काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि बढेर प्रतितोला ३१२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६७९ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।