×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विज्ञापन बोर्डको सूचनापछि सहकारीबाट पैसा निकाल्ने बढे, बोर्डले सूचना खारेज गरे पनि पैसा निकाल्नेहरु घटेनन्…

PRIME CA

विज्ञापन बोर्डको सूचनापछि सहकारीबाट पैसा निकाल्ने बढे, बोर्डले सूचना खारेज गरे पनि पैसा निकाल्नेहरु घटेनन्…

अर्थ सरोकार

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । केहि दिन अगाडी विज्ञापन बोर्डले एउटा सूचना निकाल्यो । सूचनाको आशय सहकारीमा बचत गर्दा ध्यान दिऔं भन्ने थियो । दिनैपिच्छे सहकारीहरु भागिरहेका बेला बोर्डको सूचनाले बचतकर्ताहरु झन् त्राहिमाम बने । एक त सहकारी भागेको भाग्यै गरेका खबरहरु दिनानुदिन आईरहेका बेला विज्ञापन बोर्डले निकालेको यस्तो सूचनाले सहकारी सुरक्षित छैनन् भन्ने आशय दिएको थियो । त्यसपछि सहकारीबाट पैसा झिक्नेहरु अचम्मको तरिकाले बढे । पैसा निकाल्नेहरु भन्थे -‘सरकारले नै सहकारीमा पैसा राख्न रिस्की भयो भन्ने आशय दिईसक्यो, अव सहकारीमा पैसा राखेर काम छैन ।’
विज्ञापन बोर्डले जारी गरेको सूचनामा लेखिएको थियो- ‘सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? यदी त्यसो हो भने, त्यस्ता संस्थाको वित्तीय विश्वसनीयताको परिक्षण गर्न नबिर्सौं, बढी ब्याजको लोभमा नफसौँ, ब्याजको लोभमा साँवासमेत नगुमाऔँ ।’ यो सरकारी सूचनापछि धेरैलाई लाग्यो-‘सहकारी त साच्चै लुट्नकै लागि खोलिएको हुँदोरहेछ, सहकारी त ठग नै हुनेरहेछन् । सहकारीमा पैसा राख्नु त निकै जोखिमको काम रहेछ । अव सरकारी निकायले नै भनेपछि कसरी सहकारीमा पैसा राख्नु ?’
बोर्डले सूचना सच्यायो, तर पैसा निकाल्नेहरु घटेनन्
विज्ञापन बोर्डले निकालेको सूचना भुसको आगोसरी फैलिएपछि सहकारीमा बचतकर्ताहरु पैसा झिक्न आउने क्रम बढ्यो । यसै पनि अहिले धेरै सहकारीहरु भनेजति पैसा तिर्न सक्ने अवस्थामा छैनन् । विज्ञापन बोर्डले नै यस्तो सूचना निकालेपछि आत्तिएका सहकारीका संचालकहरुले विज्ञापन बोर्डमा सूचना सच्याउन दबाब दिन थाले ।
दबाब सहन नसकेर सहकारी विभागले सूचना केहि त सच्यायो, तर सूचना सच्याएपछि पनि यो विवाद रोकिएन । विवादमात्र होइन, सहकारीबाट पैसा झिक्ने क्रम नै रोकिएन । त्यसपछि विज्ञापन बोर्डले सूचना नै खारेज गर्यो । तर एक पटक सूचना निकालेको विज्ञापन बोर्डको आशय सहकारीहरु सुरक्षित छैनन् भन्ने नै थियो । त्यहि सूचनाको ‘ह्याङ्गओभर’का कारण अहिले पनि सहकारीबाट पैसा झिक्नेहरु बढेका छन् ।
अहिले दिनहुँजसो सहकारीमा बचत निकाल्नेहरुको लाइन लाग्ने गरेको छ । डिपोजिट गर्नेहरुको संख्या निकै कम छ । डिपोजिट माग्दा बचतकर्ताहरु भन्छन्, ‘अव सरकारले सहकारी खारेज गर्ने स्थिति देखिंदैछ । विज्ञापन बोर्डले सूचना नै निकालिसक्यो ।’ पैसा लिन आउने अधिकांस भन्छन्, ‘सरकारले सूचना नै निकालिसक्यो, अव सहकारीमा पैसा राखेर काम छैन ।’ अझ विज्ञापन बोर्डले सूचना घरी सच्याउने, घरी खारेज गर्ने गर्न थालेपछि बचतकर्ताहरु थप शशंकित बनेका छन् । ‘यहाँ सबै ठुलाले चलखेल गरेका छन् । सबै सहकारीहरु अब डुब्छन् ।’ चोकचोकमा यहि गफ चलिरहेको छ आजकल । सहकारीबाट पैसा निकाल्नेहरु अव त खुलेरै भन्न थालेका छन् -‘धन्न ! बचियो।  पैसा डुबेन । सरकारले समयमा सचेत गराउँदा फसिएन । अव त बैंकले नै सहकारीजस्तै ब्याज दिन थालिसकेका छन् । अव सहकारी डुब्नुको विकल्प छैन ।’
सहकारी संचालकहरु भन्छन्, ‘राम्रालाई पनि समस्या भयो, विज्ञापन बोर्डले घाउमा नुनचुक छर्किने काम गर्यो’
दिनानुदिन सहकारीहरु भागेको खबरले यतिबेला राम्रै काम गरिरहेका सहकारीहरुलाई पनि अफ्ट्यारो परेको छ । बचतकर्ताले पैसा झिकेको झिक्यै गर्न थालेपछि सहकारीहरुसँग अहिले पैसाको अभाव छ । यतिसम्मकि भनेको बेला राम्रै सहकारीले भने बचतकर्ताको सबै पैसा भनेका दिन सकिरहेका छैनन् । यसमा नेपाल विज्ञापन बोर्डमार्फत प्रकाशित लोक कल्याणकारी विज्ञापनले नुनचुक छर्किने काम गरेको छ । ‘राम्रा सहकारीलाई पनि हेर्ने दृष्टिकोण बदलिन्छ कि भन्ने पीर भएका बेला सहकारी लगायतका वित्तीय संस्थामा रकम जम्मा गर्दा त्यस्तो संस्थाको वित्तीय विशवसनीयताको परीक्षण गर्न आह्वान गर्दै  विज्ञापन बोर्डले सूचना निकालेपछि थप अफ्ट्यारो स्थिति उत्पन्न भएको छ । ‘व्याजको लोभमा नफसौं, व्याजको लोभले साँवा समेत नगुमाऔं ।’ भनेर सरकारी निकायले नै सूचना निकालेपछि हामीले के भनेर बचतकर्तालाई कन्भिन्स गर्ने ?’ काठमाडौँस्थित एक ‘चलेको’ सहकारीका संचालक भन्छन्- ‘हामीले सरकारसँग निहुँ खोज्न नसकेको वा नचाहेको मात्र हो, विज्ञापन बोर्डले एक खालको अपराध नै गरेको छ । विज्ञापन र सूचनालाई नियमन गर्ने निकायले आफैं भ्रम बाँडेको छ ।’
‘गौतमश्रीले बर्बाद बनायो’
सहकारी संचालकहरु पछिल्लो समय गौतमश्री सहकारीहरु केस बाहिर आउँदा त्यसले सहकारी क्षेत्रकै बदनाम भएको बताउँछन् । केही समय अघि गौतमश्री बहुउद्धेशीय सहकारी संस्था प्रकरण सतहमा आएको थियो । बचतकर्ताको करोडौँ रकम लिएर संस्थाका संचालक रामबहादुर गौतम फरार रहेको खबरले संचारमाध्यमका ‘स्क्रिन’ अनि पत्रपत्रिकाका ‘पेज’ रंगिएका थिए । यद्यपी उनी पुनः सम्पर्कमा आए, तर गौतमश्री बहुउद्धेशीय सहकारी संस्थालाई समस्याग्रस्त सहरकारी घोषणा गर्न सिफारिस समेत गरिएको छ । अहिले पनि रामबहादुर गौतम बचतकर्ताबाट ऋण माफिका लागि अनुरोध गरिरहेका छन् ।
‘गौतमश्री प्रकरणबाटै सहकारीका बचतकर्ताहरु सशंकित बनिसकेका थिए । नभन्दै सो प्रकरण सेलाउन नपाउँदै बचतकर्ताको पैसा तिर्न नसकेको भन्दै हेटौंडामा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परे । अव त सहकारी ढिलोचाँडो सबै भाग्छन् भन्ने धेरैलाई परेको छ। ‘ एक सहकारीका संचालक भन्छन्- ‘बचतकर्ताको झण्डै ४० लाख रकम हिनामिना गरेका हेटौंडाको सहकारीका ध्यक्ष रामकृष्ण अधिकारीसहित संस्थाका अन्य पदाधिकारीका विरुद्धमा मुद्धा दायर गरी प्रहरीले अनुसन्धान थालेको खबरले झनै बचतकर्ताको मनोबल गिराएको छ । दिनैपिच्छे सहकारी भागेको खबर आउँदा सबैजना चिन्तामा छन् ।बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि देउराली बहुउद्धेशीय सहकारी संस्था कालोसूचीमा परेको खबर हिजोमात्रै बाहिरिएको थियो ।  सोमबारमात्रै कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच वादविवाद भएको खबर पनि आयो । सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएको खबरले अहिले अव सबै सहकारी त्यस्तै स्थितिमा आउनेछन् भन्ने भ्रम छ बचतकर्तालाई।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: