×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामा झण्डै ४० हजार चालकलाई मापसे कार्वाही, जरिवानाबाट मात्रै ४ करोड राजस्व संकलन

अर्थ सरोकार

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार

PRIME CA

६ महिनामा झण्डै ४० हजार चालकलाई मापसे कार्वाही, जरिवानाबाट मात्रै ४ करोड राजस्व संकलन

काठमाडौँ । पछिल्लो ६ महिनामा नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागूऔषध पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने करिब ४० हजार चालकलाई कारवाही गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुषसम्म मापसे गरेर सवारी चलाउने ३९ हजार २७२ जना र लापसे गरेर सवारी चलाउने २ सय ४२ जना चालकलाई कारवाही गरेको हो ।

मापसे र लापसे गरेर सवारी चलाउनेहरुलाई गरिएको कारवाहीबाट प्रहरीले जरिवानाबापत ३ करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रहरी प्रवक्ता डिआईजी भिमप्रसाद ढकालका अनुसार यस अवधिमा काठमाडौँ उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेहरूबाट काठमाडौं उपत्यकामा १ करोड ८६ लाख २७ हजार रूपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रूपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रूपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रूपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रूपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रूपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रूपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारवाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारवाही संख्या शून्य छ । ‘मापसे चेकिङका लागि सीमित जनशक्ति र सिसिटिभि क्यामराको न्यून पहुँच छ भने ब्रेथलाइजर लगायतका साधनस्रोत पर्याप्त छैनन् । यसका बावजूद पनि चेकजाँचमा नेपाल प्रहरीको सक्रियता कायम नै छ ।’, डिआईजी ढकालले भने, ‘नियमित चेकिङको साथै चाडपर्वको बेला जुनसुकै समयमा चेकजाँच हुने गरेको छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: