×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकरहरु यसरि धुरुक्कै रुवाउँछन् लगानीकर्ता, सनी सेक्युरिटिजका लगानीकर्ता सबैभन्दा बढी ‘पीडीत’ (भिडियो)

PRIME CA

ब्रोकरहरु यसरि धुरुक्कै रुवाउँछन् लगानीकर्ता, सनी सेक्युरिटिजका लगानीकर्ता सबैभन्दा बढी ‘पीडीत’ (भिडियो)

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  ब्रोकरहरुले लगानीकर्ताहरुलाई दुख दिने गरेको खबर नौलो पक्कै होइन । अझ ब्रोकर हाउसहरुमा विभिन्न खालका झन्झट लगानीकर्ताहरुले व्यहोर्नुपरेको तथ्य पनि नौलो होइन । विभिन्न बहाना गरेर, समयमा पैसा नदिने, प्रविधिलाई दोष देखाएर पैसा होल्ड गर्ने, हिसाबकिताब गडबड गर्ने लगायतका बदमासी ब्रोकरहरुबाट बिगत लामो समयदेखि नै हुँदै आएको छ ।
हुन पनि, ब्रोकरहरुको यस्तो रबैया यसकारण पनि जारी छ कि, नेपालका ब्रोकरहरुलाई कारवाही गर्ने आँट धितोपत्र बोर्डले हत्तपत्त गर्न सक्दैन । ब्रोकरहरुले लगानीकर्तालाई जति नै दुख दिएपनि धितोपत्र बोर्डले कारवाही गर्न नसक्दा लगानीकर्ताहरु थप मारमा परेका छन् । अझ ब्रोकरहरुकै रोजाईका मान्छे भनेर चिनिएका भीष्मराज ढुंगाना बोर्डमा अध्यक्ष भएर आएपछी त ब्रोकरहरुको बदमासी झन् दिनमा दुईगुणा, रातमा चौगुणा बढेको छ ।
अझ लकडाउनका समयमा त कोरोना संक्रमणलाई बहाना देखाएर ब्रोकरहरुले समयमा पैसा नहालिदिने, हिसाब गडबढ गरिदिने, लामो समय पैसा होल्ड गरिदिने, र फोन पनि नउठाउने गरिरहेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको पैसा समयमा नै दिनु भनेर विज्ञप्तिसमेत जारी गरेको छ भने केहि लगानीकर्ताले समयमा नै हामी पैसा दिन्छौं भनेर सूचनासमेत निकालेका छन् । तर यहि बजारमा रहेका केहि ब्रोकरहरुको रबैयाले यसरी सिमा नाघीसक्यो कि उनीहरु सेयर कारोबार गर्ने ब्रोकर कम र लगानीकर्तालाई दुख दिने ब्रोकर बढी भएका छन् ।
तर अत्याचारले सिमा नाघेपछी ब्रोकरहरुको दादागिरी बढेपछी लगानीकर्ताहरु बोल्न थालेका छन् । ब्रोकरहरुको अत्याचारबारे अर्थ सरोकारले विभिन्न तथ्य सार्वजनिक गर्न थालेपछि लगानीकर्ताहरुले अर्थ सरोकारलाई फोन गर्दै आफु पनि पीडीत भएको बताईरहेका छन् । अझ अर्थ सरोकारले समाचार सार्वजनिक गरेपछि कतिपयले आफ्नो समस्या समाधान भएको र ब्रोकरहरुले पैसा हालिदिएकोसमेत बताईरहेका छन् ।

उदाहरण नम्बर १
हाल प्रवाशमा बस्ने एक लगानीकर्ताले ब्रोकर नम्बर ४२ अर्थात सनी सेक्युरिटिजको मनपरीबारे खुलेरै सामाजिक संजालमा लेखे । यस विषयमा अर्थ सरोकारले समाचारसमेत सार्वजनिक गरेपछि अन्तत: उनले आफ्नो पैसा पाएका छन् । नियमत: टि प्लस टुको व्यवस्था भएपनि ब्रोकरहरुले लामो समयसम्म पैसा नहालेर लगानीकर्ताहरुलाई दुख दिने गरेका छन् । अझ हिसाबसमेत गडबढ हुँदा लगानीकर्ताहरु मारमा पर्ने गरेका छन् ।
लगानीकर्तालाई सबैभन्दा बढी दुख दिने कम्पनीमा शनी सेक्युरिटिज पर्ने गरेको देखिएको छ । जनस्तरबाट आउने अधिकांस गुनासो शनि सेक्युरिटिजलाई नै लिएर हुने गरेको छ । तर धितोपत्र बोर्डले यो ब्रोकर कम्पनीलाई कारवाही गर्न त के कारवाही गर्न सोच्न पनि सक्ने अवस्था नरहेको जानकारहरुको ठम्याई छ ।
उदाहरण नम्बर २ :
यस्तै शनिबाट पीडीत भएका अर्का लगानीकर्ता पनि अर्थ सरोकारको सम्पर्कमा आएका छन् । उनी शनिले अहिले सार्है दुख दिने गरेको र फोन समेत नउठाउने गरेको गुनासो गर्छन्। पहिलाको तुलनामा शनिको सेवा निकै खराब भएको उनको तर्क छ ।
उदाहरण नम्बर ३ :
ब्रोकरहरुको बदमासी यतिसम्म बढेको छ कि धेरै ब्रोकरहरुमा हिसाबकिताब नै गडबड भईरहेको छ । एउटा मूल्यमा किनेको सेयरको सेटलमेन्ट ब्रोकरहरुले अर्कै मूल्यमा गरिदिने र यसबारे गुनासो गर्दा फोन नै नउठाउने गरिरहेका छन् ब्रोकरहरु । जसले गर्दा एकातर्फ बुझ्ने लगानीकर्ताहरुसमेत मारमा परेका छन् भने धेरै नबुझ्ने लगानीकर्ताहरुको पैसा नै गडबड भईरहेको छ ।
उदाहरण नम्बर ४ :
पैसा समयमा नआउने समस्या त भई नै हाल्यो, पैसासमेत जोखि, जोखि र लगानीकर्ता गिज्याउनेगरी हालिरहेका छन् ब्रोकरहरुले । ४० हजार आउनुपर्ने ठाउँमा १४ हजार पठाउने, लाख रुपैयाँ पठाउनुपर्ने ठाउँमा केहि हजार मात्र पठाउने गरिरहेका छन् ब्रोकरहरुले । यस्तो गर्ने ब्रोकरहरुमा सबैभन्दा बढी समस्या र गुनासो ब्रोकर नम्बर २१ लाई लिएर छ । ब्रोकर नम्बर २१ अर्थात मिदास स्टक ब्रोकीङ कम्पनीले लगानीकर्ताहरुलाई हदैसम्मको दुख दिइरहेको चौतर्फी गुनासो बढ्दा पनि न कम्पनीले आफ्नो सेवाको गुणस्तर सुधारेको छ, न नियामकले यस्तो गुनासो उपर केहि कारवाही गर्ने आँट गरेको छ ।

यसरी ब्रोकरहरुको मनपरी बढ्दा पनि न उजुरी गर्ने चेतना छ लगानीकर्तासंग न उजुरी गरे पनि काम हुन्छ । न ब्रोकरहरुको समस्याबारे धितोपत्र बोर्ड गम्भीर बनेको छ, न ब्रोकरहरुले आफ्नो समस्याको समाधान गर्छन्। अन्तिममा लगानीकर्ताहरु नै मारमा परिरहेका छन् ।
हामीले उल्लेख गरेका पात्रहरु त प्रतिनिधि पात्रहरु मात्र हुन् । यसरी लगानीकर्ताहरुलाई मारमा पार्ने कुनै पनि ब्रोकर हाउसहरुलाई नियामकले गतिलो नियमन गर्न नसक्दा लगानीकर्ताहरु ठुलो मारमा परिरहेका छन् । नियमले भनेको समयमा अधिकांस ब्रोकरहरुले पैसा हालिदिने गरेका छैनन् । त्यसमाथि पनि लगानीकर्ताहरुलाई दुख दिने तर सेवा नदिने ब्रोकरहरुको रबैयाले लगानीकर्ताहरु मारमा परिरहेका छन् । प्रत्येक कारोबारमा मोटो रकम कमिसनमार्फत लिने तर लगानीकर्ताकै पैसापनि समयमा नहालिदिने प्रवृतिलाई धितोपत्र बोर्डको कमजोर नियमनले झन् मलजल गर्दा लगानीकर्तालाई ब्रोकरहरुले खाए खा नखाए घिच भन्ने शैलीको व्यवहार गरिरहेका छन् ।
हेर्नुहोस् यसै विषयमा तयार अर्थ सरोकार टेलिभिजन कार्यक्रम :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: