क्यानाडा । अफगानिस्तानमा पछिल्लो २० वर्षसम्मको आर्थिक र सामाजिक पुनर्निर्माणको चरणमा भइरहेको प्रगति र विकासको यात्रा एकाएक यसरी रोकिन्छ भन्ने कुनै पूर्वानुमान थिएन । सन् २०२० को फेब्रअरी अन्तिममा कतारको दोहामा भएको शान्ति सम्झौताको कार्यान्वयनको चरणमा बाइडेन प्रशासनले अप्रिलमा आफ्नो सबै सेनाहरु सेप्टेम्बरसम्म पूर्णरुपमा फिर्ता गरिसक्ने घोषणा गरेको थियो । मेरिकाले आफ्नो सेना फिर्ता गरिसक्ने घोषणा गरेपछि तालिबानी समूहले अफगानिस्तानभर आक्रमणलाई तीव्र बनाएको हो । अमेरिकी सेना फिर्ताको क्रम सुरु भएपछि आक्रमण तीव्र बनाउँदै तालिबानी समूहले मुलुकलई अध्याँरो प्रतिगमनको सयमतर्फ फर्काउन लागेको हो ।
तालिबानले निर्वाचित सरकारबाट मुलुक कब्जा गर्ने प्रयासस्वरुप क्रूरतापर्वक आक्रमण तीव्र बनाउँदै विभिन्न क्षेत्रहरु कब्जा गरिरहेको छ । सन् २०२० २१ मा करिब १०० बिलियन डलरको अन्तर्राष्ट्रिय सहायता प्राप्त गरेको अफगान सरकारले तालिबानी समूहले सन् २९९६ देखि २००१ सम्म तहसनहस बनाएको सामाजिक र आर्थिक क्षेत्रको पुर्ननिमार्ण गरिरहेको थियो । तर जुलाई १० मा तालिबानी समूहले अफगान क्षेत्रको ८५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको घोषणा गरेको थियो । स्वतन्त्र विज्ञहरुले पनि करिब ५० प्रतिशत जिल्लाहरुमा तालिबानी समूहले नियन्त्रण कायम गरेको बताएका थिए ।
अफगानिस्तान सरकारको लागि लगातार वैश्विक समर्थनको कमी हुँदै जाँदा तालिबानी शासनको पुनः उदय अहिलेको नयाँ वास्तविकता बन्न पुगेको छ । अघिल्लो कार्यकालको दौरान तालिबानको ट्र्याक रेकर्ड अनुसार जाँदा अफगानिस्तानको नयाँ पुस्ताको भविष्य फेरि अन्धकार बनेको छ । सन् १९९६ को तालिबानको पहिलो चरणको दौरान तालिबानले इस्लामको कट्टरपन्थी संस्करणको लागि सार्वजनिक सजाय, १० वर्षभन्दा माथिको उमेरका छोरीहरुलाई विद्यालय जान रोक लगाउने, टेलिभिजनमा प्रतिबन्ध लगाउने, अफगानिस्तानको प्रसिद्ध बामियन राज्यमा रहेका ऐतिहासिक बुद्धका मूर्तिहरु नष्ट गर्नेलगायतका गतिविधिहरु गरिएका थिए । तालिबानी शासन उच्च बिन्दुमा पुगेको समय सन् १९९९ मा करिब ९ हजार छात्राहरु विद्यालय भर्ना भएका थिए । हाल करिब ३५ लाख छात्राहरु विद्यालय भर्ना भएका छन् ।
केही स्वतन्त्र विज्ञहरुले गरेको प्रक्षेपण अनुसार तालिबानको सैन्य र आर्थिक शक्ति आजका दिनमा सन् २००१ को तुलनामा निकै धेरै रहेको छ । तालिबानले सत्ताबाट बाहिरिए पछिको अवधिमा राजस्व संकलनका सबै सम्भावित अवसरहरुको शोषण गरेर आफ्नो शक्ति पुनः प्राप्त गर्न प्रयोग गरेको थियो । यसको समर्थन गर्न तालिबानले देशभर लामो समयदेखि चलिरहेको विद्रोहलाई कायम राखेको छ । वर्तमान मा, यो ७५ हजारभन्दा धेरै लडाकुहरु छन् र यसको विद्रोही मेसिनरी विदेशी कोष (सरकार र निजी दाताहरुबाट) साथै स्थानीयस्तरमा कर, जबरजस्ती असुली, र अवैध लागुऔषधजस्ता कुराहरुबाट आर्थिक स्रोत परिचालन गर्ने गरेको छ ।
तालिबानी समूहको यो कोषको यो प्रवाह ट्र्याक गर्न सजिलो छैन किनकि उग्रवादी संगठन लेखा प्रकाशित गर्दैन । डिसेम्बर २०१८ मा प्रकाशित बीबीसीको एक रिपोर्टका अनुसार तालिबानले विद्रोही कारबाहीको भुक्तानी गर्न एउटा परिष्कृत वित्तीय सञ्जाल र कर प्रणाली चलाउँछ । २०११ देखि समूहको वार्षिक आय चार सय मिलियन अमेरिकी डलर अनुमान गरिएको थियो । तर यो हालैका वर्षहरुमा उल्लेखनीय वृद्धि भएको छ ।अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अफीम उत्पादक मुलुक हो । वार्षिक करिब १.५ बिलियन अमेरिकी डलर बराबरको अफिम निर्यात हुने गरेको छ । विश्वव्यापी अवैध हेरोइनका लागि अफिम निर्यात हुने गरेको पाइएको छ । तालिबानी समूहले अन्य विभिन्न क्षेत्रहरुबाट कर उठाउने गरेको छ । जसका कारण अपगानी नागरिकहरु दोहोरो करको चपेटामा परेको भन्दै चर्को विरोध भएपछि अफगान सुरक्षा फौजले कर असुलीलाई रोक्न नागरिकहलाई सहयोग गरेको थियो ।