गभर्नरको नियुक्तिसँगै गत आइतबार आएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारको लागी एउटा सरप्राईज गिफ्ट नै आयो । नीतिको समीक्षामार्फत लामो समय देखि अडकिएको एउटा हलो फुत्कियो । ५० लाख माथिको सेयर कर्जामा लगाइँदै आएको औसत भारलाई १२५% बाट झारेर १००% मै कायम गर्ने नीति समीक्षा मार्फत आयो । जस अनुसार बैँक तथा वित्तीय संस्थाको च्यानलमा ढुसी परेर बसेको २५ अर्ब बराबरको रकम चलायमान हुने बाटो खुल्यो ।
लगत्तै मिडिया तथा सामाजिक सञ्जालमा यो विषयलाई लिएर भव्य स्वागत गरियो । चौतर्फी माहौल हेर्दा लाग्थ्यो कि अब सोमवार त सेयर किन्नै पाइँदैन ! केहि मित्रहरू बिच त अब भोलि मार्केट हल्ट भइहाल्छ घुम्न पो कता जाने हो भन्ने बिषयमा घनिभुत छलफल चल्दै थियो ।
आम अपेक्षा विपरित हिजो सोमवार खुल्ने बित्तिकै लगातारको बृद्दि सँगै करिव ६५ अंकले बढेको बजार निकै उतार चढावको सामना गर्दै बन्द हुँदा करिव ५ अंकले घटेर बन्द भयो ।
आखिर किन बजारको चाल अपेक्षा विपरित रह्यो ?
● बजारमा सर्ट टर्म र उधारो कारोबारको बिग्बिगी छ । उधारो र शर्ट टर्म कारोबार गर्नेहरू अल्पकालीन लगानीकर्ता हुन् । उनीहरुलाई दिर्धकालीन नीतिको कुनै परवाह हुँदैन । उनीहरुलाई नाफा बुक गर्नको लागी बस् एउटा इभेन्ट चाहिन्छ । यो विषयलाई पनि उनिहरुले एउटा ईभेन्ट कै रुपमा प्रयोग गरे ।
● यसै बिच बजारमा बजेट मार्फत् सरकारले सेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर बजेट मार्फत बढाउँदै छ भनेर नयाँ हल्ला फैलियो । लगत्तै अघिल्लो दिनको उत्साह पानीको फोका झैं विलिलिन भएर गयो । यसै बिच झोला भर्न छुटेकाहरूलाई यसमा होस्टेमा हैँसे गर्न पनि भ्याए ।
● परिसूचक पछाडि फर्के सँगै सुरुको १५ मिनेट मै भएको डेढ अर्बको कारोबारको उत्साह बिस्तारै मथ्थर हुँदै परिसूचक सँगै भोलुम सुस्ताउँदै गयो ।
अबको सम्भावनाहरू :
● अत्यन्तै संवेदनशिल सेयर बजारलाई चलाउँदा कस्तो असर पर्छ भनेर सरकार त्यसमा पनि बजारबाट बुल मन्त्रीको संज्ञा पाएका अर्थ मन्त्री बिष्णु पौडेल राम्रैसँग जानकार छन् । तसर्थ उनले बजारबाट केही कुरा लिंदा त्यो भन्दा बढी दिनु पर्दछ नत्र भुईंको टिप्न खोज्दा खल्तीको पनि झर्छ भन्ने बिषयमा राम्रैसँग जानकार छन् ।
● बजारले पूँजी बजार प्रति सकारात्मक गवर्नर पाएको छ । अर्थविद् डा. बिश्व पौडेलबाट सेयर बजारका लगानीकर्ताले उनको कार्यकालमा गरेको अपेक्षा संभवत साकार नै हुने आशा गर्ने धेरै ठाउँहरु छन् ।
आफ्नो कार्यकालमा उनले त्यस्तो कुनै पहाड फुटाउनै पर्दैन । पूर्व गवर्नर महाप्रसाद अधिकारीले कसेका पेचहरुलाई केहि हदसम्म खुकुलो मात्र पारिदिए पुग्छ । उनले यत्ति गरिदिए लामो समय देखि अलमलिएको सेयर बजारले उनकै पालामा नयाँ उचाई चुम्ने आँकलन गर्न सकिन्छ ।
● यदि दिर्धकाल करलाई नचलाई अल्पकालीन लाभकारलाई १०% त के १५% नै पुर्याए पनि कुनै फरक पर्दैन । नाफामा तिर्ने कर, त्यो पनि ७२ घण्टे कारोबारीलाई खासै अन्याय नहोला । यसले त झन् अल्पकालीन कारोबारलाई केही हदसम्म निरुत्साहित गर्दै दिर्धकालीन लगानीलाई प्रोत्साहन गर्ने देखिन्छ ।
बजेट भाषण आउन दुई दिन बाँकी छ । अब हामीचाहिँ टकटक्याएर बस्ने कि झोली भर्ने ?
सेयर बजार भनेको बिश्वाश र भावना बिचको खेल हो । सत्य तथ्य मनन गर्दै अफवाहको पछि नलागौं । एकदमै डर लाग्छ भने मन शान्तिको लागी बजारबाट केही समयको लागी बिदा हुँदा पनि भयो । हैन आँटले खाने हिम्मत लिन सकिन्छ भने नकारात्मक हल्लाको बिच यो अवधिमा सकेको झोला भरेर बस्ने ।
(नोट : कसैको पनि नितान्त ब्याक्तिगत बिचारलाई लिएर सेयर खरिदबिक्री सम्बन्धि निर्णय नगरौं । कुरा सबैको सुनौं निर्णय भने आफै गरौं ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्