×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीमा पनि सुनका सिक्का र गहना किन्नेहरु किन यसरी ह्वात्तै बढे ? ‘ऋण गरेरै चाडबाडमा देखासिखी’ 

PRIME CA

मन्दीमा पनि सुनका सिक्का र गहना किन्नेहरु किन यसरी ह्वात्तै बढे ? ‘ऋण गरेरै चाडबाडमा देखासिखी’ 

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुनका सिक्का र गहना किन्नेहरु ह्वात्तै बढेका छन् । मन्दीका कारण लामो समयसम्म मन्द रहेको सुनको गहनाको व्यापार अहिले भने ह्वात्तै बढेको हो । अहिले सुनका गहनाको व्यापार मात्रै बढेको छैन, बरु सुनका सिक्का किन्नेहरु पनि बढेका छन् । 

पछिल्लो समय बजारमा देखिएको मन्दीका कारण सारा व्यापार/व्यवसाय धराशायी बनेका बेला सुनको व्यापार भने सामान्य अवस्थाको भन्दा दोब्बरले बढेको व्यवसायीहरुको भनाई छ ।

व्यवसायीका अनुसार यसअघि समान्य अवस्थामा दैनिक १० किलोसम्म सुन बिक्री हुने गर्दथ्यो । त्यसैमाथि आर्थिक मन्दी र महँगीका कारण सुनको व्यापार थप घटेको थियो । तर, अहिले पनि सुनचाँदीको व्यापार दोब्बरले बढेको व्यवसायीहरुले बताएका छन् । योसँगै अहिले न्युरोड लगायतका क्षेत्रमा सुनचाँदीका गहना बनाउने र किन्नेहरुको भीड लाग्ने गरेको छ ।

यसो त अहिले तिहारमा सुनका गहनासँगै सुनको सिक्का (असर्फी) को चलन पनि चर्चामा छ । त्यसैमाथि धनतेरश र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरी राम्रो धन आर्जन हुने विश्वास पनि रहँदै आएको छ । यही कारण पनि पछिल्लो समय तिहारमा सुनका गहना र सिक्काको चलन ‘फेसन’ झैँ बनेको छ । 

तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले बिक्री गर्ने असर्फी किन्न दैनिक सयौँको संख्यामा नागरिक राष्ट्र बैंक पुग्ने गर्छन् । अहिले राष्ट्र बैंकले सुनको असर्फी १० ग्रामको १ लाख १ हजार ३ सय ३५ रुपैयाँ, ५ ग्रामको ५० हजार ६ सय ६८ रुपैयाँ तथा २.५ ग्रामको २५ हजार ३ सय ३४ रुपैयाँमा बिक्री गरिरहेको छ । र असर्फी किन्नेहरु पनि अघिल्ला वर्षको भन्दा यसवर्ष धेरै छन् । 

कमजोर अर्थतन्त्र र आर्थिक मन्दीका समयमा यसरी सुनचाँदीको सिक्का र गहनाको व्यापार बढ्नुमा ‘देखासिखी’ मुख्य कारण रहेको जानकारहरु बताउँछन् । यतिसम्म कि अरुलाई देखाउनकै लागि पनि ऋण लिएर चाडवाडमा गरगहना बनाउने तथा तामझाममा विशेष ध्यान दिने गरेको जानकारहरुको भनाई छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: