देशकै सबैभन्दा ठुलो बैंक बन्न सफल ग्लोबल आईएमई बैंकले हालसम्म कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु आफुमा गाभिसकेको छ । जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी छन्।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । सीइओका रुपमा रत्नराज बज्राचार्यले बैंकको नेतृत्व लिनेछन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुनेछन् ।