×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मित्र मिलन सहकारी घोटाला : मनपरी गर्ने ‘माष्टर माइण्ड म्यान’ रमण पौडेल, ‘कर्मचारी र साथीभाई प्रक्रियामा फसे’ (भाग- १)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मित्र मिलन सहकारी घोटाला : मनपरी गर्ने ‘माष्टर माइण्ड म्यान’ रमण पौडेल, ‘कर्मचारी र साथीभाई प्रक्रियामा फसे’ (भाग- १)

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोटाला प्रकरण यतिबेला चर्चामा छ । पोखरामा रहेको सो सहकारीका प्रमुख रमण पौडेल यतिबेला पुर्पक्षका लागि थुनामा छन् भने ठगीको संलग्नता रहेको भन्दै ३३ जना विरुद्ध मुद्धा दायर भएको छ । मुद्धा दायर भएकाहरुमध्ये ७ जना पक्राउ परेका छन् भने अन्य फरार छन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको प्रतिवेदन तयार भएपछि कुल २१ करोड बिगो दाबी गरेर मुद्धा दायर भएको छ । जसमा अधिकांश रकम रमण पौडेलको एकल दिमागले दुरुपयोग भएको र अरु प्रक्रियामा फसेको भन्दै अहिले प्रक्रियामा फसेकाहरु अदालतले न्याय दिने आशमा बसिरहेका छन् ।

माष्टर माइन्ड रमण, केहि मतियार, बाँकी प्रक्रियामा फसे
स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेलकै मनपरीका कारण सहकारी डुब्दा अहिले संस्थाका ७ सय ४४ बचतकर्ता बिचल्लीमा छन् । संचालक समितिको निर्णयविना सहकारीको सिष्टमनै कब्जामा राखेर उनले पैसाको दुरुपयोग गरेको अहिले सहकारी प्रकरणमा आफु फसेको दाबी गर्नेहरु बताउँछन्  मित्रमिलको नामबाट खोलिएका सबै बैकको खातामा समेत रमणकै हस्ताक्षर गर्ने, रमणले दर्जनौ नक्कली खाता र नक्कली युजर आइडी बनाएर बचत कर्ताको रकम अपचलन गरेको अनुसन्धान प्रतिवेदनमासमेत उल्लेख भएको छ । संचालक समितिको निर्णयविना अध्यक्षले स्टिम चलाउने व्यवस्था नहुँदा पनि पौडेलले आफुखुसी गर्दा अन्य कर्मचारी र साथीभाईहरु पनि यो प्रकरणमा फसेको पौडेल निकटहरुको दाबी छ ।

अरुको नाममा फेक अकाउन्ट बनाएर कारोबार गर्ने गरेका पौडेलको यस्तै हर्कतका कारण थुप्रैको नागरिकता र अन्य विवरणसमेत दुरुपयोग भएको दाबी उनी निकटहरुको छ । प्रतिवेदनमा पनि पौडेलकै मुख्य डिजाइनमा यो प्रकरण घटेको उल्लेख छ ।
सहकारीका प्रवन्ध निर्देशक किरण अधिकारीको सहयोगमा उनले गरेको गलत धन्दाका कारण प्रक्रियागत रुपमा सहकारीका अन्य संचालक, कर्मचारी र उनका अन्य साथीभाई पनि यस प्रकरणमा फसेको पौडेल निकटहरुको दाबी छ ।
 
रमणले बनाएको तमसुकले भन्छ- ‘गल्ती उनैले गरे, अरु फसे’
रमण पौडेल सहकारीको पैसा अपचलन मात्र गर्दैनथे, अरुको फेक अकाउन्ट पनि चलाउँथे । साथीभाईहरुका अगाडी राम्रो बन्न खोज्ने तर भित्रभित्रै गलत हर्कत गर्ने उनले आफु नै दोषी हो र भविष्यमा केहि परे म नै भोग्छु भन्ने आशयको तमसुक पनि बनाएका छन् ।  सहकारीको रकम हिनामिना गरेर भारत भागेका उनी केहि समयपछि पोखरा फर्किएर संचालक समितिको बैठकमा उपस्थित भएका थिए । बैठक सकेर रमण र सहकारी प्रबन्धक किरणलाई एक पक्ष र बाकी संचालक समिति अर्को पक्षमा बनाई कपाली नाम तम्सुकमा अहिले सम्म सहकारीमा कुनै आर्थिक कारोवार अनियमिता भएको देखिएमा कानुनी रुपबाट रमण र किरणले जिम्मा लिने उल्लेख गरिएको छ । सो तम्सुकको सकली पत्र सचिव कुशल पौडेललाई जिम्मा लगाइएको थियो भने त्यसको प्रतिलिपी केही संचालक समितिसँग सुरक्षित छ । यसले पनि उनी यस प्रकरणका माष्टर माइन्ड हुन्, र सबै पैसा उनैले चलाएका छन् भन्ने देखिन्छ ।
तर प्रक्रियागत रुपमा उनले धेरैको खाता र अन्य विवरण दुरुपयोग गरेकाले अरु पनि यस प्रकरणमा फसे । कतिपय त उनको मतियार पनि बनेका छन्, तर गल्ती नगर्दा पनि प्रक्रियागत झमेलामा पर्दा प्राध्यापकदेखि, वकिल हुँदै पत्रकारसम्म यो प्रकरणमा फसेका छन् ।
(अभियोगपत्र र छानविन प्रतिवेदनसहितको विवरण अर्को अंकमा)   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: