×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयमित बनौ, योगदान नबिर्सौ : यो हात धोएर कोरोनाविरुद्ध लाग्ने समय हो, हात धोएर इसेवाविरुद्ध लाग्ने होइन कि…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संयमित बनौ, योगदान नबिर्सौ : यो हात धोएर कोरोनाविरुद्ध लाग्ने समय हो, हात धोएर इसेवाविरुद्ध लाग्ने होइन कि…’

Artha Sarokar

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • राजन लम्साल 
एकजना साथीले आज मजाक गर्दै सुनाए, ‘कोरोना विरुद्ध हात धुनु भनेको त मान्छेहरु इसेवाविरुद्ध हात धोएर लागेका छन् ।’ सुन्दा एकछिन त रमाइलो लाग्यो तर विषय गम्भीर थियो । हिजोआज कोरोनाको कहरसँगै स्वास्थ सामाग्री खरिद प्रकरणको भ्रष्टचारको समाचारले निक्कै हल्लिचल्ली मच्चाएको छ । त्योसँगै जोडिएर अहिले प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलि र उनको कम्पनी इसेवा चर्चामा छन् । अझ खुलेर भन्दा अलिसँग जोडेर इसेवालाई पिल्स्याउने काम भएको छ । 
नेपालमा ‘न्यु मिडिया’ अर्थात ‘अनलाइन मिडिया’ शशक्त बन्दै गइरहेका छन् । यसअघि ठुलै हलचल ल्याएर राजीनामा दिन वाध्य तत्कालिन सभामुख कृष्ण वहादुर महरा होस या त तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटालाई ‘सिध्याउने’ मिडियालाई चालाउना खोज्नु गलत थियो । तर, फरक प्रकृतिको एउटा कम्पनीको एउटा गल्तीलाई देखाएर अरु सबैलाई एउटै ‘ड्याङ’मा हालेर मुछ्नु हाम्रो पनि कच्चापन हो । 
अहिले जसरी केहि प्रयोगकर्ताहरुले इसेवा वहिस्कार गर्ने अभियान चलाएका छन्, यसले हामिलाई त्यतिमाथि कतै पुर्याउदैन । केहि मिडिया र त्यसलाई फलो गर्ने केहि प्रयोगकर्ताले लाटो रिस देखाएझै लाग्छ । काठमाण्डौ प्रेसबाट कन्टेन्ट हटाएको विषयलाई लिएर पिडित पक्षले अश्गर अलि र कन्टेन्ट डिलिट गर्ने कम्पनी (शिरान टेक) विरुद्ध साइबर क्राइममा मुद्धा चलाउन सकिने प्रशस्त अवसर छ । तर, भागिनी सस्थाको रुपमा जोडेर इसेवाले लुट्यो र ठग्यो भन्दै बहिस्कार अभियान चलाउनु ‘कागले कान लग्यो भनेर कानै नछामी कागको पछि दर्गुर्नु’ भनेजस्तै हो । गलत गर्नेलाई कारवाही हुनुपर्छ भन्नेमा कुनै शंका छैन । तर व्यक्तिलाई जोडेर संस्थालाई मुछ्नु पक्कै गलत हो ।
अश्गर अलिलाई बुझ्नेहरुका कुरा पत्याउने हो भने उनी बारम्बार विवादमा ‘ल्याइएका’ पात्र हुन् । तर, भ्रष्टचार र उनलाई लागेको आरोप भने कहि प्रमाणित भएजस्तो देखिदैन । कोरोना नियन्त्रणको लागि खरिद गरिएको स्वास्थ सामाग्रीमा भएको भ्रष्टचारमा उनको संलग्नता भएको कुरालाई अलिले फेसबुकमार्फत खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । प्रमाणित नहुदै त्यसको केहि दिनमै अर्को अनलाइन सामग्रीलाई रोक्न प्रयास गर्नु चाहि उनले ‘सिच्वेसन ह्याण्डल’ गर्न नसेकेको हो कि भन्ने देखाउँछ । समाचार डिलिट गर्ने सिरानटेकको गल्तीले गर्दा आज डिजिटल बैकिङका लाखौ प्रयोगकर्ताहरु शशंकित भएका छन् । इसेवामाथि निरन्तर प्रहार भएको छ । 
पछिल्लो समय द्रुत्त गतिमा बढिरहेको डिजिटल वालेट र अनलाइन बैकिङका ग्राहकहरुलाई यस कुराले झस्काएको पक्कै छ । चासो राख्नु र आशंका गरेर सचेत रहनु स्वाभाविक नै हो, तर अरु कुनै गल्तीले समग्र नेपालको बैकिङ प्रणाली र इसेवा असुरक्षित भन्नु मुर्खता हुनसक्छ । इसेवा ११ बर्षअघि नेपालमा सुरु भएको पहिलो पेमेन्ट गेटवे सेवा थियो । अहिले अथक प्रयास र मेहनत पश्चात कम्पनीका २० लाख बढि ग्राहक छन् । यो ब्राण्ड बनाउन सजिलो पक्कै थिएन र छैन पनि । तर सानो कुराले वर्षै लगाएर बनाएको ब्राण्डमा केहि सेकेन्डमा धक्का लाग्छ भन्ने उदाहरण यहाँ प्रस्तुत भएको छ । इतिहास बनाउनेहरुलाई थाहा हुन्छ पिडा र संघर्ष । कलेज पढ्दा पढ्दै सुरु गरेको एफवान सफ्ट र त्यसपछिको इसेवाले अहिले नेपालमा सबैभन्दा ठुलो सफ्टवेयर कम्पनी र पेमेन्ट गेटवेको ताज पहिर्याएको छ । यदि इसेवा थिएन भने अहिले हामीहरु कोरोनको कहरमा घरमै बसेर सजिलै डिजिटल पेमेन्ट गर्नसक्ने अवस्थामा नपुग्न पनि सक्थ्यौ । हाम्रो सहज बनाइरहेको र सयौंलाई रोजगार दिएर देश र युवालाई सम्भावनाको नमुना प्रस्तुत गरेको कुरालाइ चटक्कै नबिर्सौं। 
हामिले पटकपटक एनसेलका सिम जलायौं । तर एनसेल नहु्दो हो भने नेपालको दुरसञ्चार क्षेत्र यति सहज र प्रभावकारी हुन्छ भन्ने सोचेनौ । यसको अर्थ गल्ती गर्नेलाई त्यसै छोड्ने वा ताली पिट्ने भनाई मेरो होइन । हामीले कानुनी उपचार खोजन जरुरी छ, हामिले देशमा सिस्टम बसाल्न जरुरी छ ।

अप्सन खोज्न पाइन्छ, यसको लागि बजार पनि तयार छ । तर आज एउटा आइटी कम्पनीलाई लागेको धक्का भोली अरुलाई लाग्न सक्छ । नेपालमा सेवा दिने कम्पनीहरु सबै उस्तै हुन भन्न सक्ने अवस्था पनि आउन सक्छ । यदि इसेवाले लुट्यो, ठग्यो वा उपभोत्ताको व्यत्तिगत विवरण दुरुपयोग गर्यो भने कानुन बमोजिम सजाय हुनुपर्दछ । राष्ट्र बैंकको नियम, कानुन र पोलिसी अनुसार सञ्चालन भएका यस्ता डिजिटल बैंकि सेवा प्रदायकको त्यहि अनुसार मोनिटरिङ र सेक्युरिटी अडिट पनि हुन्छ । यदि यस्तो भएको छैन भने आवाज उठाउ र प्रभावकारी बनाउन प्रयास गरौ । नेपालमा डिजिटल बैकिङको कानुन र पोलिसी नै नआउदा सन् २००२ मा कुमारी बैंकले सुरु गरेको अनलाइन बैकिङको प्रयासमा निक्कै ठुलो दु:ख व्यहोर्नु पर्यो । इसेवाले पनि कानुन भन्दा प्रविधिको माग बढेको भन्दै ल्याएको सुविधालाई व्यवस्थित गर्न समय लाग्यो । अहिले टुटल र पठाओले यहि समस्या झेलिरहेका छन्। 
हामी दुरगामी भएर सोच्न जरुरी छ । आज इ सेवामा आएको चुनौती नेपालको आइटी उद्योग चुनौती हो । भोली नेपाली सेवा प्रदायक सबै चोर नै हुन भनेर अभियान चल्न बेर छैन, यसर्थ हामि सबै बलियो इकोसिस्टम विकास गर्न मेहनत गर्नुपर्ने आवश्यक्ता छ । एउटा स्टार्टअप उद्यमी भएर निस्कन त्यत्तिर्क कठिन छ नेपालमा । त्यहि भएर आधाजसो दक्ष जनशत्ती विदेश पलायन भइरहेका छन । अब यसको लागि वातावरण बनाउन लडौ, नेपालीले नै गरेका कतिपय कामले हाम्रो जिवनशैली परिवर्तन भएको छ, यसलाइ महशुस गरौँ । 
प्रधानमन्त्रीको आइटी विज्ञ तथा सल्लाहकारको रुपमा अश्गर नियुक्त हुदै गर्दा उनले तत्कालको लागि आफ्नो कम्पनीबाट राजिनामा दिएको भए वेश हुनेथियो । पछिल्लो समय केहि डेटाको कुरालाई लिएर पनि उनले आरोपित हुनु परेको छ । भ्रष्टचारको कुराहरु उठेपनि प्रमाणित भएका छैनन । तरपनि यस्तो परिस्थितीमा उनले प्रधानमन्त्रीको सल्लाहकार पदबाट राजिनामा दिएर आफुलाई लागेका आरोप छानविन गरि प्रमाणित गर्न चुनौती दिनुपर्दछ । 
उनी नेपालका प्रधानमन्त्रीको पहिलो आइटी विज्ञ पनि हुन, यसर्थ यसको नजिर लामो समयसम्म रहन्छ । उनले पदमा नियुक्त हुदैगर्दा भनेका थिए, यहाँ बसेर काम गर्न सहज छैन । काम गर्न नसके चाडै राजिनमा दिन्छु । त्यसैगरी अर्को एउटा फोरममा बोलेका थिए ‘काम गर्ने वातावरण छैन, प्रधानमन्त्रीले डोजर लगाएर भएर पनि काम गर्नुस भन्नुभएको छ, म त्यहि अनुरुप अघि बढिरहेको छ’ अहिले परिस्थिती उल्टो भएको छ, धेरैले अलि विरुद्ध डोजर लगाइरहेका छन् । यसर्थ कसरी अघि बढ्ने, उनले समय परिस्थितिले र परिपक्व भएर निर्णय लिनु आवश्यक छ । आम आइटी प्रेमीलाई चाहि मेरो आग्रह ‘संयमित बनौ, इतिहास र योगदान नबिर्सौ’ भन्ने नै हो ।अ
(लेखक लिभिङ विथ आइसिटिका प्रधान सम्पादकसमेत हुन् ।)  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी