×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धितोले खामेन भन्दै बैंकिङ कसुरमा हतकडी लगाउने हो भने कुनै बैंकर जेल बाहिर हुँदैनन्’- मनोज ज्ञवाली

PRIME CA

‘धितोले खामेन भन्दै बैंकिङ कसुरमा हतकडी लगाउने हो भने कुनै बैंकर जेल बाहिर हुँदैनन्’- मनोज ज्ञवाली

अर्थ सरोकार

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार

काठमाडौँ । बैंकर मनोज ज्ञवालीले ऋण असुलीको क्रममा धितोले खामेन भन्दै बैंकिङ कसुरमा बैंकरलाई हतकडी  लगाउने हो भने कुनै बैंकर पनि जेल बाहिर नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ज्ञवालीले कुनै बैंकले प्रवाह गरेको कर्जा खराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिङ कसुरमा हथकडी लगाउने हो भने कर्पोरेट/इन्फ्रामा कर्जा दिन बसेका कुनै पनि बैंक जेल बाहिर नहुने बताएका हुन् ।

मंगलबार तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा कमसल धितो राखेर बढी ऋण प्रवाह गरेको भन्दै बैंकका तत्कालीन सीईओ तुल्सिराम गौतम र मनोज न्यौपानेसहितका कर्मचारी पक्राउ परेका विषयमा सीआईबीले बैंकिङ नबुझेको पनि ज्ञवालीले बताएका छन् ।

उनले लेखेका छन्ः

समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे!!
कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फ़ाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ। कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु ग़लत हो । रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व BOK का सीईओ लाई यसै दुःख दिईयो । बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।
नोट: घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा/ कर्पोरेट कर्जा/ इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा Stock, Receivale र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक र receivable मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिंग प्राक्टिस यही हो ।
जय होस!!

मंगलबार पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुबास बहादुर श्रेष्ठ र सुनिल बस्नेतलाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनीहरुले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रविन्द्र चौलागाईं र उनी श्रीमती पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कम धितो राखेर बढी ऋण प्रवाह गरेको अरोप छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: