×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

GLOBAL IME BANK
SHREE KESH

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

१६ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् ।  हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउले उद्देश्यले र्यापिड रेस्पोन्स टोली परिचालन गरेको एनसेलले जनाएको छ ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरूलाई सधैँ अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

हावाहुरी र भारी वर्षाले असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढी जिल्लाका ११६ मोबाइल टावरमा असर गरेपनि यो टिमले तत्कालै काम गरेकाले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः सञ्चालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण उक्त दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइबर ब्रेक भएको, रूखहरू र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपुर्तिमा समेत असर परेको थियो ।

आरआरटीलाई विशेष गरि आपतकालीन अवस्था सम्हाल्दै अवरुद्ध हुने सेवा तत्कालै सुचारु गर्ने विषयमा तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले आरआरटीहरु गठन गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी एनसेलले विपद् पूर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेलले प्रतिबद्धता जनाएको छ ।

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरि एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनरेटर र सेल अन ह्विल पनि तयार गरेको छ । त्यसैगरी धेरै सेवाग्राही भएका ठाउँहरू र बाढीले असर गर्नसक्ने ठाउँहरूलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरू गरेको छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।

 विभागको टोलफ्री सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: