×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० अर्ब बढी लगानी भएको कफी उद्योगको विकासमा सरकारको बजेट ५० लाख मात्रै !

PRIME CA

१० अर्ब बढी लगानी भएको कफी उद्योगको विकासमा सरकारको बजेट ५० लाख मात्रै !

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन देखिएको छ । नेपालमा कफी खेतीको ठूलो सम्भावना छ । तर, नेपाली कफी विश्व बजारमा समेत निर्यात गर्नसक्ने ठूलो सम्भावना हुँदा पनि राज्यले कफी खेतीको विकास र बिस्तारमा आवश्यक ध्यान दिन सकेको छैन । तीनै तहका सरकारले कफी खेतीको विकास र बिस्तार गर्न कुनैपनि कार्यक्रम ल्याउन सकेका छैनन् ।

पछिल्लो समय नेपालमा समेत झाँगिदै गएको ‘कफी कल्चर’ को विकास भएको छ । यस्तो संस्कृतिले नेपालमा नै उत्पादित कफीको माध्यमबाट स्वदेशमा नै युवाहरुले मुद्रा आर्जन गर्नसक्ने माध्यम बन्नसक्छ । कफी संस्कृतिले स्वदेशमै कमाइको अवसर सिर्जना गरेको छ । त्यसैले राज्यले कफी उत्पादन, लगानीमा नविन सोच भएका तर विदेश रहेका युवाहरुलाई स्वदेश फर्काउन सक्ने कार्यक्रम र योजना ल्याउन आवश्यक छ । राज्यले ठूलो निर्यातको सम्भावना र रोजगारी अवसरको क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखेको नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले बताए । उनले कफी व्यवसायलाई राम्रो निर्यात सम्भावना भएको उद्यमका रुपमा राज्यले निर्धारण गरे पनि कफी खेतीको बिस्तार र प्रवद्र्धनमा सरकार उदासिन देखिएको उल्लेख गरेका छन् । नेपालमा कफी खेती राम्रो आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिने धेरै सम्भावना भएको क्षेत्र भएपनि राज्यको उदासिनतका कारण खेती नै समस्यामा पर्ने डर रहेको बताएका छन् ।

‘कफी खेतीबाट राम्रै आम्दानी र युवाहरुलाई रोजगारी दिन सकिन्छ । अथाहा सम्भावना भएको क्षेत्र कफी खेती हो । तर गाउँमा काम गर्ने युवाहरु छैनन् ।’, उनले भने, ‘अहिले गाउँभरीका जग्गा जमिन बाँझो बसेका छन् ।’

त्यस्तै, पोखरेलले राज्य कफी खेतीको सम्भावनाका विषयमा समयमा नै सचेत हुने हो भने विदेश गएर आर्जन गर्ने मुद्रा नेपालमै कमाउन सकिने दाबी गरेका छन् । सरकारले कफी खेती सम्बन्धी सीप, बिरुवा, बीउ, सिंचाई, अनुदान र जग्गा भाडा ऐनमा सहजिकरण गर्न आवश्यक रहेको उनको भनाई छ । साथै नले सामुहिक करार खेतीका लागि पहाडका जग्गाहरुलाई बैंकले मूल्याङ्कन गरेर कर्जामा सहुलियत दिए व्यवसायीहरु लगानी गर्न तयार रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, महासचिव पोखरेलले कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसकेको दाबी गरेका छन् । तर, १० अर्ब लगानीमा कफी उत्पादनमा भने सरकारले १० प्रतिशत मात्रै लगानी रहेको उल्लेख गरेका छन् । नेपालमा कफी उत्पादन क्षेत्र कमजोर रहेको तर खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको पोखरेलको भनाई छ ।

‘कफी उद्योगमा १० अर्ब भन्दा बढी लगानी भइसक्यो, जसको १० प्रतिशत उत्पादन क्षेत्रमा लगानी भएको छ ।’, उनले भने, ‘उत्पादन क्षेत्र कमजोर छ, खपतको क्षेत्र हेर्दा उद्योग र क्याफेमा ठूलो लगानी भएको छ । १० अर्ब भन्दा बढी लगानी भएको क्षेत्रमा सरकारले कफीलाई भनेर जम्मा बजेट ५० लाख रुपैया मात्रै छुट्याउँछ । त्यहाँ बजेट कहाँ छर्ने भन्दा बोर्डको तालिम भत्ता, भ्रमणमा जान्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: