×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शीर्षक सच्याइएको*, खण्डन तथा हाम्रो भन्नु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शीर्षक सच्याइएको*, खण्डन तथा हाम्रो भन्नु !

Artha Sarokar

३ बैशाख २०८२, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

यसअघि प्रकाशित ‘ह्याकरसँगको मिलेमतोमा इजी सर्भिस नामक कम्पनीको गैरकानूनी धन्दा, पोल खुलेपछी माफी मागेर उम्कन खोज्दै !’ समाचारका विषयमा इजी सर्भिसबाट खण्डन तथा आफ्नो भनाई प्राप्त भएकोले सम्बन्धित संस्थाको खण्डन गर्ने अधिकारको सम्मान गर्दै सो खण्डन जस्ताको त्यस्तै राखी हेडलाइन सच्याइएको छ ।

 

 

 

 

 

हाम्रो भन्नु :

इसर्भिसले राखेका कुराहरु हामीले जस्ताको त्यस्तै राखेका छौं,
अव हाम्रो प्रश्न इसर्भिसलाई :
१. पछिल्लो समय बर्षेनि यसरी फिसिङमार्फत  ग्राहकको करोडौं रुपैयाँ चोरी भईरहेको छ । यस्तो संवेदनशील अवस्थामा इजी सर्भिसले दिएको सेवामार्फत ग्राहककहाँ पुगेको एसएमएसका कारण भ्रम उत्पन्न भएको र सो लिंक क्लिक नगर्न स्वयम् कम्पनीले भनेको बेलासम्म त्यस्ता फिसिङ लिंक थुप्रै पटक क्लिक भईसकेका थिए । बजारमा फिसिङको समस्या छ भन्ने भएपछि खल्ती, इसेवाजस्ता कम्पनीको नाम दुरुपयोग गरेर पठाइएका यस्ता एसएमएसका टेम्प्लेटहरु सिष्टमबाटै ब्लक गर्ने चलन छ । त्यस्तो ब्लक किन गरिएन ? यो लिंक क्लिक गर्नुहोस् भनेर इसेवा र खल्तीका नाममा जाने एसएमएस कम्पनीले सामान्य कोड प्रयोग गरेर आफ्नो सिष्टममा ब्लक गर्न सक्छ, त्यो किन गरिएन ? जस्तै, आज पनि अश्लील शब्द, वा केहि वाक्यांशहरु यसरी रोक्न मिल्ने सिष्टम धेरै देशमा छ, यसप्रति कम्पनी जिम्मेवार हुनु पर्दैन ?
२. आफ्नो प्लेटफर्ममार्फत यसरी गएका एसएमएसहबारे किन तुरुन्त जानकारी दिईएन ? जवकि कम्पनीले त्यस्तो मेसेज आएर, ग्राहकले क्लिक गरेर, बिग्रने काम बिग्रिसकेपछि त्यो लिंक क्लिक नगर्नु भन्नु न्यायोचित भयो ? अव ग्राहकले इसर्भिसबाट आएको एसएमएस न हो, यो ठिक नै हुन्छ भनेर गरेको विश्वासमाथि घात भएन ? यसको जिम्मा कम्पनीले लिनुपर्दैन ?
३. खण्डन पत्रमा इसर्भिसले लिंक पठाएको होइन, ग्राहकले पठाएको हो भनिएको छ । कुन ग्राहकले पठायो ? एसएमएस जसकोमा आएको छ, उसलाई यो जानकारी कहाँ छ ? आएको छ त इएस अलर्टबाट । ग्राहकले बुझ्ने त इएस अलर्ट न हो । पहिला ठिक ठिक मेसेज आउँथे भने अहिले ठगीवाला, फिसिङ वाला आउँदा ग्राहकले कसरी पहिचान गर्ने ? यसमा कम्पनीले सोच्नुपर्दैन ? यसमा कम्पनीको ग्राहकप्रतिको जिम्मेवारी हुँदैन ?
४. कसैले पनि एसएमएस सेवा लिँदा प्रयोजन खुलाउन भनिएको छ, कम्पनीको कागजात मागिएको हुन्छ । जस्तो पनि मान्छेलाई, जसलाई पनि आफ्नो सेवा दिनु सहि भयो ? यसमा इजी सर्भिसका कर्मचारीहरु जिम्मेवार बन्नु पर्दैन ? यो केसमा इसर्भिसका कर्मचारी र फिसिङ लिंक पठाउनेहरुबीच मिलेमतो छैन भन्ने यकिन कम्पनीले कसरी गरिरहेको छ । बिगतमा पनि खल्ती लगायतका कम्पनीका कर्मचारीले ग्राहकको डाटा नै ह्याकरलाई दिएको तथ्य प्रमाणित छ । यो विषयमा इजी सर्भिसले आनतरिक छानविन गर्नुपर्दैन ?
५. इजी सर्भिसमाथि अनुसन्धान हुँदै भन्ने विषयमा हामीलाई प्रहरी स्रोतबाट नै जानकारी आएको हो । अनुसन्धान भएको छैन भने पनि हुनुपर्छ । इजी सर्भिसेसको प्लेटफर्म प्रयोगबाट ग्राहकलाई फिसिङ लिंक किन गयो भन्ने विषयमा कम्पनीमाथि अनुसन्धान हुनु पर्दैन ? संसारमा र नेपालमै पनि पीडीत पक्ष भनेर जाहेरी दिने / उजुरी दिने पछि आफैं पीडक बनेका धेरै नजिरहरु छन् । के यो शंका कम्पनीमाथि प्रहरीले गर्नुपर्दैन । पर्छ । हामी प्रहरीसमक्ष पनि र कम्पनी माथि पनि यो माग गर्दछौँ ।
६. खण्डनको अन्तिममा अन्य प्रतिष्पर्धीलाई फाइदा हुनेगरी नियोजित प्रयास भनिएको छ । यो नियोजित थियो भन्ने प्रमाणित गर्न हामी चुनौति दिन्छौँ । न हामी इजी सर्भिसेसलाई चिन्छौँ, न उसका प्रतिष्पर्धी को हुन् भन्ने बुझ्छौँ ? बेकारको आरोप लगाएर आफ्नो कमजोरी ढाकछोप गर्ने कम्पनीको यो प्रयासलाई हामी खेद प्रकट गर्छौं ।
७ . समाचारमा स्पष्टसँग ‘इजी सर्भिस नामक कम्पनीबाट आएको उक्त म्यासेजमाथि शंका लागेपछि केहीले प्रहरीमा उजुरीसमेत गरेका थिए । भन्ने पनि उल्लेख छ । गलत भएको थाहा पाएर उजुरीमा जाँदा पनि किन सो एसएमएस पठाउने क्लाइण्टको युजर ब्लक गरिएन ? किन फेरी एसएमएस गयो ? यस विषयमा कम्पनी जवाफदेही हुनुपर्दैन ? हाम्रो उद्देश्य कोहि ठगीमा नपरुन् भन्ने हो । गलत गर्नेलाई कारवाही हुनुपर्छ भन्ने मात्र हो । बाँकी कोहि कम्पनीसँग हामीलाई कुनै मतलव हुने कुरा भएन ।   
 

८ . हामीले समाचार बनाउँदा सम्बन्धित कम्पनीमा फोन समेत गरी यस विषयमा धारणा लिन खोजेका थियौँ, जुन सम्भव भएन । यसको अर्थ समाचार एकतर्फी बनाउने उद्देश्य होइन, हाम्रो कहिले पनि हुँदैन । हामीले उताबाट प्रतिक्रिया नआएसम्म समाचार रोक्ने कि भन्ने विषयमा पनि सोचेका हौँ, तर फिसिङ्ग लिंकले कतिको घरबारी उडीसक्यो होला, हामीले प्रयास गर्दा पनि सम्पर्कमा नआएपछि अव रोकिनु हुँदैन भनेर हामीले समाचार प्रकाशन गरेका हौँ । त्यहाँका प्रतिनिधि खासै सम्पर्कमा पनि आउनुहुन्न । खण्डन प्राप्त भएपछि पनि हामीले सम्बन्धित मोबाइल नम्बरमा सम्पर्क गरेका हौँ, फोन उठेन । एसएमएस पठाएका छौं, रिप्लाई आएको छैन । उहाँहरुको थप कुरा भए हामी सोलाई पनि समावेश गर्नेछौं ।

जहाँसम्म मिलेमतोको कुरा छ, यो प्रहरी स्रोतबाटै आएको कुरा हो, जुन अनुसन्धानको विषय बनेको छ र अनुसन्धान हुनेछ भन्ने अपेक्षा पनि छ । तर मिलेमतोको आशंकामा अनुसन्धान गर्दै लेख्नुपर्नेमा अन्यथा भएको भान गरी हामीले सो समाचारलाई तुरुन्त सच्याएका छौं । यो जिम्मेवार पत्रकारिताको विश्वव्यापी अभ्यास हो । यसबाट कम्पनीमा पर्न गएको असुविधाप्रति भने हामीले सार्वजनिक रुपमा सो समाचारमै क्षमा मागेका छौँ । आउँदा दिनहरुमा यस्ता विषयमा थप जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
सम्पादकीय नोट : सम्मानित प्रेस काउन्सिलबाट खण्डन प्रकाशन गर्न भनी पत्र आएकोले खण्डन प्रकाशन गरिएको छ । तर खण्डनमा गरिएका दाबी चित्त बुझाउन नसकिने ठाउँ धेरै छन् । यद्यपी खण्डन गर्न पाउने अधिकारको सम्मान गर्दै हामीले खण्डन प्रकाशन गरेका छौँ ।     

प्रकाशित समाचारको विवरण

काठमाडौँ । ह्याकरसँगको ‘मिलेमतो’मा इजी सर्भिस नामक कम्पनीले गैरकानूनी धन्दा चलाइरहेको पाइएको छ । कम्पनीले प्रयोगकर्ताको मोबाइलमा असम्बन्धित लिङ्क पठाएर गैरकानूनी काम गरिरहेको पाइएको हो ।

हाल कम्पनीले ‘इएस अलर्ट’ बाट प्रयोगकर्ताको मोबाइलमा असम्बन्धित र शंका लाग्दो लिंक पठाइरहेको छ । 

कम्पनीले आधिकारिक दाबी गर्ने ‘इएस अलर्ट’बाट खल्ती खाता ‘सस्पेन्ड’ हुन लागेको जानकारी दिँदै आफ्नो पहिचान सुचिश्चित गर्न शंका लाग्दो लिंक पठाइरहेको छ । बैशाख २ गते मात्रै यस्तो म्यासेज सय बढी प्रयोगकर्तालाई पठाइएको भेटिएको छ । 

तर, इजी सर्भिस नामक कम्पनीबाट आएको उक्त म्यासेजमाथि शंका लागेपछि केहीले प्रहरीमा उजुरीसमेत गरेका थिए । त्यसपश्चात् आफ्नो गैरकानूनी धन्दाको पोल खुल्ने देखेपछि कम्पनीले पुनः सचेत गराएको शैलीमा प्रयोगकर्ताहरुलाई दोस्रो म्यासेज पठाइरहेको छ । जसमा लेखिएको छ, ‘हालै आएको एसएमएस सन्देशमा शंका लाग्दो लिंक भएकोले कृपया क्लिक नगर्नुहोस् । हामी यो समस्यामाथि कारवाही गरिरहेका छौँ ।’  

यता प्रविधिविज्ञ अझ स्वयम्‌ प्रहरीले पनि यसलाई ‘स्क्याम’ भनेका छन् । यसरी पठाइएको उक्त लिंक क्लिक गर्ने बित्तिकै मोबाइलमा भएको सम्पूर्ण विवरण ह्याकरको कब्जामा पुग्ने र वालेट वा बैंक खाताबाट पैसा चोरी हुने प्रहरीले जनाएको छ । यसर्थ यस्ता शंका लाग्ने कुनै पनि लिंक नखोल्न वा क्लिक नगर्न प्रहरीले अपिलसमेत गरेको छ ।

केही दिनअघि यसरी नै इसेवाका नाममा यस्तै म्यासेजमा लिंक पठाएर ह्याकरले लाखौँ चोरी गरेको घटना बाहिरिएको थियो । हाल इजि सर्भिसले पठाएको म्यासेज र लिंक पनि सोही प्रकृतिको भेटिएकोले यसमा ह्याकरको संलग्नता प्रष्ट देखिन्छ । हाल प्रहरीले उक्त कार्यमा कम्पनीकोसमेत मिलेमतोको आशंकामा अनुसन्धान अघि बढाएको बुझिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी