काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
समयमा काम सम्पन्न नगरेको तथा कमसल सामानको प्रयोग गरेर काम गरेको भन्दै सम्बन्धित निकायले सिफारिस गरेपछि ५ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
एक सूचना नै जारी गरेर कार्यालयले आजकै मितिदेखि लागू हुनेगरि दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ ।
कालोसूचीमा परेका निर्माण कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने भएका छन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीको लिस्टः