×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एटि अलर्ट’का नाममा ह्याकर सक्रिय, इसेवा प्रयोगकर्ताको लाखौँ रकम चोरी, इसेवा रमिते !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘एटि अलर्ट’का नाममा ह्याकर सक्रिय, इसेवा प्रयोगकर्ताको लाखौँ रकम चोरी, इसेवा रमिते !

Artha Sarokar

२६ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवामा अलर्टका नाममा म्यासेज पठाएर प्रयोगकर्ताको लाखौँ रकम चोरी भएको पाइएको छ । इसेवा प्रयोगकर्तालाई ‘एटि अलर्ट’बाट म्यासेज पठाउने र खातामा पहुँच पुर्याएर लाखौँ रकम चोरी भएको पाइएको हो । यसरी अलर्टका नाममा ह्याकर सक्रिय रहेको स्वयम् इसेवाले समेत स्वीकार गरेको छ  । 

मंगलबार एक सूचना जारी गर्दै इसेवाले ‘एटि अलर्ट’ बाट ‘तपाइँको इसेवा खातामा असामान्य गतिविधि भएका छन्’ भन्दै पठाइएका म्यासेज स्क्याम भएको इसेवाले पुष्टि गरेको छ । त्यस्तै, इसेवामा यसरी आएका सन्देश इसेवाबाट आएका आधिकारिक सन्देश नभएको भन्दै त्यस्ता म्यासेजबाट सचेत हुन प्रयोगकर्तालाई आग्रह गरेको छ । 

तर, यस्तो अलर्ट म्यासेज अहिले नभएर पहिलेदेखि नै आउने गरेको इसेवा प्रयोगकर्ता बताउँछन् । यसरी आएको म्यासेज इसेवाबाटै आएको हो भन्ने लागेर लिंक क्लिक गर्दा आफ्नो खाताको पैसा रित्तिएको इसेवाका एक प्रयोगकर्ताले बताएका छन् । ती प्रयोगकर्ताका अनुसार उनले यस विषयमा इसेवामा यसअघि नै जानकारी गराइसकेका थिए । तर, इसेवाले आफ्नो समस्याप्रति खासै चासो नदेखाएको उनको गुनासो छ । 

यसो त इसेवा ह्याक हुने र रकम चोरी भएको यो पहिलो घटना होइन । यसअघि पनि थुप्रै पटक इसेवा खाता नै ह्याक गरेर ह्याकरले लाखौँ रकम चोरी गरेको तथ्य बाहिरिसकेका छन् । तर, सिस्टम बलियो बनाएर ह्याकिङ रोक्नुपर्नेमा इसेवाको काम फेसबुकमा पोष्ट गर्ने मात्र हुँदा झन् जोखिम बढेको इसेवा प्रयोगकर्ताहरु बताउँछन् । यता इसेवाका कर्मचारीहरु पनि इसेवाको सिस्टम तुलनात्मक रुपमा कमजोर भएको स्वीकार गर्छन् । तर, हुनुपर्ने जति इसेवा सुरक्षित नभएपछि इसेवा प्रयोगकर्ताहरु जोखिममा परेका छन् ।

यद्यपि इसेवाले इसेवाबाट आउने सम्पूर्ण एसएमएस नोटिफिकेसनहरु इसेवा, इसेवा अलर्ट, ३२१३१ र ३२१२१ मार्फत मात्रै आउने भन्दै ‘एटि अलर्ट’ वा अन्य माध्यमबाट आउने सन्देशमा विश्वास गरेर लिंक नखोल्न आग्रह गरेको छ । त्यस्तै कम्पनीले ग्राहकरुको ओटीपी, एमपीन र पासवर्ड कहिल्यै नमाग्ने पनि सूचनामा उल्लेख गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी