा बोलेको छ तर कार्यान्वय गर्न नसक्दा सहकारीहरुमा जोखिम बढेर गएको हो ।’

त्यस्तै, सहकारी संस्थाहरुले जोखिमको व्यवस्थापन वर्गिकरण गर्दै संस्थालाई जोखिमरहित बनाउनु अहिलेको आवश्यकता रहेको सीईओ गुरागाईंले बताएका छन् । उनले कोरिया र क्यानडाको उदाहरण दिँदै सहकारीको जोखिम व्यवस्थापनको मोडल उत्तम रहेको बताएका छन् । कोरियामा तीन तहको संरचना रहेको , त्यहाँको संस्थाको अनुगमन संस्थागत पुँजी तथा क्यामेल रेटिङ प्रणालीलाई आधार मानेर गर्ने गरेको जानकारी दिएका छन् ।

कुनै पनि संस्था वित्तीय रुपमा टाट पल्टिए पनि बचत सुरक्षणमार्फत सदस्यको बचत फिर्ताको सुनिश्चितता गरेको उनले जानकारी दिए । संस्थाहरुले विजनेश प्लान नबनाउने र सेयर पुँजीको १० प्रतिशत भन्दा बढी एकै व्यक्तिलाई लगानी गर्दा समस्या आउने हुँदा वित्तीय सञ्चालनको कानुनी परिपालना गर्दै संस्था सञ्चालन गर्न उनको आग्रह रहेको छ ।

त्यस्तै, जोखिमको पहिचान, मूल्यांकन र व्यवस्थापनलाई अध्ययन गरी संस्थामा लागू गर्न सके जोखिम न्युनिकरण गर्दै जान सकिने उनको भनाई रहेको छ । साथै, कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको अध्यक्षता, टिप्पणी डा. नरहरी ढकालले गरेका थिए ।

कार्यपत्रमाथी टिप्पणी गर्दै डा. नरहरी ढकालले भने, ‘सहकारीमा देखिएको समस्या आन्तरिक रहेको छ । सहकारी संस्थामा सञ्चालक, कर्मचारीहरुको विशेष सक्रियाता रहनुपर्छ ।
सहकारीहरु शहर केन्द्रीत र नाफामुखी हुँदा अहिले समस्या निम्तिएको धारणा राखे ।’ सहकारी संस्थालाई सफल र दिगो बनाउनको निम्ति संस्था भित्रका आन्तरिक नीति तथा कार्यविधिलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

साथै, संस्था र सदस्यबीचको सम्बन्ध बलियो नहुँदा पनि हाल सहकारीमा समस्या देखिएको बताएका छन् । कार्यक्रममा सहभागीहरुले वित्तीय संकटका कारण सहकारीले गरेको लगानी संकटमा परेकाले असुलीका विधि समेत दिन सकेको भए कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: