×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरि ढकालको सक्रियतापछि फर्कियो बजार, अघिल्लो दिन अर्थमन्त्रीलाई भेटेर दिएका थिए यस्ता सुझाव…

LAXMI SUNRISE BANK
GLOBAL

हरि ढकालको सक्रियतापछि फर्कियो बजार, अघिल्लो दिन अर्थमन्त्रीलाई भेटेर दिएका थिए यस्ता सुझाव…

१७ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको सक्रियतापछि सेयर बजार लयमा फर्किएको छ । केही दिनयता लगातार करेक्सन देखिएको बजार सोमबार भने १२७.३२ अंकले बढेको हो ।

सोमबार बजार बढ्नुको कारणका रुपमा लगानीकर्ताले सांसद हरि ढकालसहितको टिमले अर्थमन्त्रीलाई भेटेर पूँजी बजारको सुधारका लागि ७ बुँदे सुझाव बुझाएका थिए ।

निरन्तर बढिरहेको बजार पुनः ओरालो लाग्न थालेपछि ढकासहितको टोलीले अर्थमन्त्रीलाई भेट्नु, बजार सुधारका लागि सुझाव दिनु र लगानीकर्ताका सुझावप्रति अर्थमन्त्री पोजेटिभ हुनुले बजारमा लगानीकर्ताको मनोबल बढाएको थियो । फलस्वरुप सोमबारको बजारमा राम्रो बढोत्तरी देखिएको जानकारहरुले बताएका छन् ।

आज नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३. २५ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय ३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

त्यस्तै, सोमबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज नेशनल हाइड्रोपावरसहित ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यस्ता छन ढकालसहितको टोलीले अर्थमन्त्रीलाई दिएका ७ बुंदे सुझाव: 

१. अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्नुपर्ने ।

२. बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचीकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने ।

३. सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानुपर्ने ।

४. धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने ।

५. खरब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने ।

६. धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने ।

७. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिबिधि रोक्न नियमन बढाउनु पर्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी