काठमाडौँ । यो पंतिकार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट भर्खर सिए उतिर्ण गरेको ‘फ्रेसर सिए’ हो । अझ भनौँ, नेपालमै पढेर, नेपालकै लागि केहि गर्छु भनेर लागिपरेको एउटा सचेत नागरिक । मेरो पनि सपना छ- यो देशमा सिए बनेर केहि गर्ने । र त अहिले कसकसले मेरो सिए क्षेत्रका लागि के गर्यो भनेर खोज्छु कहिलेकाहीं । र त्यहि खोजीमा मैले भेट्टाएको एउटा रियल हिरो हो- सिए. रोशन न्यौपाने । जसले सयौं सिएहरुलाई रोजगारीमात्र दिएको छैन, सम्मानजनक रोजगारी पनि दिएको छ । ‘सिए’को रियल पावरलाई बुझेर बैंकिङमा नयाँ अध्याय कोरेको छ । आज एनआईसी एशियामा सयौंको संख्यामा सिएहरु त छन् नै, उनीहरुसंग भएको उर्जा र सपनाले एनआईसी एशियालाई मात्र होइन पूरै क्षेत्रलाई नै ‘रोशन’ गर्नेछ भन्ने कुरामा कुनै शंका छैन ।
सपना देख्नेहरुका लागि ‘केन्द्रबिन्दु’ बनेका रोशन
एकपटक तपाईं आफ्नो करियरको १३ बर्ष अगाडीका दिन सम्झनुहोस् त । र आफ्नै वर्तमान बुझ्नुहोस् त । फरक कति पाउनुभयो ? अव बुझ्नुहोस्, रोशन न्यौपानेले करियर सुरु गरेको ११ बर्षमा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत बनेर देखाए । तथ्यहिन ‘क्रिटिक्स’लाई एकातर्फ छोडेर हेर्नुहोस् त, अहिलेको नेपालको बैंकिङ र एनआइसी एशिया बैंकको ‘अकुपेन्सी’ । उनी सीइओ भएपछि एनआइसी एशिया बैंक नै हेर्नुहोस् त । बैंक कसरी माथि पुगेको छ । हो जरुर, यो ‘ट्रान्जिसनल’ फेजमा केहि ‘अपरेशनल’ त्रुटी वा समस्या नभएका होइनन् । उनकै कार्यालयलमा समयले कतिपय पटक समयले करियर नै पो सिद्धिन्छ कि जस्तोगरी झटारो हानेको छ । तर निर्विकल्प अगाडी बढेका उनी अहिले सफल छन् । अझै सफल हुने बाटोमा छन् । र त सपना देख्नेहरुका लागि ‘केन्द्रबिन्दु’ बनेका छन् न्यौपाने । जो हामीजस्ता फ्रेसरका लागि असीम अनुभवका उदाहरण त हुन् नै, देशका थुप्रै सिएहरुका लिडर पनि हुन् । जसले एनआईसी एशियालाई मात्र होइन, समग्र बैंकिङ क्षेत्रलाई मात्र पनि होइन, सिएहरुको समग्र ब्राण्डलाई नै न्यायमूर्ति बनेका छन् ।
ढुंगाको काप फोरेर उम्रिएको एउटा ‘पिपल’
धेरै अगाडी जानु पर्दैन । रोशन न्यौपाने सीइओ भएको केहि समयमा नै उनले नेतृत्व गरेको बैंकको स्वीफ्ट ह्याक भयो । आफुले नगरेको गल्तीले सबैभन्दा तनाव आफुलाई र आफ्नो संस्थालाई दिएको समय थियो त्यो । तर उनी अगाडी बढीरहे । सफलताका केहि गोरेटोहरु बनाउँदै गर्दा पूरै बैंकिङ क्षेत्रले उनले नेतृत्व गरेको संस्थालाई बहिस्कार गर्यो । कानुनलाई टेकेर राम्रो गर्छु भन्दाभन्दै पनि सिर्जना भएको बाध्यात्मक जटिलताका बीच पनि सबै कुरा सहेर अगाडी बढ्नुको विकल्प थिएन उनीसँग । कामको चटारो, प्रोफेसनको झटारो, र आफ्नै संस्थाभित्रको केहि अफ्ट्यारोले उनलाई चोट दिइरह्यो । तर उनी निर्विकल्प अगाडी बढीरहे । र त अफ्ट्यारोमा पर्नेहरुले सिक्नुपर्ने पाठ यहि छ उनीसँग । ढुंगाको काप फोरेर उम्रिएको ‘पिपल’ उम्रिन्छ, उम्रिएपछि आश दिन्छ, पिपल बनेपछि अरुलाई छहारी दिन्छ । आफ्नो सपना पूरा गर्नु फरक कुरा हो । तर हजारौंको आदर्श पात्र बनेर सपनाको केन्द्रबिन्दु बन्नु सहज, र सानो उपलब्धि पक्कै होइन । यो बीचका कठिनाइ, भोगाई र उतारचढाव भोग्नेलाई भन्दा बढी अरु कसलाई पो थाहा हुँदो होला र ?
धेरैले नदेखेको ‘रोशन’ थोरैले बुझेको ‘रोशन’, सिए फेट्रनिटीका ‘लर्निङ पोइन्ट’…
सिए क्षेत्रका धेरैका लागि न्यौपाने एउटा खुला पाठशाला हुन् । धेरैले उनीबाट नै सिकेका र बुझेका छन् बैंकिङ । सयौं बढी सिएहरुको साथ लिएर उने साच्चै ‘रोशन’ बनिरहेका छन् । कुनैबेला पूरै बैंकहरुले आफुले लिद गरेको बैंकलाई बहिस्कार गर्दा पनि नबिच्किएको रोशन, आफ्नो बैंकको स्वीफ्ट ह्याक हुँदा पनि त्यसलाई व्यवस्थापन गर्ने रोशन, आफु उग्र भएर बजार विस्तारमा लाग्दा, झन् उग्र भएर आएको प्रहार सहेर पनि आफ्नो गन्तब्य नबिर्सने रोशन, जताततै समस्या हुँदा पनि समाधानको विकल्प छैन भनेर सकारात्मक सोच्ने रोशनलाई धेरैले बुझ्न सकेका छैनन्, धेरैले बुझ्न चाहेका छैनन् । करियरको छोटो समयमा नै काँधमा आएको कठिन जिम्मेवारी र ‘गर-कि-मर’ को स्थितिमा रहेको करियरका बीच ‘नेभर वर्क टु बि सिकेन्ड’को सिध्दान्तलाइ अवलम्बन गरेर अगाडी बढेको रोशनलाई थोरैले मात्र बुझेको हुनुपर्छ । करियरका ११ बर्ष दिनका हिसावले त कति नै होलान् र, तर भोगाइमा रोशनले भोगाइका ११ युग पार गरेको तथ्य थोरैले मात्र बुझेका छन् । इन्टरनल अडिटरको रुपमा जुनियर अफिसर भएर बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछि विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाए । छोटो समयमा नै उनी नाम कहलिने बैंकर भए । करियरको आफ्नो ११ औं बसन्त लागिरहँदा उनी नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंकको सीइओ बने । यो गर्विलो इतिहासका पछाडी धेरै पीडाहरु छन्, धेरै अफ्ट्याराहरु थिए,छन् ।
‘दाजु’हरुका ‘लिडर’ भाइ जो प्रेरणा बनेका छन् सयौं सिएहरुको
उमेरले ४० वरपर छन् उनी । तर नेपालका वाणिज्य बैंकहरुमध्ये उनी कान्छा सीइओ हुन् । उनका सहपाठीहरु अधिकांस उनका ‘दाइ’ पर्छन् । त्यसैले भएर पनि होला उनमा घमण्ड छैन । देश अनुसारको भेष भनेजस्तै कहिलेकाहीं देशको अवस्था र समग्र बैंकिङको वातावरणले उनका कतिपय सपनाहरुमा अल्पविराम लागेका छन् । तर फरक सोचले उनलाई लिडर ‘भाइ’ बनाएको छ । सन् २००६ सालमा सिए पास गरेका उनी २०१८ सम्म आइपुग्दा नेपालको नीजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ भइसकेका छन् । यो ‘दशक’लाई बिदाइ गरेर सुरु भएका केहि बर्षको करियरमा उनले जुन रफ्तारले प्रगति गरेका छन्, त्यो धेरैका लागि प्रेरणाको स्रोत त पक्कै छ नै, उनलाई आदर्श मान्नेहरुको भीड पनि सानो छैन । सफलताको सर्टकट बाटो छैन । उनले पनि पूरा यात्रा पार गरेर यो सफलता पाएका छन् । उनका अगाडी अहिले पनि समस्याका पर्खाल छन्, अफ्याराका पहाड छन् । र पनि उनी आफ्नो संस्थालाई लिडर बनाउनेगरी लिड गरिरहेका छन् । दुख, पीडा, अफ़्ट्यारा सब साक्षी राखेर अगाडी बढीरहेका छन् ।