काठमाडौँ । पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछी मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानी भएको मुगुमा पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोबार भएको छ ।
महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानीय कृषकहरुले परम्परागत मुडे घारमा मौरी व्यवसाय गर्दै आफ्नो जीवन निर्वाह गर्दै आई रहेका छन् ।
मह कृषक रुप बहादुर सेजुवालले पुर्खादेखि यही मौरी खेती गर्दै आएको बताए । उनले वर्षमा १ लाखदेखी २ लाखसम्म मह बिक्री गरेर आम्दानी गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताएका छन् । मह किन्नको लागि ग्राहक घरमै आउने र प्रति मानाको १ हजारदेखी १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताएका छन् ।
‘बर्षमा २ पटक मह निकाल्ने गरेको छु ।’, उनले भने, ‘जिल्लामा मौरी सम्बन्धी तालीम, गोष्ठी, अनुदानका कार्यक्रम सन्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन ।’
आधुनिक घारमा मौरी नहुेने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरुको भनाइ छ । आर्थिक स्रोत र अनुदान नपाउँदा बर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरुको गुनासो रहेको छ । मुगु जिल्ला कृषि विकास कार्यालयको आर्थिक वर्ष २०८० ८१ को तथ्याङ्क अनुसार जिल्ला भरी ५ हजार ५ सय मैरी घार रहेका छन् । गर्त वर्ष भन्दा यो वर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ । सरदरमा प्रति मुडे घारमा ५ के.जीको दरले २० हजार, ५ सय केजी घरमा खाने, आफ्न्तहरुलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आर्थिक रकम जिल्लामा भित्रिएको देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्