×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कामचलाउ’ नेतृत्वले ‘कार्वाहीको रिस्क’ नलिएपछि धितोपत्र बोर्डभित्रै अराजकता बढ्यो, ‘दोषीलाई चोख्याउने दुष्प्रयास !’

PRIME CA

‘कामचलाउ’ नेतृत्वले ‘कार्वाहीको रिस्क’ नलिएपछि धितोपत्र बोर्डभित्रै अराजकता बढ्यो, ‘दोषीलाई चोख्याउने दुष्प्रयास !’

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कमाण्डको जिम्मा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले ‘काम चलाउ’का रुपमा पाउँदा पाएपछि बोर्डमा अराजकता बढेको छ । काम चलाउले विवादित, वा अपजश पाउने काम नगर्ने, कार्वाहीको रिस्क नलिने र सकेसम्म सबैसँग मिलेर नै बोर्डमा काम चलाउको कार्यकाल सकाउने लाइन लिएपछि बोर्डभित्र अराजकता बढेको हो ।
‘कार्वाही त काम चलाउले कसरी गर्नु !’ भन्ने सोचले समस्या
बोर्डबाट तत्कालीन अध्यक्ष हमाल बाहिरिएको केहि समयपछि नै एकाएक ब्रोकरले सेयर बेचेको पैसा भुक्तानी गरेनन् भन्ने उजुरी हप्तामै डेढ सय बढेको छ भने त्यसरी पैसा नदिने ब्रोकरहरुलाई कार्वाही गर्न अधिकारी डराउँदा बजारमा झन् अराजकता बढेको हो । यसअलावा बोर्डभित्र फाइल लुकाउने काम पनि ह्वात्तै बढेको छ ।
बोर्डका अधिकृत बिनोद पौडेलले दिएको जानकारी अनुसार गत शुक्रबारसम्म मात्र डेढ सय उजुरी बोर्डमा परेका छन् । ती सबै ब्रोकरले पैसा दिएनन् भन्ने उजुरी हुन् । यो बोर्डमा ब्रोकरसम्बन्धि परेका उजुरीको सबैभन्दा ठुलो संख्याको तथ्यांक हो । बोर्डमा तत्कालीन अध्यक्ष रमेश कुमार हमाल हुँदा कार्वाहीको डरले भए पनि सेयर लगानीकर्ताको पैसा समयमै तिर्ने ब्रोकरहरुले अहिले सिष्टमलाई देखाएर रकम भुक्तानी गर्न नसकेको बताउँदा ब्रोकरहरूबारे उजुरी बढेका छन् ।
यता बोर्डका काम चलाउ प्रमुख डाक्टर अधिकारी भने नगरी नहुने काम बाहेक कुनै पनि काम नगर्ने आशय व्यक्त गर्छन् । ‘अहिलेको नेतृत्व भनेको काम चलाउ हो । अध्यक्ष आएपछि सबै काम हुन्छ । अहिले नगरी नहुने काम बाहेक अरु नगर्ने भन्ने विषयमा छलफल भएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।
‘दोषीलाई चोख्याउने दुष्प्रयास !’ 
डाक्टरसापले बोर्डको काम सम्हालेपछि अहिले बोर्डभित्र विभिन्न केसमा दोषी देखिएकाहरुलाई पनि चोख्याउने काम सुरु भएको ब्रोडकै कर्मचारीहरुको दाबी छ । पछिल्लो समय सबैभन्दा बढी नेप्सेका पूर्व सीइओ चन्द्र सिंह साउदलाई चोख्याउन बोर्ड नेतृत्व लागेको आरोप उनीहरुको छ । साउदले नियम मिचेर आफु संचालक हुँदा नेपाल इन्स्योरेन्सको सेयर बेचेको भन्दै बोर्डले उनलाई दोषी देखाईसकेको छ । पछिल्लो बैठकबाट नै कार्वाही हुनुपर्नेमा आफु काम चलाउ भएको भन्दै अधिकारीले साउदलाई बचाउने प्रयास गरिरहेका छन् ।
अर्कोतर्फ लामो समय बोर्डमा लुकेको तत्कालीन अजोड इन्स्योरेन्सको इन्साइडडर प्रकरणसम्बन्धि फाइल बोर्डभित्र फेरी गायब पार्न खोजिएको छ । शिवम सिमेन्टको उहिले नै फाइनल हुनुपर्ने केसलाई विभिन्न अध्ययनका नाममा टुङ्ग्याउने प्रयाससमेत भएको छ ।
कहाँ पुग्यो बोर्डमा नयाँ अध्यक्ष छान्ने प्रक्रिया ?

बोर्डमा अध्यक्ष नियुक्त गर्न सरकारले गठन गरेको सिफारिस समितिले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । बोर्डले कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेर आफ्नो पहिलो बैठक स्थगित गरेको हो । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक, अर्थमन्त्रालयका सचिव कृष्णहरी पुस्कर र शंकरदेव क्यापसका प्रध्यापक सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: