काठमाडौँ । नेपाल उद्योग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पारेका छन् । केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको घिसिङले बताएका हुन् ।
उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पारेका छन् ।
धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको कुलमानको भनाई छ । उनले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताएका छन् । उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५÷६ महिना लाग्ने बताएका छन् ।
त्यस्तै, उनले अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने पनि दाबी गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए । उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको घिसिङको भनाई छ । तर, अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनले बताएका छन् । अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको कुलमानको भनाई छ ।
त्यस्तै, घिसिङले अहिले उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको बताएका छन् । उनले पिक समयमा भने उद्योगहरुमा विद्युत कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताएका छन् । त्यस्तै, उनले यो हिउँदमा लोडसेडिङ नहुने दाबी गर्दै लोडसेडिङ हुने चरणमा नरहेको पनि स्पष्ट पारेका छन् ।