×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उइगरको अस्तित्व नष्ट गर्ने चिनियाँ प्रणाली

PRIME CA
GLOBAL IME BANK

उइगरको अस्तित्व नष्ट गर्ने चिनियाँ प्रणाली

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । हालसालै प्रकाशित रिपोर्ट अनुसार चीनङ्को सिन्जियाङमा बसोबास गर्दै करीव ११ मिलियन उइगरहरूको दुर्दशा उजागर गरेको छ । उइगरहरु टर्किक जातीय समूह हो, जसका सदस्यहरू मुख्यतया मुस्लिम हुन् । 
चीनले उनीहरुको अस्तित्व नै नस्ट गर्ने व्यवस्थित अभियान सुरु गरेको विभिन्‍न रिपोर्टहरुले संकेत गरेका छन् । चीनले उनीहरुको पहिचान मेटाउन उनीहरूको संस्कृति, परम्परा, विश्वासमाथि आक्रमण गरी जनसंख्या वृद्धि घटाउने योजना बनाएको छ । सामूहिक रूपमा एक समुदायमाथि गरिएका चिनियाँ गतिविधिहरु गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरु भएको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चर्को विरोध भइरहेको छ ।
सन् २००९ मा उइगर र हान चिनियाँबीच हिंसात्मक झडप भएको थियो । जसमा करीव २०० जना मानिस मारिएका थिए । सन् २०१४ मा राष्ट्रपति सि जिनपिङले सिन्जियाङमा भ्रमण गरेपछि उइगरहरुमाथिको आक्रमणलाई तीव्रता दिइएको थियो । 
सन् २०१७ देखि सिन्जियाङमा हिरासत कक्षहरु बनाइए । जसलाई चीनले “व्यवसायिक शिक्षा र प्रशिक्षण केन्द्रहरू” को नाम दिएर शिविर स्थापना गरेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान पत्रकारहरुको कन्सोर्टियमले चिनियाँ सरकारको वर्गीकृत निर्देशनहरुमा पहुँच पुर्‍याएको छ जसले हिरासत केन्द्रहरुका लागि सञ्‍चालन योजनाहरु प्रदान गरेको छ । उनीहरुका अनुसार उक्त हिरासतमा सामूहिक नजरबन्द गर्ने आदेश दिइएको थियो ।
नाजी युगका यातना शिविरहरूको सम्झना दिलाउने शिविरहरू सन् २०१७ मा सुरु गरिएका थिए । उक्त शिविरहरुमा करिब १० देखि २० लाख मानिसहरु छन् । लिक भएको भिडियोमा कैदीहरूलाई आँखामा पट्टी बाँधेर डोर्‍याएको देखाइएको छ । रिपोर्टहरूले गम्भीर यातनाहरु दिएको, श्रम शोषण गरिएको र महिला र किशोरीहरुलाई जबरजस्ती यौन दुर्व्यवहार र बलात्कार गरिएको जनाइएको छ । 
क्यानबेरास्थित अष्ट्रेलियाली रणनीतिक नीति संस्था (एएसपीआई) को अर्को रिपोर्टले सन् २०१७ देखि चीनको सिन्जियाङमा ८० हजार कैदीहरुलाई चीनका विभिन्‍न कारखानामा सारिएका छन् । त्यस्ता कारखानाहरुले ८३ विश्वस्तरका ब्रान्डका सामानहरु उत्पादन गर्दछन् । ‘सरकारद्वारा प्रायोजित उइगर श्रम’ को लागि विज्ञापनहरु पनि देखाइएका छन् । एउटा विज्ञापन यस्तो लेखिएको छ, ‘सिन्जियाङका कामदारको फाइदाहरु : अर्ध-सैन्य शैली प्रबन्धन, कठिनाइको कामहरु गर्नसक्ने, कुनै कर्मचारीको नोक्सान नुहुने र न्यूनतम एक सय कामदार’ ।
सर्वव्यापी निगरानीको सिकार भएका उइगरलाई अपराधको रूपमा नभई विदेशमा मानिससँग सम्पर्क राख्‍ने, मस्जिदहरूमा भाग लिने, तीनभन्दा बढी बच्चाहरू जन्माउने, कुरान वाचन गर्ने, कपाल र दाह्री पाल्ने, सुँगुर खान अस्वीकार गर्नेजस्ता चीजहरूको लागि पक्राउ गरिएको छ ।
उइगर पहिचान उन्मूलन गर्ने क्रममा चीनले इस्लामिक विश्वासको सीधा निन्दा गरेको छ । चीनले सयौं वर्षदेखि रहेको मस्जिद र चिहानहरूलाई नष्ट गर्ने काम गरेको छ ।सीएनएनका अनुसार गत दुई वर्षमा १०० भन्दा बढी चिहानहरू ध्वस्त भएका छन् । त्यस्तै एउटा होतानको सुल्तानिम कब्रिस्तान हो जुन एक सयभन्दा धेरै वर्षदेखि नै एउटा फारममा अवस्थित थियो । 
स्याटेलाइट तस्बिरहरुका अनुसार यसलाई २०१२ द्वारा समतल पारिएको थियो र यहाँ अहिले पार्किङस्थल बनाइएको छ । एउटा ध्वस्त मस्जिद सार्वजनिक शौचालयको लागि बाटो बनाएको छ ।
जनसांख्यिकीय हिसाबले उइगरलाई कमजोर पार्ने प्रयासहरू पनि भइरहेका छन् । जेम्सटाउन फाउन्डेशनका लागि एड्रियन जेन्जको रिपोर्टका अनुसार, चीनले सिन्जियाङ उइगर र अन्य मुस्लिमहरूको जनसंख्या घटाउन गर्भावस्था जाँच, बलपुर्वक विभिन्‍न अस्थायी साधनको प्रयोग गर्न लगाउने, नसा काट्ने, गर्भपतन गर्न लगाउने काम भइरहेको छ । 
सन् २०१९ मा बच्चा जन्माउने उमेरका ८० प्रतिशत किशोरीहरुले पाठेघर फालेका छन् । चिनियाँ यो अभियान सफल भएको मानिएको छ । सन् २०१५ देखि २०१८ मा होटान र काश्गरको अधिकतर उइगर क्षेत्रहरूमा जन्मदर ६० प्रतिशतभन्दा बढीले कम भएको छ । सन् २०१९ मा २४ प्रतिशतले घटेको छ । 
यसरी जबरजस्ती वंश नाश गर्नु नरसंहारको दायरामा पर्दछ । यसविरुद्ध अन्तर्राष्ट्रिय आलोचना चर्किए पनि चीनले कुनै वास्ता गरेको छैन । संयुक्त राज्य अमेरिकाले मानव अधिकार हननको आरोपमा फसेका पार्टी अधिकारीविरूद्ध प्रतिबन्ध लगाएको छ । बेइजिङ्लाई सन् २०२२ को ओलम्पिकमा सहभागी नगराउने प्रक्रिया सुरु भएको छ । 
तर, आफूलाई मुस्लिम अधिकारको च्याम्पियनको रूपमा प्रस्तुत गर्ने पाकिस्तान यस मुद्दामा मौन रहेको छ । इमरान खानले आफूलाई यसबारे जानकारी नभएको बताएका छन् । पाकिस्तानको मौनताले कश्मीर मुद्दाको बारेमा कुरा गर्ने आफ्नो विश्वसनीयतालाई मात्र ध्वस्त पारेन तर यसले चीनले मुस्लिममाथि गरेको आक्रमणको विरोध गर्ने नैतिकतासमेत गुमाएको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: