काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार जम्मा खाताधारीहरूमध्ये करिब ४५.८२% ले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् भने इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या केबल ३.६७% मात्र छ । डिजिटल प्रविधिमा भएको तीव्र विकासका बाबजुद यी तथ्यांकले डिजिटल बैंकिङ पहुँचमा ठूलो खाडल देखाउँछन् ।
उक्त रिपोर्टअनुसार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवाको प्रयोग बैंकिङ ग्राहकहरूको आधाभन्दा कम (५०%) मात्रले गरिरहेका छन् । यो देखाउँछ कि अझै पनि ठूलो जनसंख्याले डिजिटल बैंकिङ सेवामा पहुँच पाएका छैनन् वा पाएका भए पनि उपयोग गर्न सकेका छैनन् । विस्तृत रूपमा हेर्दा:
प्रमुख चुनौतीहरू
रिपोर्ट अनुसारका मुख्य तथ्यहरू
मोबाइल बैंकिङ ग्राहकहरू:
• कुल: २६,७५७,१९४
• कुल खाता संख्या: ५८,३९९,७८४
• कभरेज : (२६,७५७,१९४/५८,३९९,७८४) × १०० = ४५.८२%
इन्टरनेट बैंकिङ ग्राहकहरू:
• कुल: २,१४१,४२३
• कभरेज : (२,१४१,४२३/ ५८,३९९,७८४×१०० = ३.६७%
मुख्य कारणहरू – डिजिटल बैंकिङ पहुँच/प्रयोगमा कमी
वित्तीय साक्षरताको कमी
• ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका धेरै मानिसहरूले स्मार्टफोन वा इन्टरनेट प्रयोग गर्न जान्दैनन् ।
• बैंकिङ एप्स कसरी प्रयोग गर्ने भन्ने ज्ञान नहुनु ।
स्मार्टफोन तथा इन्टरनेट पहुँच अभाव
• धेरै ग्राहकसँग स्मार्टफोन छैन वा प्रयोग योग्य मोबाइल डाटा छैन ।
• इन्टरनेट सस्तो र सहज नभएको स्थानहरूमा प्रयोग असहज ।
विश्वासको अभाव
• साइबर सुरक्षा प्रति डर, ठगी वा पैसा हराउने त्रास ।
• भौतिक बैंक शाखा जस्तै ‘देखेर, बुझेर’ सेवा प्रयोग गर्न चाहने मनोविज्ञान ।
बैंक तथा शाखाहरूको न्यूनतम प्रवर्द्धन प्रयास
• धेरै बैंकहरूले आफ्नो डिजिटल सेवाको पर्याप्त प्रचार/प्रशिक्षण नगरेको ।
• मोबाइल बैंकिङ सेवा भए पनि ग्राहकलाई सक्रिय गर्नेलाई प्राथमिकता नदिएको ।
भाषा तथा एप्सको प्रयोगमा कठिनाइ
• एपहरू अंग्रेजी वा कठिन भाषामा हुँदा बुझ्न गाह्रो हुने।
नियम-प्रक्रियाको जटिलता
• मोबाइल वा इन्टरनेट बैंकिङ सक्रिय गर्न झन्झटिलो प्रक्रिया ।
के गर्न सकिन्छ ? -विस्तारमा सुझावहरू:
1. डिजिटल साक्षरता अभिवृद्धि
• बैंकहरू र सरकार मिलेर ग्राम/नगर तहसम्म डिजिटल बैंकिङसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु ।
• स्थानीय भाषामा सजिलो गाइड, भिडियो ट्युटोरियलहरू तयार पार्नु ।
2.सस्तो डेटा र स्मार्टफोन पहुँच
• दूरसञ्चार कम्पनीहरूसँग सहकार्य गरेर बैंकिङ एप्सका लागि फ्री/सस्तो डाटा सुविधा उपलब्ध गराउनु।
3. सिक्योरिटीमा विश्वास अभिवृद्धि:
• ग्राहकलाई २एफए (टु -फ्याक्टर अथेन्टिकेशन), ओटिपी, बायोमेट्रिक लगइन जस्ता सुरक्षित प्रणालीको प्रयोगबारे जानकारी दिनु।
४. बैंकिङ एप्सलाई प्रयोगमैत्री बनाउने:
• युआइ/युएक्स सुधार गर्दै सरल भाषा (नेपाली, थारु, मैथिली आदि) मा सेवा उपलब्ध गराउने।
५. अभियान र प्रोत्साहन:
• डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई रिवार्ड स्किम, क्यासव्याक, डिसकाउन्ट जस्ता योजना ल्याउने ।
६. सम्पूर्ण बैंकका शाखा/कर्मचारीलाई प्रशिक्षित बनाउने:
• ग्राहकले शाखामा जाँदा सहजै डिजिटल सेवा लिन सक्ने प्रशिक्षण कर्मचारीमार्फत उपलब्ध गराउने ।
(प्रभु बैंक भिमाद शाखाका ब्रान्च मेनेजर धुर्ब भुसालको लेख )