×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफको सेयर घोटाला प्रकरण, सीईओले स्वीकारे ‘बदमासी’, जेल जानबाट जोगिन दौडधुप !

LAXMI SUNRISE BANK
GLOBAL

सन नेपाल लाइफको सेयर घोटाला प्रकरण, सीईओले स्वीकारे ‘बदमासी’, जेल जानबाट जोगिन दौडधुप !

२० भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले सेयर बाँडफाँडमा ‘बदमासी’ गरेको स्वीकारेका छन् । सीईओ अर्यालले कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँडमा ‘बदमासी’ भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेरै स्वीकारेका हुन् ।

सीईओ अर्यालसँगै कम्पनीका सञ्चालकसमेत सीआईबीमा पुगेर आरक्षित सेयर बाँडफाँडमा गल्ती भएको स्वीकारेका छन् । 

केही समयअघि कम्पनीका केही कर्मचारीले आईपीओ बाँडफाँडमा सञ्चालक र सीईओले बदमासी गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी दिएका थिए । उजुरीपछि बोर्डले गरेको अनुसन्धानका क्रममा कम्पनीले आफ्ना कर्मचारीका लागि छुट्याएको सेयरसध्ये ८० प्रतिशत सेयर सीईओ आफैँले लिएको पाइएको थियो । त्यसप्रश्चात बोर्डले उक्त प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएको होे । 

हाल सीआईबीले सन नेपाल लाइफको सेयर घोटाला प्रकरणमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानको पहिलो चरणमा सीआईबीले कम्पनीका सञ्चालक तथा उजुरीमा प्रतिवादी बनाइएकाहरुसँगै सोधपुछ गर्ने र बयान लिने काम गरिरहेको छ । सोहीबीच कम्पनीका सीईओ र केही सञ्चालकले सेयर बाँडफाँडमा गल्ती भएको स्वीकारेका छन् । 

हाल सेयर बाँडफाँडमा ‘बदमासी’ गरेको विषयमा सतहमा आएपछि जेल जाने डरले सीईओ अर्यालसँगै सञ्चालकहरु शक्तिकेन्द्र धाउन थालेकोसमेत बुझिएको छ ।

भएको के हो ? 
२०८० जेठ २५ गते कम्पनीको सञ्चालक समितिको बैठकले कुल आईपीओको ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याउने निर्णय गरेको थियो । 

अर्थात, कम्पनीले जारी गरेको कुल ९६ लाख कित्ता आईपीओमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । तर, कर्मचारीका लागि छुट्याइएको ८० प्रतिशत सेयर संस्थाका सीईओ अर्याल आफैँले राखेको र तल्लो तहका कर्मचारीका लागि २० प्रतिशत मात्रै सेयर दिएका थिए ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा कुल आईपीओको ५ प्रतिशतसम्म कर्मचारीका लागि छुट्याउनुपर्ने भनिए पनि कर्मचारीभित्र कसरी सेयर बाँडफाँड गर्ने मापदण्ड नहुँदा सीईओ अर्यालले पदको दुरुपयोग गर्दै कर्मचारीका लागि छुट्याइएको सेयरमा रजाइँ गरेको कर्मचारीहरुको आरोप छ । त्यसपछि आईपीओ बाँडफाँडमा सीईओले विभेदपूर्ण व्यवहार गरेको भन्दै संस्थाका केही कर्मचारीले सीईओ अर्यालविरुद्ध धितोपत्र बोर्डमा उजुरीसमेत दिएका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी