काठमाडौँ । ‘ट्रेडिङ इकोनोमिक्स’का अनुसार सन् १९९० देखि २०२३ सम्म चीनमा निक्षेपको ब्याजदर औसत १.०३ प्रतिशत थियो । सबैभन्दा उच्च जुलाई १९९३ मा ३.१५ प्रतिशत थियो र अहिले ०.३५ प्रतिशतमा कायम रहेको छ । यो विकसित राष्ट्र जतिकै ब्याजदर हो । तर, चीन विकसित राष्ट्र होइन । सन् १९९० मा समेत त्यतिको ब्याजदर थिएन । तर पनि चीनको केन्द्रीय बैंकले निक्षेपको दर कम राख्यो। निर्माण र घर जग्गा क्षेत्रले त्यसको सबभन्दा बढी लाभ लिए। तर त्यसको मूल्य आम जनताले चुकाउनु परेको छ ।
उनीहरूले मिहिनेतले कमाएको पैसाले बैंकबाट ब्याज पाएन । उनीहरुलाई अब पुँजी बजारमा विश्वास छैन । उनीहरूसँग पैसा अभिबृद्धीको लागि कुनै सुरक्षित विकल्प रहेन। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले उनीहरूलाई लगानीको माध्यमको रूपमा अपार्टमेन्ट किन्न बाध्य पारेको थियो। सम्पत्ति निर्माणकर्ताहरूले यसको प्रत्येक किस्ताको मजा लिए । उनीहरूको लागि बैंकहरूले सस्तो कर्जा र ग्राहकहरूको प्रवाह सुनिश्चित गरेको छ ।
तर २०२१ बाट समस्या शुरू भयो । निर्माणकर्ताहरू ऋण चुक्तामा डिफल्ट हुन थाले । एभरग्रान्ड चीनको सबैभन्दा ठूलो निर्माणकर्ता थियो । २०१८ मा कम्पनी संसारको सबैभन्दा धनी रियल इस्टेट कम्पनी घोषित गरिएको थियो। डिफ्ल्टमा पुग्दा हुँदा कम्पनीले चीनका २ सय ८० सहरमा १३ सयभन्दा बढी परियोजना सञ्चालन गरिरहेको थियो । आज यो संसारको सबैभन्दा बढी ऋण भएको रियल इस्टेट कम्पनी हो । शेयर मूल्य ९० प्रतिशतले घटेको छ ।
धेरैको जीवनभरको बचत डुबेको छ । सोहीको प्रभावका कारण सन् २०२१ र २०२२ को बीचमा सम्पत्तिको मूल्यमा गिरावट आएको थियो। बेइजिङले अचल सम्पत्तिलाई ऋण मुक्त गराउन बैंकहरूलाई अर्बौं डलरको सहुलियत दिदा समेत मूल्यमा आएको गिरावटलाई रोकिएको छैन । तर, घर खरिद गर्नेलाई राहत छैन । बजारमा थोरै खरीदकर्ताहरू भएकाले उनीहरू खराब लगानी गर्न सक्दैनन् । सरकारले घर खरिदकर्ताका लागि धितो भुक्तानीको समयतालिका खुकुलो पारेको छ तर उनीहरुले किस्ता भुक्तानी गर्न सकिरहेका छैनन् ।