×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राजदूतावासले मनायो २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय राजदूतावासले मनायो २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

Artha Sarokar

३ चैत्र २०८०, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय राजदूतावासले २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गर्दै काठमाडौँस्थित भारतीय राजदूतावासले २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो । कार्यक्रममा करिब २०० जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य, धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मी, विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.शैलेषमणि पोखरेल र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादवको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न प्रतिष्ठित विद्यालयका डिन, रजिष्ट्रार र प्रधानाध्यापकको पनि सहभागिता रहेको भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै, कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले २२औँ ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरेका थिए । उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने अवसरहरुबारे बताउँदै विद्यार्थीहलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गरेका थिए ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या २०० पुगेको छ । यस छात्रवृत्ति योजना अन्तर्गत MBBS/BDS अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना ४००० रुपैयाँ, BE अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना ४००० रुपैयाँ र अन्य undergraduate कोर्ष जस्तै BA, BEd, B.Pharmacy, BSc Agriculture, BBA, BBM, र BBS अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना ३००० रुपैयाँ प्राप्त गर्ने भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरु नेपालका ७६ जिल्लाबाट रहेका छन्, जसमा ३२ प्रतिशत छात्रा रहेको र यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको दूतावासले जनाएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा गलमभचनचबमगबतभ तथा नचबमगबतभ तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ । सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।
निकट एवम् मैत्री छिमेक सम्बन्ध रहेको भारत र नेपालबीच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ । यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्घि कार्यक्रमले नेपालको मानव संसाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी