×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

बिराटनगर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना गरेको छ । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको बिरुद्धमा सरकार नरहेको बताए । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए । ‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पर्याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भने ।

प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिबद्धता जाहेर गरे । यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए । ‘सुचिकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने ।

बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए । ‘प्रदेशमा बोर्डको आवश्कता महसुुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजनलगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उनले भने । उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गरेर पुँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैले गर्न उनले सुझाव दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रमका प्रदेश १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पुँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए । उनले मोफसलमा पुँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पुँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नु पर्ने आवश्यकता औांलाएका थिए । नीतिगत अस्थीरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पुँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पुँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामिण अर्थतन्त्रलाई पुँजीबजारमा जोड्न सके संगठितरुपमा बजारको विकास हुने उनको विस्वास छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौंकेन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको अभाव नभएको हुँदा यो प्रदेशले पुँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी