काठमाडौं । श्रम ऐन, नियमावली तथा सामाजिक सुरक्षा क्षेत्रका सेवा सुविधा तथा पारिश्रमिक सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पाउन नसकेको बताईएको छ । सोही कारण सहकारी क्षेत्रको रोजगारी भरपर्दो र मर्यादित समेत हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताउनुभएको छ ।
आज (आईतबार) बाट काठमाडौंमा सुरु भएको चौथो साकोस शिखर गोष्ठी २०७९ मा कार्यपत्र प्रस्तुत गर्दै थपलियाले दिगो विकास लक्ष्य प्राप्त गर्न पनि श्रम मर्यादित हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।
‘मर्यादित काम र दिगो आर्थिक विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्दै थपलियाले कर्मचारीले पाउनुपर्ने परिश्रमिक न्यून हुँदा रोजगारी केका लागि ? भन्ने प्रश्न उठेको बताए । ‘सहकारी क्षेत्रमा श्रम अडिट समेत हुन सकेको छैन’, उनले भने। आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा दैनिक १ हजार ५ सय युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउँदै थपलियाले सहकारीले रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँ रहे पनि सहकारीबाट अपेक्षाकृत रोजगारी सिर्जना हुन नसकेको बताए।
शिक्षण संस्थाबाट बेरोजगार उत्पादन भएको भन्दै रजिष्ट्रार थपलियाले सहकारी र उद्योगसँग सहकार्य गरेर आवश्यक जनशक्ति तयार गरिनुपर्ने बताए । सहकारीले सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्न ध्यान नदिएको समेत उनले गुनासो गरे। कार्यपत्रमा टिप्पणी गर्दै डा. नरेन्द्र राज पौडेलले सहकारी आफैमा मर्यादित हुन नसकेको बताए। च्याउसरी उम्रेका सहकारीले समस्या सिर्जना गरेको समेत उनको भनाई थियो । ‘भोको पेटको सहकारीबाट आर्थिक सम्मृद्धि हासिल गर्न सकिन्न’, उनले भने। श्रम शोषण हुँदा युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उनको भनाई थियो । यान्त्रिक विधिबाट मात्रै मर्यादित पेशा हुन नसक्ने उनको दाबी थियो ।
त्यस्तै अर्का टिप्पणीकर्ता नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले सदस्य तथा कर्मचारीको जीवनस्तर सुधार गरेको बताए। ‘सहकारीले गरेको राम्रो कामको प्रचार प्रसार हुन सकेको छैन’, उनलेभने, ‘सहकारीले राउटे, वन करियाजस्ता समुदायको उत्थान गरेको छ ।’ सहकारीमार्फत उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरण गरी आर्थिक सम्मृद्धि हासिल गर्न सकिने बताए।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अध्यक्षता गरेको सत्रमा सहकारीकर्मी अनिता कोइराला, सरु राणा, भेषराज बडा लगायतले सहकारीमा मर्यादित श्रम र यसबाट आर्थिक सम्मृद्धि हासिल खासै हुन नसकेको गुनासो गरेका थिए । युवाहरु रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य भएको र उद्योग तथा सहकारीले दक्ष जनशक्ति नपाएको भन्दै रजिष्ट्रार थपलियाले विश्वविद्यालयले सहकारी, उद्योगलाई चाहिने जनशक्ति उत्पादन गर्न क्रियाशील रहेको बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्