कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका ६० वर्षीय चमरु राना युवा अवस्था देखिनै माछा मार्ने जाल बुन्दै आएका छन् । जाल बुन्ने सीप रानाले बुबा बाजेबाट सिकेका हुन् । गाउँमा उनी मात्रै जाल बुन्ने एक्लो हुन् । पूर्खौदेखि माछा मार्ने जाल बुन्ने सीप हराउँदै गएकोमा उनी निकै चिन्तित छन् । ‘युवालाई जाल बुन्न सिकाउने इच्छा छ’, उनले भने, ‘सिक्नका लागि युवा कोही इच्छुक छैनन् । पूर्खौदेखिको सीप हराउन थालेको छ । यसमा कसैको चासो छैन ।’
बूढापाकाको ढल्किँदो उमेरसँगै जाल बुन्ने सीपसमेत ओझेलमा पर्न थालेको उनी बताउँछन् । बजारमा भारतबाट आयात गरिएका बनिबनाई जाल पाउन थालेपछि युवाहरु जाल बुन्ने सीप सिक्न इच्छुक नहुने गरेका हुन । ‘जाल बुन्न सजिलो पनि छैन । जालको आकार अनुसार एक जाल बुन्न एकदेखि दुई महिनासम्म लाग्छ’, रानाले भने, ‘निकै धैर्यतापूर्वक ध्यान केन्द्रित गरेर जाल बुन्नुपर्छ । झन्झटिलो कार्य भनेर युवा पन्छिने गरेका छन् ।’
ठूलो माछा मार्नका लागि राना थारु समुदायले रवाहा जाल र साना मझौला माछा मार्नका लगि गुडिया जालको प्रयोग गर्ने गर्दछन् । महिलाले माछा मार्नका लागि ठाँटी जालको प्रयोग गर्ने गर्दछन् । बजारमा पाइने जाल भन्दा घरमै बुनेका जाल बढी टिकाउ र राम्रा हुने भए पनि बुन्ने व्यक्ति थोरै हुँदा परम्परागत माछा मार्ने जालको प्रयोग घट्दै जान थालेको लालसिंह राना बताउँछन् । ‘नदी तलाउमा जाल हाने र एक दुई घण्टामा पहिला चार÷पाँच किलो माछा मार्न सकिन्थ्यो । पाँच किलोसम्मको माछा स्थानीय नदीमै जाल थापेर मारेको थियौँ’, उनले भने, ‘हाल नदी तलाउमा विषादीको प्रयोग गरी माछा मार्ने कार्य हुन थालेपछि माछा पाउनै मुस्किल हुने गरेको छ ।’
राना थारु समुदायले नदी तलाउबाट मारेर ल्याउने माछा पाहुनाको सत्कारमा र परिवारका लागि खानका लागि मात्रै प्रयोगमा ल्याउने गरेका छन् । माछाको सुकुटी बनाएर खाने चलन समेत यस समुदायमा रहेको छ । ‘हातैले बुनेका जाल पानीमा फाल्ने वित्तिकै ठिक ठाउँमा बस्ने भएकाले पनि माछा बढी पर्ने गर्दथे’, राना थारु समुदायका बूढापाका भन्छन्, ‘हाल बजारमा पाइने जाल अधिकांश प्लास्टिकको धागोले बुन्ने भएकाले फालेको ठाउँमा ठिकसँग नबस्दा माछा उम्केर जाने भएकाले पनि माछा फस्दैनन् ।’
सबैका हात हातमा हुने जाल घरमै बुनिन्थ्यो । रमाइलो गर्दै माछा मारेर घर फर्किने दिन विगत भइसके । हाल बजारमा पाइने जाल बाँसको डण्डीमा बाँधेर माछा मार्न जानेको सङख्या थोरै हुने गरेको छ । उमेर ढल्केका महिला मात्रै माछा मार्ने कार्यलाई निरन्तरता दिँदै आएका छन । ‘पढेलेखेका महिलाहरुले माछा मार्न छाडिसके । माछा मार्न छाडेसँगै जाल बुन्ने कार्य सिक्ने कुरै भएन’, उनले भने । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्