काठमाडौँ । नबिल बैंकका कामु सिइओ मनोज ज्ञवालीले मुलुकको अर्थतन्त्र आत्तिनुपर्ने अवस्था नभए पनि बेलैमा बुद्धि नुर्याए अवस्था बिग्रिन सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै ज्ञवालीले यस्तो चेतावनी दिएका हुन् ।
उनले मौद्रिक सूचकांकहरु राम्रौ हुँदै गर्दा त्यसको सकारात्मक असर सरकारको वित्तीय सूचकांकमा पर्नु पर्ने भए पनि त्यस्तो नभएको भन्दे बेलैमा बुद्धि पुर्याउन पनि आग्रह गरेका छन् । यस्तो छ ज्ञवालीले लखेको पोस्टः
अर्थतन्त्रको वर्तमान अवस्था आत्तिनुपर्ने छैन तर बेलामा बुद्धि पुर्याइएन भने अर्को आर्थिक वर्ष अझै बिग्रिने देखिन्छ । मौद्रिक सूचकांकहरु राम्रो हुँदैगर्दा यसको सकारात्मक असर सरकार को वित्तीय सूचकाङ्क पर्नु पर्ने हो, यस्तो हुन सकेको छैन। हिजो सम्मको सरकारले आय, राजस्व, सहयोग सबै गरेर रु. ९.४३ खर्ब संकलन गरेको छ भने चालु खर्च र ब्याज खर्च गरेर रु १०.२८ खर्ब खर्च भएको छ। यसरी सरकारले ३% भन्दा तलको दरमा ऋण उठाउन पाउँदा पनि चालु खर्च नै कूल सङ्कलन भन्दा रु. ८५ अर्ब बढि भैसकेको छ। पूँजीगत खर्च न्यूनतम गर्दा विकास निर्माण का कार्य ठप्प जस्तै हुँदैछन । यसको ठूलो असर देशको अर्थतन्त्र मा परेको छ। पैसा बैकमा थुप्रिएको छ, बजारमा छैन। बैंकिङमा रु ६.५ खर्बको थप कर्जा प्रवाह गर्न सक्ने तरलता छ तर कर्जाको खासै माग छैन । युवाहरु को ठूलो संख्या विदेशीदा रेमिट्यान्स त बढेको छ तर बजारमा उपभोग घटेको छ । यसले गर्दा हरेक व्यवसायीको बिक्री रकम घटेर सरकारको राजस्व सङ्कलन मा प्रत्यक्ष असर परेको छ। यसैगरी अघि बढ्ने हो भने राज्य Debt Trap मा पर्ने जोखिम देखिन्छ। अब राज्यले बजेटका समस्या निराकरण गर्न दीर्घकालिक र अल्पकालिक योजनाहरुमा काम गर्न विलम्ब गर्न हुँदैन ।
दीर्घकालिक योजनामा बोझिलो संघीय संरचना, उमेरका आधारमा विनियोजन गरिने सामाजिक सुरक्षा भत्ता र अन्य सरकारी संचरना मा हुने खर्चको बारेमा पुनर्विचार गर्नुको अर्को विकल्प देखिदैन ।
तत्काललाई बजार बुझेको, नियमनलाई अर्थतन्त्र उत्थानको दिशामा डोर्याउन सक्ने, बैकिङ र उधमीलाई ठिक पार्छु भन्ने सोच होइन कि नियामकीय दायरा भित्र राख्दै प्रोत्साहित गर्छु भन्ने सोच भएको, निर्णय क्षमता भएको र वर्तमान समस्यालाई समाधान गर्न सक्ने योजना भएको गभर्नर नियुक्ति, व्यवसायीलाई र करदातालाई प्रोत्साहन गर्ने गरि बजेटको तर्जुमा अनि बजेटलाई सघाउने गरेर आउने मौद्रिक नीति भएमा आगामी आर्थिक वर्षको दोस्रो त्रैमास बाटै अर्थतन्त्र उँभो लाग्ने संकेत देखिनेछ। तर दलीय भागबन्डा र अन्य कुरा हावि भएर यी ३ कुरामा राज्यले बुद्धि नपुर्याउने हो भने आउदा दिनहरु साच्चै कठिन हुनेछन र Recovery झन मुस्किल हुदै जानेछ।
बेलैमा बुद्धि पुगोस!!
जय होस, शुभ होस!!
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्