×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमजोर कम्पनीको प्रिमियममा आईपीओ : भ्रम र यथार्थ

अर्थ सरोकार

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार

PRIME CA

कमजोर कम्पनीको प्रिमियममा आईपीओ : भ्रम र यथार्थ

काठमाडौँ । अचेल अधिकांश मिडियामा समाचार देख्छु, `सेबोनले केही खराब कम्पनीलाई प्रिमियममा आईपिओ ल्याउन स्वीकृति दिएका कारण लगानीकर्ता डुबे ।´
के यो सत्य हो त ?
होइन ।
किनकि ती प्रिमियमवाला आईपिओमा लगानी गर्ने कोहि डुबेका छैनन् । बरु, दोब्बर-तेब्बरभन्दा बढी कमाएका छन् । आजकै दिनमा बेच्नेले पनि दोब्बरभन्दा बढी नै पाँउछन् ।
के यो रेटमा चलखेल भएको हो त ?
के आफ्नो पसिनाको कमाई लगानी गर्ने लगानीकर्ताहरु मिडियाले भनेझैं सब पटमुर्ख र बुद्धि नभएकै हहुन् त ?
के सेबोनले अनुमति दिएकै आधारमा मात्रै बीसौँ लाख लगानीकर्ताले अर्बौं रुपैयाँ खन्याएका हुन् त ?
अवश्य होइन ।
बजारको प्रकृति र चरीत्र नै फरक छन् । त्यस्तो लेख्ने मिडियाले बुझ्न बाँकी रहेको तथ्य भनेको नै यहि हो ।
ल मानौँ, मिडियामा आएका कुरा सत्य नै छन् र हुन् । कम्पनी खत्तमै, ‘पत्तुर’ नै थिए र पनि महँगोमा आइपिओ भिडाए । कसरी यो सम्भव भयो त ?
यसमा ती मिडियाको दाबी छ- सेबोन अध्यक्ष डाक्टर रमेश कुमार हमालले आर्थिक फाईदा लिएर अनुमति दिए ।
के यो तर्कमा दम छ त ?
यो त आफुले गुलाफको फूल दिएर प्रपोज गरेको केटीले रिजेक्ट गरेपछि `त्यो केटी चरीत्रहीन´ भन्दै हिँडेजस्तै हुन नि सक्छ ।
किनकि समाचारमा प्रिमियममा आईपिओ निष्कासनका प्रक्रियाहरुबारे तथ्य नै खुलाईएको छैन या लुकाईएको छ ।
अवकाश लिएको महिनौँपछिसम्म पनि प्रिमियमवाला आईपिओको न्युज उछाल्दै एउटा व्यक्तिमाथि सारा दोष लगाईरहेको सार्है चित्त बुझेन । कम्तिमा स्वतन्त्र मिडियाले यसको वास्तविक तथ्यबारे खुलाईदिनुपर्थ्यो ।
सेबोनमा रहेका स्थायी संयन्त्र जो आफैमा स्वायत्त र अनुभवी  बिषयबिज्ञहरु छन । के उनीहरुले केही महिनाका लागि आएका अध्यक्षको आदेशमा `खराबलाई असल´ गरे होलान ? – अवश्य गरेनन् ।
किनकि सेबोनमा रहेको रेगुलेटरी संयन्त्रको आफ्नै इतिहास, चरीत्र र बिशेषता छ । नियम अनुसार मिल्ने काम गरेका हुन् नकी अध्यक्षको आदेश पालना ।
अब के अध्यक्ष नै दोषी हुन त ? त्यहाँ संचालक समिति छ । विधि बिधान छ । स्थायी सयन्त्र छ । त्योभन्दा माथि अर्थ मन्त्रालय छ । अनेक चेक एन्ड ब्यालेन्सका तह छन् ।
तर अरु कुनैमाथी प्रश्न र आरोप छैन । यससाले हमाल माथि अन्याय गर्यो र स्वयं मिडियाले आफ्नै पाठकममाथि अन्याय गर्यो भन्ने आशंका पनि गर्न सकिन्छ ।
कानुनमा छ – ३ वर्ष लगातार नाफामा गएका कम्पनीले मात्रै प्रिमियममा आईपीओ ल्याउन पाउँछन ।
अव मिडियाको दाबी छ- अहिले घाटाको ब्यालेन्स-सिट छापिरहेका ती कम्पनीले बित्तीय बिवरण नै गलत बनाएका थिए ।
अव प्रश्न आउँछ बित्तीय बिवरण नै गलत बनाएका थिए भने यस्को दोष सेबोनको अध्यक्षको हो ? किनकि बित्तीय बिवरण गलत बनाउनेलाई कारबाही गर्ने निकाय अनेक छन । र छानबिन पनि जहिल्यै गर्न सकिन्छ ।
त्यसाे हाे भने कम्पनी ब्यवस्थापन र संचालक समिती, रेटिङ एजेन्सी, वितिय विवरण तयार गर्ने र लेखापरिक्षण गर्ने सिए फर्म, त्यस्को अध्ययन गरेर सिफारिस गर्नेहरु दोषी किन नहुने ?
आईपिओ निष्कासनको अनुमतिसम्म पुग्नेबेलासम्म अनेकौँ चरण पार गर्नुपर्छ । ती चरणमा कतै गलत भए अझै अनुसन्धान गर्ने ठाउँ छ नै ।
कम्पनीले आवेदन गर्दा नै `गलत विवरण बुझाएको भए कानुन अनुसार जुनसुकै बेला छानबिन गरेर कार्वाही गरे सहन बुझाउन तयार छु´ भनेर कागज गरिसकेको हुन्छ ।
अव त्यसैमा टेकेर कम्पनी संचालकहरु माथि नै कारवाही गर्न छोडेर एउटै व्यक्तिलाई पटकपटक घोचेर रटान लगाउँदा `नियोजित´ जस्तो देखिएला कि ?
यो मेरो सुझावमात्र हो ।
सुझाव
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: