काठमाडौँ । अब लघुवित्त वित्तीय संस्थाहरुले धितोमा १५ लाख रुपैयाँसम्म कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरुले धितोमा १५ लाखसम्म कर्जा दिन पाउने व्यवस्था गरेको हो ।
यसघि लघुवित्त वित्तीय संस्थाहरुले धितोमा ७ लाख रुपैयाँसम्म मात्र कर्जा दिन पाउने व्यवस्था थियो ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्