राझाँ । बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् । नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताए । उनका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।
नानापुरको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । राँझा विमानस्थलबाट करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवाखोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले उद्यानका लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् । उद्यान परिसरमा दुई शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एक सभा भवन, एक बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको छ । ५ नंवर वडा कार्यालयले बाटिका निर्माणमा सहयोग गरेको छ । करिब एक कठ्ठा क्षेत्रफलमा रु. छ लाखको लगानीमा बाटिकाको निर्माणकार्य पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको २० नं वडास्थित राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनका लागि आफू सकारात्मक रहेको वडाध्यक्ष थापाले बताए । लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको हो । रु. आठ करोड ५० लाखको गुरुयोजना बनाएर काम सुरु भएको उद्यानमा हालसम्म करिब रु. ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।
लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, वडा कार्यालय र क्लबका अध्यक्ष तथा सदस्यबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताए । उनका अनुसार हालसम्म डब्लुडब्लुएफबाट रु. दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु. ४० लाख, माछापालन किसान समूहबाट रु. १० लाख, स्व दिनेश यादव सांसद विकास कोषबाट रु. १० लाख, लायन्स क्लब केन्द्र्रीय कार्यक्रमबाट रु. एक लाख, एनएलएफ कोषबाट रु. ५० हजार र क्लबका अध्यक्ष र सदस्यहरूबाट रु. छ लाख ५० हजार लगानी भएको छ ।
गुरुयोजना बमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मतसम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्नेसमेत योजना रहेको उनले जानकारी दिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्