×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेले स्वीकृत गरेको रास्वपाको घोषणापत्रमा उल्लेख नयाँ स्टकको सोभिताले किन गरिन् विरोध ? (भिडियो)

PRIME CA

रवि लामिछानेले स्वीकृत गरेको रास्वपाको घोषणापत्रमा उल्लेख नयाँ स्टकको सोभिताले किन गरिन् विरोध ? (भिडियो)

अर्थ सरोकार

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), अझ भनौं भावी प्रधानमन्त्री रवी लामिछाने पार्टी सभापति भएको पार्टी । अझ सेयर बजारको विषय भएकाले यो पार्टीलाई सेयर बजारबाट उदाएका, सेयर लगानीकर्ताका प्रिय नेता, सेयर बजारका लगानीकर्ताको समेत अगाध साथ पाएर संसदयात्रामा प्रवेश गरेका माननीय हरि ढकालसमेत नेता भएको पार्टी । आम जनताले जस्तै सेयर बजारका लगानीकर्ताले मेरो पनि कोहि छ है संसदमा भनेर विश्वास गरेको पार्टी । सेयर बजारका बारेमा बोल्ने हरि ढकाल भएको पार्टीका रुपमा स्थापित भएको पार्टी । नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टकको लाइसेन्स रोक्न नेपाली कांग्रेसका मै हुँ भन्नेहरु लागेका बेला आफ्नो घोषणापत्रमै दोश्रो स्टक खोल्नुपर्छ भन्ने राखेको, त्यसपछि र धेरै लगानीकर्ताले आफ्नै सम्झेको पार्टी ।
संसद सुरु भए देखि नै, हरि ढकालले सेयर बजारका बारेमा राम्रै संग सरकारको ध्यानाकर्षण गरिरहेका छन् । तर पछिल्लो समय सेयर बजारका बारेमा निकै राम्रो जानकार, अझ भनौं, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सेयर बजारका सबैभन्दा जानकार, अझ यसरी पनि भनौं कि संभवत: अहिले भएका सांसदहरुमध्ये सेयर बजारका बारेमा सबैभन्दा बढी जानकार भएका सांसद हरि ढकाल हुँदा हुँदै सोभिता गौतमले सेयर बजारलाई आवश्यक छ भनिएको नयाँ स्टकको विपक्षमा संसदमा बोलिन् । यसले नेपाली सेयर बजारका लगानीकर्ताहरुमा थप तरङ्ग उत्पन्न भएको छ । सोभिता गौतमले नयाँ स्टकको विरोध गरिरहँदा सेयर लगानीकर्ताहरुले रास्वपाको घोषणापत्र हेरिरहेका छन्, जहाँ पार्टीले दोश्रो स्टकका पक्षमा थियो ।
नयाँ स्टक नचाहिने सोभिताको तर्क 
रास्वपाकि सांसद सोभिता गौतमले सरकारलाई प्रत्येक वर्ष आइरहेको एक अर्बको आम्दानीलाई घटाएर कुनै निश्चित समूहको कब्जा रहने गरी स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्न खोजिएको आरोप लगाएकि छिन् । जवकी नेपाल धितोपत्र बोर्डले यो प्रक्रिया पूरै कानुनी प्रक्रिया पूरा गरेर, सकेसम्म कतै पनि ल्याप्स नहुनेगरी गरिरहेको छ । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निजी क्षेत्रलाई ल्याउने सरकारको चाहना भए नेप्सेको अहिलेको सेयर स्वामित्वमा ल्याउन सकिने रास्वपाको धारणा छ । अर्को स्टक एक्सचेञ्ज ल्याउँदा नेप्सेबाट सरकारलाई आइरहेको आम्दानी मात्रै नभइ सेयर कारोबारमा पनि म्यानुपुलेसन हुने रास्वपाकि सांसदको तर्क छ । संसदमा नयाँ स्टक चाहिन्न भन्ने गौतमले नेपालको अर्थतन्त्र सानो भएको र कारोबार हुने कम्पनी पनि थोरै भएकाले अर्को स्टक एक्सचेनञ्ज नचाहिने दाबी गरेकी छिन् ।
तर, सेयर बजारमा खासै जानकार नरहेकी सोभिता गौतमले अहिले नेप्सेमात्र हुँदा सेयर बजारका लगानीकर्ता कति प्यानिक छन्, नेप्सेले कति दुख दिईरहेको छ भन्ने सायद बुझेकी रहेनाछिन्, नयाँ स्टक एक्सचेन्ज आउँदा सेयर बजार झनै बलियो हुन्छ भन्ने बुझेकी रहेनछिन् । र त भनिदिईन् नयाँ स्टक एक्सचेन्ज चाहिन्न । उनको तर्क थियो नयाँ स्टक आउँदा नेप्सेको बिजनेश खोसिन्छ, राजश्व घट्छ, तर बर्षौंदेखि कांग्रेस एमाले र माओवादीले सरकार चलाउँदा जनताले केहि पाएनन्, रास्वपाले आशा दिएको छ, र नयाँ चीज आउँदा त बरु प्रतिष्पर्धा बढ्छ, पूरानाको धेरै चिन्ता लिनु हुँदैन भन्ने कुरा गौतमले नै बिर्सनु भने ठिक नभएको तर्क सेयर लगानीकर्ताको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोभिता गौतमजतिको मान्छेले नयाँले विकल्प दिन्छ, समस्या होइन भन्ने तर्क बुझ्नुपर्ने हो । जसरी रास्वपाले कांग्रेस एमालेलाई आच्छु आच्छु पारेको छ, माओवादीहरुलाई अव त हामी सकिन्छौँ भन्ने पारेको छ, रास्वपाले जनजनको मन जितेको छ, नयाँ पार्टी भएर पनि बर्षौंसम्म नभएका कामहरु गर्न खोजिरहेको छ, र यो सब नयाँ भएरै भएको छ भन्ने तर्क सोभिता गौतमलाई थाहा छ भने, नयाँ स्टकले पनि नेप्सेको सिन्डिकेट तोड्छ, बजारलाई थप प्रतिष्पर्धी बनाउँछ, प्रतिष्पर्धा बढेपछी नेप्से आफैं राम्रो हुन्छ भन्ने बुझ्नुपर्ने हो । जसरी एनसेल आएर नेपाल टेलिकमको गुणस्तर झन् बढ्यो, जसरी थप बैंकहरुलाई लाइसेन्स दिंदा राष्ट्रिय बाणिज्य बैंकजस्ता सरकारी बैंक झन् राम्रो बने, नयाँ स्टकले पनि नेप्सेलाई झन् बलियो बनाउँछ भन्ने कुरा सोभिता गौतमले बुझ्नुपर्छ ।
‘नयाँ स्टक सेयर बजारको आशा हो’  
भारतलगायतका देशहरुका स्टक एक्सचेञ्जहरुमा लगानीकर्ताका लागि सेयर किनबेचको मात्रै नभइ इन्डेक्स कारोबार, अप्सन मार्केट, मार्जिन कारोबार, इन्ट्रा-डे कारोबार जस्ता दर्जनौँ सुविधा रहेको छ। जुन नेप्सेबाट मात्रै सम्भव छैन भन्ने कुरा अवको क्रान्ति पूरानो माओवादी, नेपाली कांग्रेस र एमालेबाट मात्र सम्भव छैन भन्ने कुरा रास्वपाका समर्थक र पार्टीका नेतालाई थाहा भएजस्तै प्रष्ट छ ।  नेपालमा हाल सञ्चालनमा रहेको नेप्सेमा लगानीकर्ताका लागि सेयर किनवेचबाहेक अरु विकल्प नहुँदा घटेको सेयरबजारबाट पनि कमाउन सकिने लगायतका दर्जनौँ विकल्पहरुको अभाव भएको छ जसका कारण बजारमा सेयर बजारप्रतिको क्रेज बढ्न सकेको छैन भन्ने कुरा बुझ्नुपर्छ र बुझेको हुनुपर्छ रास्वपाले ।  नयाँ स्टक आउँदा, नयाँ सुविधा आउँछ, नयाँ सुविधा आएपछी नयाँ नयाँ काम हुन्छ, र यसले समग्र बजारलाई राम्रो गर्छ भन्ने कुरा रास्वपाले बुझ्न ढिलो गर्नु हुन्न ।
हो, नीहित स्वार्थका लागि कसैले नयाँ स्टक एक्सचेन्जलाई हतियार बनाउन खोजेको छ भने त्यसतर्फ सरकार र रास्वपा चनाखो हुनुपर्छ । सरकारका अन्य निकायहरु झन् बढी चनाखो हुनुपर्छ । गलत गर्ने कसैलाई छोड्नु हुँदैन, भ्रष्टाचार गर्न खोजिएको छ भने एक एकलाई छानी छानी जेल हाल्नुपर्छ । तर यसको अर्थ नयाँ स्टक आउन दिनु हुँदैन, जे छ त्यसैले काम चलाउनुपर्छ भन्नुचाहिं मावोआदी, कांग्रेस एमाले हुँदा हुँदै रास्वपा किन चाहियो भनेजस्तै हो । तर होइन, रास्वपा अवको आशा हो, अवको भरोसा हो, जे गर्छन् अव रवी लामिछानेले गर्छन् भनेजस्तै सेयर बजारमा अवको आशा भनेको नयाँ स्टक हो, नयाँ भरोसा हो, बजार थप बलियो बनाउने टुल हो । कोहि नेताले नयाँ स्टकको विरोध गर्नु र पूराना दलले रास्वपा काम छैन, यसले केहि गर्न सक्दैन भन्नु उस्तै उस्तै हो । देशमा रास्वपाजस्तै नयाँ दलको खाँचो भएजस्तै सेयर बजारमा नयाँ स्टक अपरिहार्य जस्तै बनेको छ ।
राष्ट्रिय स्वन्तन्त्र पार्टीमा हरि ढकाल हुँदा हुँदै सेयर बजारका बारेमा अरुले किन बोल्यो भन्ने कुरा आफैंमा प्रश्नयोग्य चीज हो । किनकि जान्नेलाई छान्ने भन्ने पार्टीभित्र जान्नेले मात्र बोल्ने भन्ने नीति पनि पक्कै हुनुपर्छ । यस विषयमा रास्वपा, रवी लामिछाने र सम्बन्धित सबै नेता सचेत हुन जरुरी छ । सेयर बजारबारे केहि थाहा नपाएकाले भन्दा धेरै थाहा पाएकाले बोल्दा राम्रो हुन्छ । रास्वपा र सोभिता गौतमले बुझ्नुपर्ने कुरा के हो भने, तपाईंले सार्है चिन्ता गरेको नेप्सेको कारोबार प्रणाली पनि एउटा नीजी कम्पनीको हातमा छ । बजारमा उसको मनपरी छ, उसले लगानीकर्ताको डाटामा र भावनामा यतिसम्म मजाक गरेको छ कि, एक पटक अध्ययन गर्नुहोला । राजनीतिक नियुक्तिका कारण नेप्से कति थिलोथिलो भएको छ भन्ने पनि बुझ्नुहोला । त्यसपछि तपाईंलाई थाहा भईहाल्छ- नयाँ स्टक एक्सचेन्ज अवको आवश्यकता हो ।
रवी लामिछानेले पार्टीको घोषणा पत्र अप्रुभ गर्दा दोश्रो स्टक एक्सचेन्ज चाहिन्छ भनेको स्थितिमा रवीकै छवी धमिलो पार्ने बदनियत बोकेर कसैले लेखेर दिएको कुरा फरर पढ्दा यसले लगानीकर्ताको भावनामा ठेस त पुगेको छ नै, रास्वपाको समर्थन गर्नेहरुले पनि सोभिता गौतमको विरोध गरिरहेका छन्, जुन राम्रो भएन ।
हामीले यस विषयमा सोभिता गौतमलाई प्रश्न पनि गर्यौं, तर उनले जवाफ दिइनन् । खैर उनलाई आफुले बोलेको गलत भयो भन्ने भान भईसकेको हुनुपर्छ । कहिलेकाहीं यस्तो हुन सक्छ, आफ्नो गल्तीलाई सच्याउनुहोला । पार्टी सभापति रवि लामिछानेलाई पनि हाम्रो अनुरोध, तपाईंको पार्टी अवको आशा हो, अवको भरोसा हो, धेरैको भरोसा हो, र तपाईं नेतृत्वको पार्टीमा सेयर बजार बुझेका हाम्रा प्रिय नेता हरि ढकाल हुनुहुन्छ । कांग्रेस एमाले माओवादी सबै पार्टीमाथि आस्था राख्ने सेयर लगानीकर्ताहरुले खुलेरै सेयर बजारको बिकास हुन्छ भनेर पनि घन्टीमा भोट हालेका छन् । र तपाईंहरुले आफ्नो पार्टीको घोषणापत्रमा लेखेजस्तै दोश्रो बजार अहिलेको आवश्यकता हो, यस विषयमा ध्यान दिए राम्रो । र अन्त्यमा एउटा सानो सुझाव, सेयर बजारका बारेमा बोल्दा आफ्ना सांसदहरुलाई एक पटक हरि ढकालसँग परामर्श गर्नु भनिदिनु भए आधा समस्याको समाधान यसै पनि हुन्थ्यो । र हरि ढकाललाई सुझाव, तपाईं त सेयर बजारका लगानीकर्ताको साझा नेता हो, हाकाहाकी आफ्नो पार्टीको सांसदले यसरी नयाँ स्टकको विरोध गरिरहँदा तपाईं चुप बस्न मिल्दैन है । आगे तपाईंकै मर्जी । बाँकी भिडियोमा हेर्नुहोस्: 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: