×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला जाँदा प्रचण्डलाई तनाव, अध्ययनलाई प्रभावित पार्न चिनियाँ दूतावास सक्रिय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला जाँदा प्रचण्डलाई तनाव, अध्ययनलाई प्रभावित पार्न चिनियाँ दूतावास सक्रिय

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल सरकारले चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला पठाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावित देखिएका छन् । खुमलटार स्रोतका अनुसार हुम्लाका स्थानीय जनप्रतिनिधि तथा चिनिया दूतावासका एजेण्डहरु सीमा विवादकै विषयमा छलफल गर्न प्रचण्डको घर धाइरहेका छन् । सरकारले चीनसँग सीमा मिचिएको अध्ययन गर्न टोली हुम्ला पठाएपछि यता काठमाडौँमा चलखेल सुरु भएको छ । स्थानीय जनप्रतिनिधिहरूले सीमा मिचिएको भनिरहँदा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बीना अध्ययन अनुसन्धान सीमा नमिचिएको बताएको थियो । तर ओली हटेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त विवादबारे अध्ययन टोली बनाएर चीनले मिचेको भूमि खोज्न पठाएको हो ।

ओली सरकारको निर्णयमा असहमति जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएपछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वको समितिले अध्ययन थालेको हो । स्रोतका अनुसार अध्ययन टोली हुम्ला पुगिसकेको अवस्थामा नाम्खा गाउँपालिकाका अध्यक्ष सङ्घीय राजधानी काठमाडौंमा आइपुगेका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले माओवादी केन्द्रका प्रचण्डसँग भेटेर सीमा विवादबारे कुरा गरेको बताइएको छ। कुनै अध्ययन बिना तत्कालीन सरकारबाट कुनै सीमा विवाद नरहेको भनाउन सफल ‍प्रचण्ड अहिले तनावमा रहेको स्रोतका भनाइ छ । स्रोतले भन्यो, ‘चीन सीमा विवादबारे अध्ययन टोली बनाएकोमा उनी रुष्ट रहेका छन् ।’ यसै प्रसङ्गमा उनको गाउँपालिका अध्यक्षसँगको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ ।

सरकारले अध्ययन टोली बनाएसँगै चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख-उपप्रमुखहरूसँग भेटघाट तीव्र बनाइएको स्रोतको दाबी छ । उक्त भेटघाट के प्रायोजनका लागि भन्ने नखुले पनि अध्ययन टोलीको अध्ययनमा प्रभावित पार्न हुनसक्ने स्रोतको भनाइ छ । चिनियाँ अधिकारीहरूले हुम्लाका जनप्रतिनिधिहरूलाई पनि पटक-पटक भेटिसकेको बताइएको छ । सीमा विवादबारे अध्ययन टोली उता रहेको समयमा उनीहरूको भेटघाटको गहिरो अर्थ रहेको बताइएको छ।

तत्कालीन समयमा चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरीक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरूको निरीक्षण गरेको थियो । सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरूले नेपाली भूमिमै भवनहरू बनाएको पाएको उनले बताएका थिए । उनले चिनियाँहरूले नेपाली भूमिमै घरहरू बनाएको दाबी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका थिए ।

उनको भ्रमणपछि नेपाली काँग्रेसले तत्कालीन केपी ओली सरकारलाई सीमा विवादबारे जानकारी गराएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा। शशाङ्क कोइराला लगायतका नेताहरूले सरकारसँग उक्त विवादबारे जानकारी मागेका थिए । ओली सरकारले तत्कालीन समयमा कुनै अध्ययन बिनै सीमा नमिचिएको बताएको थियो । चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।

नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए । यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताए । माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा केही समय तनाव उत्पन्न भएको थियो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी