नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो भारत भ्रमणका क्रममा नेपालसँग भारतको विकास सहयोगमा हालैका पहलहरु कोसेढुंगा सावित भएका छन् । पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछिको पहिलो औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालको विकासको आधारस्तम्भ नै भारत भएको बताएका थिए । भारतले नेपालको सडक, रेल, स्वास्थ्य, शिक्षा, उर्जाजस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर काम गरिरहेको बताइएको छ । यसले दुई देशबीचको पूर्वाधार र सीमापार कनेक्टिभिटीमा सुधार गर्ने मात्र नभइ परियोजनाहरूले सीमाका दुबै छेउमा रहेका महिला र पुरुषहरूको जीवनलाई छुने भएकाले सम्बन्धलाई अझ बढी जनकेन्द्रित बनाउन पनि काम गर्दछ ।
भारत नेपालको प्रमुख विकास साझेदार हो । नेपालमा आधुनिक पूर्वाधार विकासका लागि भारत(नेपाल सहकार्य सन् १९५१ मा काठमाडौंको गौचर विमानस्थल (आज त्रिभुवन विमानस्थल भनेर चिनिन्छ) निर्माणसँगै सुरु भएको थियो । यसबाहेक नेपालमा कनेक्टिभिटी, स्वास्थ्य, शिक्षा, विद्युत, सरकारी विभागलगायतका क्षेत्रमा भारत सरकारका विभिन्न परियोजना र प्रयासलाई समन्वय गर्न नेपालमा भारतीय सहायता नियोगको स्थापना सन् १९५४ मा भएको थियो । विकास साझेदारी अन्तर्गतका आयोजनाहरू नेपालभर भौगोलिक रूपमा फैलिएको आकार र क्षेत्रफलमा विविध छन् । यसमा भारत सरकारद्वारा उपलब्ध गराइएका अनुदानका साथै ऋणमार्फत वित्त पोषण गरिएका परियोजनाहरू समावेश छन् ।
नेपालका लागि स्वास्थ्य, शिक्षा, विद्युत र कनेक्टिभिटी जस्ता प्राथमिकताका क्षेत्रमा ठूला र मध्यवर्ती पूर्वाधार परियोजनाहरू अनुदानको आधारमा हालैका वर्षहरूमा सञ्चालन गरिएका छन् । यसको एक प्रमुख उदाहरण नेपाल भारत मैत्री आपतकालीन र ट्रमा सेन्टर काठमाडौंको निर्माण पनि हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको नयाँ कलेज ब्लक मार्च २०१४ मा उद्घाटन गरिएको थियो । यसबाहेक, शिक्षा क्षेत्रमा, नेपाल भारत मैत्री विद्यालय, पोखरा १२५ करोड भारतीय रुपैयाँमा खोलिएको थियो र मनमोहन मेमोरियल पोलिटेक्निक, मोरङ १३२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।
मनमोहन मेमोरियल पोलिटेक्निक नेपालमा आफ्नो प्रकारको पहिलो पोलिटेक्निक हो, जुन तीनवटा इन्जिनियरिङ स्ट्रिमहरूमा प्राविधिक शिक्षाका साथै धेरै व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दछ। सन् २००९ नोभेम्बरमा नेपालका प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका थिए । ६५० करोडभन्दा बढीको अनुमानित लागतमा काभ्रेपलाञ्चोकमा नेपाल राष्ट्रिय प्रहरी एकेडेमी (एनपीए) निर्माण भइरहेको प्रमुख आयोजना हो। विद्युत र ऊर्जा क्षेत्रको सहकार्यमा त्रिशूली जलविद्युत आयोजनाबाट सुरु भएको थियो (प्रारम्भमा १९७६ मा २१ मेगावाटको स्थापित क्षमताको भारु १४ करोड अनुदानमा निर्माण भएको थियो) त्यसपछि यो विस्तार भएको हो ।
सन् २०१९ मा मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन १३४ करोडको लागतमा सञ्चालनमा आएको हो। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम उत्पादन पाइपलाइन हो, जसले नेपाली जनतालाई प्रत्यक्ष आर्थिक फाइदा पुर्याएको छ । कनेक्टिभिटी अर्को क्षेत्र हो जहाँ भारत-नेपालबीचको सहकार्य स्पष्ट देखिन्छ । नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतीय सिमाना जोड्ने दशवटा सडक मिलेर बनेको तराई सडक परियोजनामा पनि भारतले नेपाललाई रेल सञ्जालसँग सहयोग गरिरहेको छ। यसरी भारतले नेपालका हरेक विकास निर्माणमा ठूलो योगदान गरिरहेको छ ।