×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै के-के भने ?

LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै के-के भने ?

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताउनुभयो । २०७४ सालको निर्वाचनबाट प्राप्त जनादेश अनुसार सुरुमा सरकार गठनमै भाँजो हाल्न खोजिएको उल्लेख गर्दै ओलीले सरकार गठन भएपछि पनि काम गर्न नदिइएको बताउनुभयो । योग्यता र क्षमताअनुसार मन्त्रिपरिषद् गठन गर्न नदिइएर आफ्नो र पराई कसलाई राख्ने नराख्ने भन्ने कुरामा नेताहरु अल्झिएको आरोप उहाँले लगाउनुभयो ।
निर्धारित समयभन्दा डेढ वर्ष अगाडी नै प्रतिनिधिसभा विघटन गरी पुनः ताजा जनादेशका लागि जनतासमक्ष जाने अनुमान गर्न नसक्ने अवस्था भएपनि अन्त्यहिन र अर्थहिन विवादमा अल्झाएर संसदलाई अर्थहिन तुल्याएर जननिर्वाति सरकारलाई असहयोग गरेको कारण जनतामाझा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘जनभावना विपरित राष्ट्रिय राजनीतिलाई अन्त्यहिन एवं अर्थहिन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि । संसदलाई अर्थहिन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग, विरोध र धेराबन्दीमा पु¥याएपछि मेरा सामु सार्वभौम जनता समक्ष जानुको विकल्प रहेन । सोही अनुसार आइतबार प्रतिनिधिसभाको विघटन गरी ०७८ साल बैशाखमा नयाँ निर्वाचन गर्ने व्यहोरा निवेदन गर्न चाहान्छु ।’’
उहाँले संसद विघटनको घटना अप्रत्यासित र आकश्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र सत्तारुढ दलकै नेताहरुले जनभावना विपरित लागेका कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकश्मिक देखिएपनि राष्ट्रिय राजनीति र मुलतः सत्तारुढ पार्टीका केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरितका गतिविधहरुबाट सिर्जना भएको हो ।’’
पार्टी अन्य नेताहरुलाई लक्षित गर्दै उहाँले सधै पद र प्रतिष्ठाका लागि मात्रै केन्द्रीत भएको बताउनुभयो । नेकपाको काँधमा अभिभारा पुरा गर्ने गरी राज्य सञ्चालन, नीति निर्माण र जनपरिचालनमा केन्द्रीत हुनुपर्नेमा पार्टीलाई असन्तुष्टि र कुष्ठामा बन्धक बनाउने प्रयास भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कतिपय साथीहरुका आँखा तिरन्तर पद, प्रतिष्ठा र पद सोपानमा केन्द्रीत भए । आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा पुरा गर्नेगरी नीति निर्माण, राज्य सञ्चालन र जनपरिचालनमा केन्द्रीत हुनुपर्ने नेकपालाई केही नेताहरुले आफ्नो असन्तुष्टि, कुष्ठ र आत्मकेन्द्रीत सोचहरुको बन्धक बनाउने र निष्प्रभावि तुल्याउने प्रयास भयो ।’’
प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि दुई अध्यक्षबीच कार्यविभाजन गरिएपनि सोचे अनुसारको काम नभएको बताउनुभयो । कार्यविभाज अनुसार आफु सरकार सञ्चालनको काममा केन्द्रीत भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कामहरु अघि बढाउन नसकेको उहाँले बताउनुभयो । उहाँलेभन्नुभयो, ‘‘२ अध्यक्षका बीचमा कार्यविभाजन गरेर एक जना सरकार र अर्को पार्टी सञ्चालनमा केन्द्रीत हुनेगरी कार्य विभाजन गरियो । सोही अनुसार मैले आफुलाई सरकार सञ्चालनमा केन्द्रित गरे । यो बीचमा पार्टीका काम कति अगाडी बढे ? एकीकरणका बाँकी काम कति पुरा भए ? महाधिवेशनको तयारी कति गाडी बढ्यो ? जनता संकटमा रहेको बेला पार्टी पंक्तिलाई कति परिचालन गरियो ? तत्थहरु आफै बोल्छन् । तर सरकारलाई भने अगाडी बढन् दिइएन् ।’’
पार्टीको घोषणापत्रअनुसारको अभिभारा पुरा गर्न मन्त्रिमण्डल विस्तार गर्न खोज्दा पनि आफ्नो र पराईको कित्ताकाट गरी अगाडी बढ्न नदिइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार पार्टी संरचनामा नेतृत्व हस्तान्रणको वैधानिक प्रणाली बसाल्ने प्रयास गर्दा पन सफल हुने नसकेको बताउनुभयो । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गर्दापनि नेताहरुले ४ महिना समेत कुर्न नसकेको उनले बताए । महाधिवेशनका लागि ४ महिना कुर्नुभन्दा आफ्नो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेश गरेको पनि उनले बताए ।
उहाँले अगाडी भने, ‘‘त्यसलाई पार्टीको लोगो र कार्यालयको दुरुपयोग गर्दै राष्ट्रव्यापी रुपमा वितरण गर्नुभयो र वस्तुतः पार्टी विभाजनको अप्रत्यक्ष घोषणा गर्नुभयो । अर्कातिर भित्रभित्रै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनु भयो । पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गरेर साथीहरुले संविधान विपरित पार्टी, प्रणाली र पद्धतिमाथि यस अघि नै गंभीर आघात पु¥याउनु भयो । यसपछि नै पार्टीभित्रको अवस्था निकै गंभीर र सङ्कटपूर्ण बन्न पुगेको हो ।’’
प्रधानमन्त्री ओलीले विगतका सबै तिता पिराकुरालाई विर्षेर एकतावद्ध भइ निर्वाचनमा सहभागी हुन पनि नेताहरुलाई आग्रह गरेका छन् । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने आफ्नो अपेक्षा रहेको उल्ल्ेख गर्दै उनले भने, ‘‘पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने छ । प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ । प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर प्रदान गर्ने छ ।’’
उहाँले बहुमत प्राप्त दलको नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पु¥याउनु उपयुक्त नभएका कारण संसद विघटन भएको बताउनुभयो । ‘‘जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठानेँ । त्यसै पनि जस्केलाबाट सरकारमा छिर्ने र जनमतको उपहास गर्ने अलोकतान्त्रिक चरित्रप्रति मैले सधै विमति राख्दै आएको छ।’’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न पनि आह्वान गर्नुभएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी