काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा प्रतिबन्ध लगाएको क्रिप्टोकरेन्सीको कारोबारमा कारोबारमा आईएमई पे, लगायतकाको संलग्नता भएको ‘संकेत-प्रमाण’ भेटिएको छ । क्रिप्टोकरेन्सी सट्टापट्टाको काम गर्दै आएको बाइनान्सले आईएमई पे क्रिप्टोकरेन्सी खरिद बिक्रीका लागि पीटुपी अर्थात एउटा व्यक्तिले अर्को व्यक्तिलाई गर्ने भुक्तानी गर्ने कामको भुक्तानी सेवाप्रदायकको रुपमा आवद्ध रहेको खुलासा गरेपछि आइएमई पेको यस्तो रहस्य बाहिर आएको हो । बाइनान्सको आधिकारिक वेवसाइटमा केहि दिनअघिदेखि आइएमई पेलाई ‘बाइनान्स पीटुपी सपोर्ट’ लिष्टमा राखिएको छ । उल्लेख गरेको छ ।
बाइनान्सको वेबसाइटमा लेखिएको छ -‘बाइनान्स पीटुपीले आईएमईपेलाई नेपाली रुपैयाँ बजारमा क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्ने माध्यमको रुपमा ‘सपोर्टेड पेमेन्ट मेथड’को सूचीमा थप गरिएको छ। ‘ यसले आइएमई पेले गर्दै आएको गैरकानुनी धन्दाको खुलासा त भएको छ नै, नेपालमा क्रिप्टोकरेन्सीको अवैध धन्दाको कनेक्सन पनि भेटिएको तथ्य बुझ्न गाह्रो छैन ।
तर बाइनान्सले आइएमई पेको गैरकानुनी हर्कतको खुलासा गरेपछि आत्तिएको आइएमई पेले क्रिप्टो कारोबारमा आफ्नो संलग्नता वा सहकार्य नरहेको प्रष्टीकरण दिएर पन्छिन खोजेको छ । नेपाल राष्ट्र बैंकलाई मसेत बाइनान्सले आइएमई पेको सहकार्य भएको भनी साइटमा राखेको जानकारी छ । तर नेपाल राष्ट्र बैंकले बाइनान्ससँग भेरिफाई गरेर यो प्रकरणमा आइएमई पेमा तत्काल इन्स्पेक्सन थाल्नुपर्नेमा आइएमई पेलाई नै सहयोग हुनेगरी नियामक चुप लागेर बसेको छ ।
बाइनान्सका जानकारहरुका अनुसार आईएमई पेका प्रयोगकर्ताले प्रयोगकर्ताले बाइनान्समा आफ्नो वालेट अकाउन्ट राखेर कारोबारगरिरहेका छन् । र यो काम महिनौंदेखि भईरहेको छ । पीटुपी कारोबारका लागि वालेटहरूसँग पूर्व स्वीकृति लिइरहनु नपर्ने हुनाले पनि आइएमईमार्फत यस्तो गैरकानुनी काम भईरहेको छ ।

यता नेपाल राष्ट्र बैंक पनि यस विषयमा आफुहरुले अनुसन्धान सुरु गरेको बताउँछ । तर अनुसन्धानका नाममा आइएमई पेलाई जोगाएर राष्ट्र बैंक आफैं आफु कमजोर हुने काम गरिरहेको स्वयम् राष्ट्र बैंककै अधिकारीहरुले बताउन थालेका छन्। ‘हेर्दै जानुस् उसको संलग्नता केहि छैन, कामचाहिं भएको हो भन्ने शैलीमा राष्ट्र बैंकले क्लिन चिट दिनेछ । चन्द्र ढकालको कम्पनीलाई राष्ट्र बैंकले छुन सक्दैन नि हजुर।’ राष्ट्र बैंककै एक उच्च अधिकारीले भने, ‘आफ्नो विभाग नपरेकाले धेरै भन्न मिलेन । तर आइएमईपेलाई काखी च्यापिएको पक्कै हो। ‘
यता नेपाल राष्ट्र बैंकका डिजिटल भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद भट्टराई भने यस विषयमा आफुहरुलाई जानकारी आएको र थप अनुसन्धान भईरहेको बताउँछन् ।
बाइनान्समा आइएमई पेको नाम मात्र छ । अरु दर्जनौं वालेटहरु भएपनि आइएमई पेबाट यो काम सहजै हुने हुनाले बाइनान्सले आइएमई पे नै रोजेको हुन सक्ने अनुमानसमेत गरिएको छ।
त्यसो त बाइनान्सको वेबसाइटमा आईएमई पे मात्र नभएर, ईसेवासमेतलाई ‘बाइनान्स पीटुपी मेथड’मा समावेश गरेको छ । यसले पनि नेपालमा विभिन्न माध्यमबाट गैरकानुनी काम भईरहेको स्पष्ट हुने आइटीविज्ञहरु बताउँछन् ।
काम गरिसकेको रहस्य बाहिर आएपछि आईएमई पेले नेपालमा बिटक्वाइनको कारोबार अवैध रहेको भन्दै बाइनान्सलाई ईमेलमार्फत पत्राचार गरेको आइएमई पेकै कर्मचारीहरु बताउँछन् । यसले घटनालाई झन् रहस्यमय बनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्