काठमाडौँ । पूँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा राखिएको अधिकतम १५/२० करोडको सीमालाई खारेज गर्नुपर्ने बताएकी छिन् । उनले धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको हाल १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा ल्याउनुपर्ने उल्लेख गरिन् ।
पोखरेलले पूँजीबजारका लागि मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्ने नीति ल्याउन आवश्यक रहेको धारणा राखेकी छिन् । अध्यक्ष पोखरेलले बैंक तथा वित्तीय संस्थाले पूँजी बजारमा लगानी गर्न पाउने बाटो खुला गरिनुपर्ने पनि बताएकी छिन् ।
त्यस्तै, लगानीकर्ताले धितोपत्र दलालमार्फत नै मार्जिन कर्जा सुविधा प्राप्त गर्न सम्पूर्ण कर्जा प्रदायक बैंक तथा वित्तीय संस्थाले धितोपत्र दलालमार्फत नै कर्जा प्रदान गर्ने व्यवस्था आगामी मौद्रिक नीतिमा गर्नुपर्ने पोखरेलको भनाई छ । ‘ब्रोकर र लगानीकर्ताको सम्बन्ध नङ मासुको जस्तै हुन्छ । सबै लगानीकर्ताको पहुँच बैंकमा हुँदैन । साना लगानीकर्ताहरुलाई ब्रोकरबाटै सहज रुपमा मार्जिन ल्यान्डिङको पनि व्यवस्था गर्नुपर्छ ।’, उनले भनिन्, ‘बैंकमा तरलता सहज छ । तर, लगानीकर्ताहरुले कर्जा लिन सकेका छैनन् । अब सरकारले स्थिर नीति बनाउँदै बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्छ ।’
त्यस्तै, अध्यक्ष पोखरेलले राष्ट्र बैंकले १५/२० करोडको सीमालाई खारेज, जोखिम भारलाई १०० प्रतिशत कायम गर्न सकेमात्रै पनि पुँजीबजार लगानीकर्ता उत्साहित हुने बताएकी छिन् । उनले पुँजीबजारबाट ठूला लगानीकर्तालाई बाहिर राखेर साना लगानीकर्ताबाट पुँजीबजार माथि उकास्ने सरकारको नीति फेल भएको भन्दै पूर्वअर्थमन्त्री वर्षमान पुनबाट बजेटमा ठूलो अपेक्षा गरे पनि बजेटले पुँजीबजारलाई नछोएको बताइन् ।

साथै आगामी आर्थिक वर्षमा राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा लगानीकर्ताहरुको रहेको पोखरेलले उल्लेख गरेकी छिन् । ‘अहिले सत्ता समिकरणसँगै लगानीकर्ताहरु कुहिरोभित्रको कागजस्तै दोधारमा परेका छन् । चार वर्षदेखि प्यानिक भएका लगानीकर्ताहरुलाई आगामी मौद्रिक नीतिमार्फत नीतिगत सहजता हुने लगानीकर्ताहरुको अपेक्षा छ ।’, उनले भनिन्, ‘राष्ट्र बैंकले नियमन गर्ने बाहनामा पूँजीबजारलाई नियन्त्रण गरिरहेको छ । अबको मौद्रिक नीतिमार्फत नीति सहजता हुने आशा हो ।’
त्यस्तै, अध्यक्ष पोखरेलले ३२ सयमा पुगेको पुँजीबजार चार वर्षदेखि १८ सयको बिन्दुमा घुमिरहनु मुलुकको अर्थतन्त्रको लागि राम्रो संकेत नभएको पनि बताएकी छिन् । उनले पूँजीबजारको विकास र बिस्तारको लागि राज्यले लिने नीति स्थिर हुन आवश्यक रहेको भन्दै राज्यको प्राथमिकतामा पुँजीबजार नपर्दा पनि पुँजीबजारले गति लिन सकेको जिकिर गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्