×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडा औद्योगिक क्षेत्रका २० उद्योगमात्र सञ्चालनमा, दैनिक ३० करोड घाटा

LAXMI SUNRISE BANK

हेटौंडा औद्योगिक क्षेत्रका २० उद्योगमात्र सञ्चालनमा, दैनिक ३० करोड घाटा

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौंडा । कोरोनाको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रू.३० करोड घाटा भइरहेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ ओटा उद्योग छन् । औद्योगिक क्षेत्रमा ५ हजार कर्मचारीरसहित मजदूर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदूरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करीब रू.३ करोडभन्दा बढीको कारोवार हुने गरेको थियो ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २० र २१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेका छन् । उद्योगमा कच्चा पदार्थ, मजदूर अभाव, दुवानी र विक्री वितरणको समस्याले आंशिकरूपमा चलेको छ । कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् ।
सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रै समस्या आएको उद्योग संघले बताएको छ । संघका अध्यक्ष लेखराज पोखरेलले उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदूरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदूरको गुनासो छ । त्यस्तै हेटौंडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् ।
त्यसैगरी हेटौंडा उपमहानगर क्षेत्रमा रहेका कवाड खानामा कवाड संलग्न गर्ने मजदूर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान संकलन गर्ने व्यवसायी एवं मजदूरी गर्ने कारोवार ठप्प छ । हेटौंडामा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५०० भन्दा बढी मजदूर आश्रित रहेको हेटौंडा–४ कवाडखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए ।
सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौंडामा कवाड संकलन गर्ने दिनेश साहले मासिक रू।२५ हजार कमाउने गर्थे तर लकडाउनले खानपनमा समेत आपत परेको गुनासो गरे । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदूर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदूरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लागाएका छन् । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी