×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ तस्बिरमा हेर्नुहोस् विवाह मण्डपझैँ सिँगारिएको मनमैजु (फोटो-कथा)

PRIME CA

१५ तस्बिरमा हेर्नुहोस् विवाह मण्डपझैँ सिँगारिएको मनमैजु (फोटो-कथा)

१२ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँको । चैत्र शुल्क पूर्णिमामा हुने मनमैजु अजिमा जात्रा सुरु भएको छ । जात्राका लागि जात्रा हुने ठाउँ र मन्दिरहरुमा विवाह मण्डप झैँ बत्ती र तोरणले सिँगारिएको छ । बुधबार (आज) जात्राको तेस्रो दिन हो । आज १२ गते तेस्रो दिन मनमैजु मन्दिरबाट रथमा देवता बोकेर पुरानो बस्तिको परिक्रमा गरेर साँझ देविघरमा देवता राखिने चलन छ ।

सो समयमा विभिन्न गुठी र क्लवहरुले बासुरी, धिमे, बेण्ड लगायतका बाजागाजा बजाउँदै सिन्दुर छर्केर बस्तिमा परिक्रमा गरि भव्य रूपमा जात्रा मनाइने जात्रामा सहभागी स्थानीयले बताए । १२ गतेलाई अजिमा देवीको जात्राको मुख्य दिनका रूपमा पनि मानिन्छ ।

१३ गते चौंथो दिन पाहुनाहरुलाई घरमा बोलाएर खाजा, खाना खुवाउने र पाँचौं दिन नासाल चोकदेखि गणेशथान मन्दिर क्षेत्रमा मात्र जात्रा गरिने चलन छ । त्यसपछि साँझ लिँगो ढालेर जात्रा समापन गरिन्छ । छैटौं दिन भोटो जात्रा हुन्छ । गुठीयारहरुले गुठीघरबाट साँझ भोटो देखाउने चलन रहेको छ । यसरी मनमैजु जात्रा सकिन्छ ।बाँकी तस्बिरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: