Skip to content
LAXMI SUNRISE BANK

सबैलाई धन्यवाद दिएर धितोपत्र बोर्डबाट बाहिरिए रमेश हमाल, २१ महिनामा गरे यति धेरै काम… (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । २१ महिनाको कार्यकालपछि नेपाल धितोपत्र बोर्डबाट रमेश कुमार हमाल बाहिरिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तीमा परेपछि बाँकी रहेको कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका हमाल २० पुष (शुक्रबार) बोर्डबाट बिदा भएका हुन् ।

२०७८ फागुन ५ गते बोर्डको अध्यक्षका रुपमा नियुक्त भएपछि आफ्नो कार्याकाल अवधिभर सहयोग गर्ने लगानीकर्ता तथा सञ्चारकर्मीहरुलाई हमालले धन्यवाद दिएका छन् । साथै, हमालले आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा प्रर्यत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यस्तै, बोर्डबाट बिदा हुँदै बोर्ड अध्यक्ष हमालले २०७८ फागुन ५ गतेदेखि २०८० पुष २० गतेसम्मको २१ महिने कार्यकालमा धितोपत्र बजार तथा बस्तु विनिमय बजारको विकास तथा सुधारमा गरिएका मुख्य कामहरु पनि सार्वजनिक गरेका छन् । जसमध्ये हमालले दीर्घकालीन आर्थिक प्रभाव पार्ने सुधार तथा कार्य अन्तर्गत विशिष्टीकृत लगानी कोषको सुरुवात, एसएमईज प्ल्याटफर्मका लागि नियमावली तयार गरी पेश, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताएका छन् ।

त्यस्तै, वस्तु विनिमय बजार अनुमतिका लागि प्रक्रिया अगाडि बढाइसकेको समेत बोर्ड अध्यक्ष हमालले बताएका छन् । साथै नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढाएको र सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण ल्याइएको पनि उनले जनाएका छन् ।

त्यस्तै, समयसीमा तोकेर गरिएका सुधारका कार्यहरुमा ओपन इन्ट्रि एण्ड एक्जिट मार्फत धितोपत्र दलाल व्यवसायलाई अनुमति दिने, बुक बिल्डिगं प्रणालीमार्फत अनुमति प्रदान, मर्जर तथा एक्वीजिशन छरितो र धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारलाई चुस्त बनाइएको पनि बोर्ड अध्यक्ष हमालले जनाएका छन् । साथै लगानीकर्ता हित संरक्षणमा जोड दिई आश्वा शुल्क कटौती, बोर्डको इतिहासमै पहिलोपटक समयमा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई स्पष्टीकरण सोधी कारवाहीको प्रक्रिया अघि बढाएको लगायतका कार्य भएको पनि हमालको भनाई छ ।

बजार विकास तथा सुधारका लागि आफ्नो कार्यकाल अवधिमा डेडिकेटेड टिएमएसका लागि व्यवस्था, धितोपत्र बजारमा गैर आवसीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था, जलविद्युत समूहको कम्पनीहरुका लागि विशेष व्यवस्था, एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपिआई) सम्बन्धी व्यवस्था गरेको पनि हमालले बताएका छन् । यतिमात्र होइन अध्यक्ष हमालले आफ्नो कार्यकालमा अध्ययन सम्पन्न भएर प्रक्रियामा रहेका र सम्पन्न हुन नसकेका कामहरुलाई बुँदागत रुपमै प्रस्तुत गरेका छन् । यो हेर्नुहोस्ः

Market Reform 2080 Poush 20 Final
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK