काठमाडौँ । केहि दिनअगाडी शाखा बन्दको विषयमा प्रकाशित समाचारलाई लिएर एनआईसी एशिया बैंकले खण्डन नै गरेर शाखा बन्द गर्न राष्ट्र बैंकले निवेदन नदिएको दाबी गरेको भए पनि सो दाबी झुटो भएको खुलासा भएको छ । एनआईसी एशिया बैंकको शाखा बन्दको विवरणबारे अर्थ सरोकारको प्रश्नमा राष्ट्र बैंकका अधिकारीहरुले बन्द भएका सेवाबारे विवरण नै उपलब्ध गराएको छ ।
राष्ट्र बैंकका अधिकारीले दिएको जानकारी अनुसार बैंकले २०८० साल बैसाख १ यता आज फागुन ६ गतेसम्म कुल ५१ शाखा बन्द भईसकेका छन् । राष्ट्र बैंकका ती अधिकारीका अनुसार बैशाख महिनामा बैंकका ४ शाखारहित बैंकिङ सेवा बन्द भएको छ भने बैंकले गत जेठमा बैंकले शाखारहित सेवा र विस्तारित शाखा काउन्टर गरी कुल कुल १७ ठाउँबाट सेवा बन्द गरेको छ । यस्तै, बैंकले साउन महिनामासमेत चलिरहेका कुल ४ ठाउँबाट आफ्नो सेवा बन्द गराएको राष्ट्र बैंकका अधिकारीको भनाई छ । यस्तै बैंकले कार्तिक महिनामा कुल ४ ठाउँको सेवा बन्द गरेको बैंकले माघ महिनामा ५ ठाउँको सेवा बन्द गरेको छ । आजको दिन (फागुन ५) गते सम्म आईपुग्दा बैंकको कुल ५१ ठाउँमा रहेका शाखारहित बैंकिङ सेवा र विस्तारित शाखा काउन्टरहरु बन्द गरिसकेको राष्ट्र बैंकको भनाई छ । यहि समाचार प्रकाशन गर्दा एनआईसी एशिया बैंकले सो समाचारमा सत्यता नरहेको दाबी गरेको थियो ।
‘समाचार सत्य पनि थियो, यो ठुलो कुरा पनि थिएन । अन्य बैंकले पनि विस्तारित शाखा काउन्टर र ब्रान्चलेस बैंकिङ बन्द गर्छन् ।’ राष्ट्र बैंकका ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘अन्य थुप्रै ठाउँमा पनि बैंकका सेवा बन्द हुँदैछन् । तर, यसको अर्थ बैंक डुब्यो भन्ने होइन । यो सामान्य प्रक्रिया हो । अन्य बैंकले पनि यसरी शाखा, विस्तारित शाखा काउन्टर र ब्रान्चलेस बैंकिङ सेवा थुप्रै ठाउँमा बन्द गरेका छन् ।’
बैंकले केहि दिन अगाडीमात्र ६ काउन्टर बन्द गरिसकेको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंक स्रोतका अनुसार सिराहा जिल्लाको मिर्चैयामा जिरोमाइलमा रहेको शाखारहित सेवा बन्द भएको छ । स्वयम् बैंकका लाहान शाखाका कर्मचारीले पनि सो शाखा बन्द गरेको पुष्टी गरेका छन् । शाखाका कर्मचारीले सो ब्रान्चलेस बैंकिङ सेवाको जिम्मा लिएका व्यक्तिको निधन भएकोले सो सेवा बन्द गरेको पुष्टी गरेका हुन् । ‘जसले जिम्मा लिएको हो, उहाँकै निधन भयो । त्यसैले सो सेवा बन्द गरिएको हो ।
झापामा रहेको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ मा रहेको विस्तारित काउन्टर सेवा लगायतका शाखा काउन्टरहरु बन्द भईसकेको राष्ट्र बैंकले जनाएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बुद्धशान्ति गाउँपालिका–६ की वडा सदस्य रेणुका भट्टराईले केहि समय अगाडी नै सो काउन्टर बन्द भएको पुष्टी गरेकी छिन ।
यता बैंकको इटहरीको इटहरी उपमहानगरपालिकाको एक्सटेनसन काउन्टर पनि बन्द हुने भएको छ । पालिकाले एनआईसी एशिया बैंकलाई दिईरहेको सो शाखाको बिजनेश अर्कैलाई दिएपछि बैंकले सो विस्तारित शाखा काउन्टर बन्द गर्न लागेको छ । बैंकको सो काउन्टरका कार्यरत कर्मचारी एलिजा कोइरालाले आफुले सो शाखा छोडिसकेको तर सो एक्सटेन्सन काउन्टर बन्द हुन लागेको पुष्टी गरेकी छिन् । ‘काउन्टर बन्द हुन लागेको सत्य हो । हेड अफिसले कहिले पत्र पठाउँछ, त्योचाहिँ थाहा छैन ।’
एनआईसी एशिया बैंक स्रोतले दिएको जानकारी अनुसार ५० मात्र नभई अव बन्द हुने यस्ता एक्सटेन्सन् काउन्टरको संख्या १०० बढी पुग्ने देखिएको छ । पछिल्लो समय बैंक डुब्न लागेको हल्लापछि थुप्रै संस्था तथा पालिकाले सो एक्सटेन्सन काउन्टरको सेवा अर्को बैंकलाई दिनुपर्ने आवाज उठेकाले बन्द हुने सेवाकोको संख्या थप बढ्ने बैंककै कर्मचारीहरुको भनाई छ । केहि दिन अघिको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रतिनिधिले पनि मेयर बालेन्द्र शाहलाई एनआईसी एशियासँगको कारोबारलाई लिएर सोच्नुपर्ने बताएका थिए । देशभर रहेका थप ११ पालिकाले एनआईसी एशियाको शाखा काउन्टर बन्द गर्ने विषयमा छलफल चलाएको बुझिएको छ ।
किन बन्द हुन्छन् विस्तारित शाखा, किन बोल्यो बैंकले सफेद झुट ?
विस्तारित शाखा बन्द हुनु एक सामान्य प्रक्रिया हो । बैंकले पाईरहेको सम्बन्धित ठाउँको बिजनेश सम्बन्धित पालिका वा सम्बन्धित संस्थाले अर्को बैंकलाई दिने निर्णय गरेको खण्डमा त्यस्ता शाखा काउन्टरहरु बन्द गर्ने गरेको छ । तर, नकारात्मक सन्देश जाने भन्दै बैंकले शाखा काउन्टर बन्दका खबर झुटो भएको भन्दै सार्वजनिक खण्डन गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्