×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रेड टावरका अध्यक्षविरुद्ध मुद्दैमुद्दा, सेयर लगानीकर्तालाई कति जोखिम ? (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्रेड टावरका अध्यक्षविरुद्ध मुद्दैमुद्दा, सेयर लगानीकर्तालाई कति जोखिम ? (भिडियो ब्रिफिङ)

Artha Sarokar

८ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा बुल आएको संकेत देखिन थालेपछि यतिबेला जताततै चर्चा सेयर बजारकै छ । बजार घटेर १८००-२००० मा हुँदा सेयर पनि किन्ने कुरा हो र ? किन्यो कि घाटा ! भनेर उल्ल्याउनेहरु अहिले त्यहि सेयर डबल भएपछि अब कति बढ्ने हो ? अझै बढ्छ ? किन्ने बेला भयो ? जस्ता प्रश्न गरिरहेका छन् । हुन त हरेक बुलमा यस्तै हुन्छ, बुल हो कि होइन भन्दाभन्दै बुल सकिन्छ, बियर हो कि होइन भन्दा भन्दै बियरिस बजार सकिन्छ । तीतो यथार्थचाहिं के हो भने बुल बजारमा धेरै मान्छेहरु फसिरहेका हुन्छन्, किनकि बुलमा अनुभवीले मात्र पैसा कमाउने हो, नयाँले बुलमा अन्ततः कमाउने अनुभव मात्र हो, पैसा कमाउने नयाँ लगानीकर्ताको संख्या एकदम कम छ ।

सेयर बजार केहि दिन के बढेको थियो, बजारमा सेयरको कुरा चोकचोकमा गल्लीगल्लीमा हुन थालेको छ । आजकल त के छ ? भनेर हालखबर सोध्दा पनि, अस्ती भर्खर परेको ट्रेड टावरको १० कित्ता छ भनेर ठट्टा गर्नेहरु भेटिन थालेका छन् । तर जति रमाइलो र मजेदार, अनुभव भएकाहरुलाई हुन्छ बजार, त्यति नै निर्मम हुन्छ बजार नयाँका लागि । एक पटक घाटा नखाई सेयर बजारमा जम्नु भनेको एक पटक पनि नलडी मोटरसाइकल सिकें, एक पटक पनि फेल नभई सिए पास गरें भनेजस्तै हो, जुन असम्भव त छैन, तर सजिलो पक्कै छैन । किनकि जव जव बजारमा बुल आउँछ, बजारमा कम्पनीबारे नबुझी, त्यहाँको व्यवस्थापन नहेरी, सेयर किन्ने र पछि पछुताउने भुल गर्ने लगानीकर्ताको संख्या ठुलो छ । अझ, आईपीओको स्वीकृति जस्ता पत्रु कम्पनीलाई पनि दिने काम भईरहेको नेपाली बजारमा त लगानीकर्ता फस्ने क्रम जारी छ, सायद जारी रहिरहनेछ ।

केहि समय अघि मात्र एउटा कम्पनीले आइपीओ जारी गर्यो । कम्पनी हो ट्रेड टावर लिमिटेड । जग्गा नै लिजमा लिएर चलेको कम्पनीको लिज अवधि सकिन अव धेरै समय छैन । त्यसपछि यो कम्पनी के हुन्छ ? यसमा लगानी गरेका सेयरधनीको सेयर के हुन्छ भन्ने प्रश्नको जवाफ कसैसँग छैन । तर पनि कम्पनीको सेयर आईनै सक्यो, बजारमा कारोबार सुरु मात्र भएको छैन, दिनदिनै सर्किट हान्ने कम्पनी पनि भईसक्यो । अव बजार उफ्रेर माथि पुगेपछि त्यहाँका लगानीकर्ता त आफ्नो सेयर बेचेर उम्किने नै भए, जसको हातमा सेयर हुनेछ, उसले बोकेको सेयरको भाउ, कम्पनीको लिज अवधि पुगेपछि के कति हुन्छ भन्ने प्रश्नको जवाफ कसैसँग छैन । अझ भनौँ, यस विषयमा सोच्ने फुर्सद नै कसैलाई छैन । कारण, केहि समयका लागि रन्केको सेयर बजारको आगो तापेर आफ्नो बाटो तताउन खोज्नेहरुको संख्या नै ठुलो छ सेयर बजारमा ।

अव प्रसङ्ग तिर लागौँ, ट्रेड टावरको सेयर तपाईं किन्नुस, बेच्नुस, वा जे गर्नुस्, त्यो तपाईंको इक्षा भयो । तपाईंको पैसा, तपाईंको घाटा, तपाईंको नाफा । यसमा अरुको खास सरोकार हुने कुरै भएन । तर ट्रेड टावरका अध्यक्ष शिवहरी दंगालले गरेको ३ करोड ९० लाखको अपचलनको विषय भने सार्वजनिक महत्वको विषय हो, र यसमा हामी बोल्नुपर्छ भनेर आज बोलिरहेका छौँ । किनकि कुरा कोहि एक व्यक्तिले गरेको बदमासीको मात्र होइन, कस्तो व्यक्ति जनताले लगानी गरेको वा भनौँ जनतालाई लगानी गर्न लगाइएको कम्पनीका अध्यक्ष छन् भन्ने विषय बढी महत्वपूर्ण छ । दंगालले होटल क्रिस्टलको घरजग्गा लिजमा लिने क्रममा संस्थाबाट पैसा लिएर पनि दिनुपर्ने व्यक्तिलाई भुक्तानी नदिएपछि अहिले यो प्रकरणलाई पीडीतले ’ठगी’ दाबी गरिरहेका छन् । अध्यक्ष दंगाल अदालती केस भएकोले बोल्न नमिल्ने भन्दै पन्छिन खोजिरहेका छन् ।

होलटका लागि आवश्यक घर तथा जग्गा लिजमा लिने क्रममा घरको मूल्यसमेत निर्धारण भएको सम्झौतामा प्रष्ट देखिन्छ । तर घरको मूल्य ३ करोड ९० लाख कायम भए पनि सो रकम कहिलेसम्म भुक्तानी दिने भने विषय सम्झौताले नबोलेको भन्दै अहिले पीडीतहरुले सो रकम पाएका छैनन् । 

भएको के हो ? 
हालको ट्रेड टावर तत्कालीन संकल्प इन्भेस्टमेन्ट एन्ड होल्डिङले काठमाडौं चाबहिलमा होटल सञ्चालन गर्न मुराहरि अर्याल र मुकुन्दमणि अर्यालको नाममा रहेको घरजग्गा लिजमा लिने सम्झौता गरेको थियो । उक्त सम्झौता हुँदाका बखत नै घरको मूल्य ३ करोड ९० लाख तोकी भुक्तानी दिने गरी सम्झौता भएको जग्गा/घरधनी मुकुन्दमणि अर्यालको दाबी छ ।  अझ त्यसमाथि आफुले पाउनुपर्ने घर भाडावापतको रकम लामो समय वितिसक्दा पनि नपाएको भन्दै उनी कानुनी उपचारमा छन् । तर उनलाई सो रकम भुक्तानी भईसकिएको छ भन्छ कम्पनी । आफ्नो रदाइ को नाममा बियरर चेक काटेर अध्यक्ष दंगालकै आफ्ना मान्छेहरुले भुक्तानी लिएको अर्यालको दाबी छ । उनका अनुसार यस विषयमा खोजबिन गर्दा ४४ वटा बिअरर चेक ९-९ लाखको काटेर दंगालले आफ्नो र आफ्ना मान्छेको व्यक्तिगत खातामा रकम ट्रान्सफर गरेका छन् । कुरा टसलमा परिणत भएपछि कम्पनीका अन्य कुराहरु पनि बाहिर आएका छन् । जस्तो कि, ट्रेड टावरले अर्यालको उक्त घरमा निर्माण सम्झौता विपरीत स्वीकृत नक्साभन्दा २ तला बढी थप गरी १ वैशाख २०८१ मा उद्घाटन पनि गरेको आरोपसमेत अर्यालको छ ।   

त्यसपछि केस सीआईबी सम्म पुग्यो । अर्यालले आफुमाथि ठगी भएको भन्दै ९ वैशाख २०८२ मा  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा आफुले पाउनुपर्ने रकम भुक्तानी गराइदिन अनुरोध गर्दे जाहेरी पेस गरे । त्यसपछि ब्युरोले एनआईसी बैंक र मालपोत कार्यालयबाट विवरण मगायो । जाहेरी परेपछि ११ बैसाखमा दंगालले मध्यस्थ नियुक्ति गर्न भन्दै पत्र पठाए । तर आफुमाथि ठगी भएको भन्दै अर्यालले मध्यस्त नियुक्ति अस्वीकार गरे । त्यसपछि उनले प्रहरी परिसर काठमाडौँमा उजुरी दिए ।  प्रहरी परिसर काठमाडौंले २४ असारमा ठगी सम्बन्धी कसुरमा हिरासतमा राखी अनुसन्धान गर्ने भन्दै पक्राउ पुर्जी पनि जारी गरी थमाएको पनि छ । तर नेपालको कानुन दैब नै जानुन् भन्ने शैलीमा दंगाललाई पक्राउ गरेकै दिन रिहाई गर्यो । प्रहरी भन्छ- ‘मुद्धा नै दर्ता भईसक्यो, त्यसैले छोड्न मिल्यो ।’ प्रहरीका अनुसार दंगालविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्दै २४ असारमा मुद्दा दर्ता भईसकेको छ । 

अव यो मुद्धा दंगालले जिते भने त जिती हाले, हारेर उनी जेल गए भने के हुन्छ ? जनताले विश्वास गरेर लगानी गरेको कम्पनीको हालत के हुन्छ ? सतहमा आएको यो घटनाजस्ता अन्य विवाद कम्पनीमा छैनन् होला भन्न सकिने आधार के हुन् ? यो कम्पनीले आईपीओको स्वीकृति त पायो, तर स्वीकृति दिने निकायले जनताको पैसाको भविष्यका बारेमा सोच्यो ? अझ ट्रेड टावरले आइपीओमार्फत पैसा सोहोरेको देखेर अन्य यस्तै कम्पनी पनि आइपीओको तयारीमा छन् । यसले नेपाली सेयर बजारको भविष्यलाई कस्तो असर गर्छ भन्ने कुरा किन कसैले ख्याल गरेन ? यस विषयमा कसैले सोच्नुपर्दैन ?

कुरा ट्रेड टावरका अध्यक्ष शिवहरि दंगालले के गरे र उनलाई के मुद्धा पर्यो भन्ने विषय होइन, कुरा जनताले पैसा खन्याएको कम्पनीका अध्यक्ष यतिसम्म विवादित हुँदा त्यसको असर जनताको लगानीमा पर्दैन र ? भन्ने हो । हिजो ट्रेड टावर कसैको बिजनेश मात्र थियो होला, आज जनताको पैसा परिसकेपछि यसमा नियामक नेपाल धितोपत्र बोर्ड लगायतको चासो हुनुपर्दैन ? भन्ने हो । हिजो नेपाल सेयर मार्केट्स जस्ता कम्पनीहरु डुबे, तिनमा करोडौं लगानी गरेका जनताको हातमा रहेका सेयर मात्र कागजको खोस्टो बनेका छन्, र यसरी डुबेका कम्पनीहरु को सूची सानो छैन । अव त्यसमा अर्को सूची नथपियोस् भन्नका लागि नियामकले सोच्नुपर्छ । र १० कित्ता नै सहि, आफुले मेहेनत गरेर कमाएको पैसा लगानी गरेपछि आफुले लगानी गरेको कम्पनीका अध्यक्षका बारे सेयर लगानीकर्ताले सोध्नुपर्छ, खोज्नुपर्छ । (भिडियो) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी