×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली युवाका लागि संचार र नेतृत्वको नयाँ युगको थालनी: Eloquence Toastmasters Club को शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाली युवाका लागि संचार र नेतृत्वको नयाँ युगको थालनी: Eloquence Toastmasters Club को शुभारम्भ

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको थेम्स इन्टरनेशनल कलेजमा साउन ११ गते Eloquence Toastmasters Club को पहिलो डेमो मिटिङ भव्य रूपमा सम्पन्न भएको छ । Toastmasters International अन्तर्गतको सम्भावित नयाँ क्लबले युवामा संचार, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । ‘One – Many’ भन्ने विषयमा आधारित उक्त कार्यक्रममा क्लबकी Presiding Officer सम्बृद्धि कार्कीले Toastmasters का मूल्य र उद्देश्यबारे सशक्त मन्तव्य दिएकी थिइन् भने सत्र सञ्चालनको जिम्मेवारी Toastmaster of the Evening (TMoE) प्रज्वल ताम्राकारले कुशलतापूर्वक सम्हालेका थिए । कार्यक्रमलाई सरोज ताम्राकार (मूल्याङ्कनकर्ता), दृष्टि सिंह (टाइमर), उनिशा महर्जन (अह काउन्टर), अशिका डाँगी (व्याकरण विश्लेषक) र सालिना कापाली (मतगणक) ले सहयोगी भूमिकाबाट सशक्त बनाएका थिए ।

कार्यक्रमको विशेष आकर्षण ‘On-the-spot Evaluation’ सत्र नै थियो । जहाँ मृदुल बस्नेत र मदन के. पनेरुले प्रभावशाली भाषण प्रस्तुत गरेका थिए । कार्यक्रममा मृदुल बस्नेतद्वारा HOPE शीर्षकमा दिइएको  वक्तव्य गहन र जिवनयोपगी थियो ।  Toastmasters को CRC विधि – Commend, Recommend, Commend – अनुसार मूल्याङ्कनकर्ताहरू शाहील बराल र राजन महर्जनले तुरुन्तै विश्लेषण गरेका थिए । उक्त अभ्यासले Toastmasters क्लबलाई केवल बोल्ने अभ्यासमात्र नभई आत्मपरिमार्जन र नेतृत्व विकासको अन्तर्राष्ट्रिय प्रयोगशाला बनाएको छ।

Table Topic Master पुजन गुरुङको संयोजनमा आकस्मिक प्रश्नहरूको सत्रले सहभागीहरूको स्पष्ट सोच, द्रुत निर्णय क्षमता र भाषण कलाको परीक्षण गरेको थियो ।  साथै, General Evaluator सरोज ताम्राकारको नेतृत्वमा समग्र सत्रको समीक्षा गर्दै व्याकरण, टाइमिङ र संचार प्रभावकारिता सम्बन्धी पक्षहरूको विश्लेषण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सालिना कापालीद्वारा विजेता घोषणा गरिएको थियो । मृदुल बस्नेत र मदन पनेरु ‘श्रेष्ठ वक्ता’ घोषित भए भने रुमित श्रेष्ठ, साहिल बराल र रजन महर्जन ‘श्रेष्ठ मूल्याङ्कनकर्ता’ बनेका थिए । टेबल टपिकतर्फको उत्कृष्ट वक्ता भने मत परिणामअनुसार घोषणा गरिने जनाइएको छ ।

त्यस्तै,  कार्यक्रमका विशेष अतिथि तथा अर्थखबर का प्रधान सम्पादक भुवन भण्डारीले Toastmasters लाई केवल अंग्रेजीमा बोल्ने थलो नभएर नेतृत्वको अन्तर्राष्ट्रिय प्रयोगशाला भएको भन्दै यसको मूल्याङ्कन संस्कार र संवाद कलालाई नेपालको युवा विकासमा क्रान्तिकारी पहलको रूपमा व्याख्या गरेका छन् ।

Eloquence Toastmasters Club ले हरेक आइतबार साँझ ५:४५ बजे नियमित सत्र, भाषण प्रतियोगिता, नेतृत्व तालिम, Mentor–Mentee कार्यक्रम तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा आउटरीच कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ । हाल नेपालभर ६६ Toastmasters क्लबहरू सक्रिय छन्, र Eloquence Club को औपचारिक चार्टरपछि यो संख्या ६७ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी