×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो हप्ता कुन राशि भएका व्यक्तिले कति कमाउने योग छ ? हेर्नुहोस् आर्थिक राशिफल (भिडियोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यो हप्ता कुन राशि भएका व्यक्तिले कति कमाउने योग छ ? हेर्नुहोस् आर्थिक राशिफल (भिडियोसहित)

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

मेष

मेष राशिका लागि यो हप्ता अधुरा कामहरु बन्ने योग छ । लामो समयदेखि थाँती रहेका कामहरु यो हप्ता पूरा हुने योग छ । कुनै नयाँ व्यवसाय गर्न चाहानेहरुका लागि समय उत्तम छ । यद्यपी यतिबेला शुक्र अन्ध चलिरहेकाले पोरापूर नयाँ व्यवसाय भने गर्न उचित देखिंदैन । ठुला व्यक्तिहरुको संगतले काम बन्ने योग छ । यो हप्ता कसैलाई ऋण सापटी नदिएको राम्रो होला । जागिर खाने र व्यापार गर्ने दुवै थरीलाई यो हप्ता औसत समय छ । सेयर कारोबार गर्नेहरुलाई ४ र ५ अंक शुभ छ ।

वृष

वृष राशिका लागि यो हप्ता औसत छ । नजिकका आफन्तको सहयोगमा गरेको कामबाट राम्रो फल निस्कनेछ । गरगहना र नयाँ कपडा किन्ने समय उत्तम छ । बैदेशिक यात्राको पनि योग भएकाले खर्च भने केहि बढ्ने देखिन्छ । २ र ८ अंक शुभ देखिन्छ ।

मिथुन

मिथुन राशिका लागि यो हप्ता त्यति राम्रो छैन । अरुले गर्नु भनेकै आधारमा काम गर्दा बढी दुख हुने देखिन्छ । खर्च बढ्ने योग छ । संघर्ष गरेअनुसार फल नपाइने समय छ । सेयर बजारमा लाग्नेहरुलाई ४ र ७ अंक शुभ छ ।

कर्कट

कर्कट राशि भएकाहरुलाई यो हप्ता झमेला देखिन्छ । पैसा फसेको ठाउँबाट झन् बढी दुख देखिन्छ । आफ्नो पैसा फिर्ता गर्न ठुलै हण्डर खानुपर्ने देखिन्छ । अनावश्यक काममा लाग्दा रोजगारी र आम्दानीको राम्रो अवसर गुम्न सक्ने खतरा छ । ६ र ९ अंक शुभ देखिन्छ ।

मकर

मकर राशिका आर्थिक रुपमा यो हप्ता औसत छ । बोलीको भरमा राम्रो आम्दानी हुने देखिन्छ । नयाँ गाडी किन्ने समय उत्तम चाह । व्यापार व्यवसाय औसत भए पनि, खर्च भने केहि बढ्ने देखिन्छ । सेयर बजारमा लागेकाहरुले १ र ९ अंक प्रयोग गर्दा ख्याल गर्नुहोला । १ र ९ शुभ अंक देखिने हुनाले सेयर कारोबार गर्ने लगानीकर्ताले सो अंकमा विशेष ध्यान दिनुहोला ।

सिंह

सिंह राशिका लागि यो हप्ता मध्यम चाह । मेहेनतको फल प्राप्त हुनेछ । यात्रा गर्ने अवसर जुरे पनि खर्च बढ्ने योग छ । शिक्षा क्षेत्रमा राम्रो सफलता हासिल हुने देखिएको छ । व्यापार गर्नेहरुलाई भने यो हप्ता निकै राम्रो छ । व्यापारबाट मनग्य आम्दानी हुने देखिन्छ । ९ र ६ शुभ अंक भएकाले सेयर कारोबार गर्नेहरुले यो अंक पर्ने गरी कारोबार गर्नुहोला ।

कन्या

कन्या राशि भएकाहरुलाई यो हप्ता औसत छ । महत्वाकांक्षी योजनाहरु सुरु गर्दा राम्रो हुन्छ । तर काम गर्दा सो काम गोप्य राखेर अगाडी बढ्नुमा भलो देखिन्छ । खर्च केहि बढे पनि खर्च पोसाउनेछ । जागिर गर्नेहरुका लागि यो हप्ता औसतमा राम्रो छ । सेयर बजारमा लाग्ने व्यक्तिहरुले ३ र ८ अंक पर्नेगरी कारोबार गर्नुहोला ।

तुला
तुला राशिका लागि यो हप्ता खर्चको समय छ । स्वास्थ्यका लागि बढी खर्च हुने देखिन्छ भने काममा बाधा आउने देखिन्छ । फसेको रकममध्ये केहि हात पर्ने योग छ । कला क्षेत्रमा काम गरिरहेकाहरुका लागि भने समय राम्रो छ । सेयर बजारमा लाग्नेहरुलाई ४ र ९ अंक शुभ देखिन्छ ।

वृश्चिक

वृश्चिक राशि भएका व्यक्तिका लागि यो हप्ता संघर्षपूर्ण हुन सक्छ । काममा सफलता मिले पनि संघर्ष बढ्न सक्ने देखिएको छ । घरजग्गामा लगानी गर्ने समय उत्तम छ । बैदेशिक रोजगारीमा रहेकाहरुका लागि पनि यो हप्ता उत्तम छ । सेयर कारोबार गर्दा सकेसम्म १ र ९ अंक नपर्नेगरी गर्दा राम्रो होला ।

धनु

धनु राशि हुनेहरुका लागि यो हप्ता आम्दानी बढ्ने योग छ । जोस जाँगर र हिम्मत बढ्ने हुनाले आम्दानीको स्रोत पनि बढ्ने योग छ । प्रेमी / प्रेमिकासँग मिलेर गरेको काममा राम्रो पैसा आम्दानी हुने देखिन्छ । व्यवसायमा राम्रो फड्को मार्न सक्ने स्थिति छ । विदेश भ्रमणको योग भएकाले खर्च केहि बढ्न सक्छ । ३ र ७ शुभ अंक देखिन्छ ।

मकर

मकर राशिका आर्थिक रुपमा यो हप्ता औसत छ । बोलीको भरमा राम्रो आम्दानी हुने देखिन्छ । नयाँ गाडी किन्ने समय उत्तम चाह । व्यापार व्यवसाय औसत भए पनि, खर्च भने केहि बढ्ने देखिन्छ । सेयर बजारमा लागेकाहरुले १ र ९ अंक प्रयोग गर्दा ख्याल गर्नुहोला । १ र ९ शुभ अंक देखिने हुनाले सेयर कारोबार गर्ने लगानीकर्ताले सो अंकमा विशेष ध्यान दिनुहोला ।

कुम्भ
बैदेशिक रोजगारीमा रहेका कुम्भ राशिका व्यक्तिहरुलाई यो हप्ता राम्रो छ । आफ्नो विचार विपरित निर्णय हुँदा केहि दुख पाउने योगसमेत छ । आफुसँग भएको बहमूल्या बस्तु हराउने, बढी खर्च हुने जस्ता योग पनि देखिएका छन् । सेयर कारोबार गर्दा ३ र ७ अंक पर्नेगरी गर्दा राम्रो होला ।

मीन
मीन राशिका लागि आर्थिक रुपमा यो हप्ता मध्यम छ । सोचेअनुसार काम बन्ने स्थिति पनि नरहन सक्छ । खर्च बढ्ने योग भए पनि नयाँ काम गर्ने योगसमेत छ । सेयर बजारमा लाग्ने लगानीकर्ताहरुले १, र ४ अंक सकेसम्म प्रयोग नहुनेगरी काम गर्दा राम्रो होला ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: