काठमाडौँ । माघ १ गते (सोमबार) देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् ।
सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँको हुँदैछ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । त्यहीकारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायत नदी तथा धार्मिक स्नानस्थलहरुमा मकर नुहाउने भक्तजनको भीड लाग्ने गर्दछ । देशभर मनाइने यो वर्षलाई लक्षित गर्दै सरकारले सार्वजनिक विदा दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्