
१. तपाईंको स्वास्थ्य कस्तो छ ? स्वास्थ्यस्थिति ठिक थिएन भन्ने कुरा आएको थियो नि ?
स्वास्थ्यस्थतिमा केहि उतारचढाव आउनु उमेरको कुरा पनि होला । केहि समस्या थिए । अहिले म ठिक छु ।
२. बैंक अफ काठमाण्डूको जाहेरीपछि असोज ३ गते तपाईं पक्राउ पर्नुभयो, बैंकले के जाहेरी दिएको रहेछ ?
बैंकले जाहेरीमा के भनेर उल्लेख गरेको रहेछ भन्ने कुरा प्रहरीले अनुसन्धान सुरु गरेपछि मात्र मलाई थाहा भयो । जाहेरी दिइएको छ भनेर मलाई बैंकबाट फोन त आएको थियो तर यस्तो नै हो भनेर भनिएन । बैंकले पूरा विवरण खुलाएको भए मैले सोहिअनुसार तयारी गर्थ्यें । तर त्यस्तो भएन । पछि प्रहरीको अनुसन्धानका क्रममा एउटा ऋणको केसमा ऋणीहरुबिरुद्ध केस गर्दा हामी सबैलाई पक्राउ गरिएको थाहा भयो ।

३. तपाईं लामो समय थुनामा पर्नुभयो, यो घटनापछाडि बैंकिङ कसुरमै रहेका प्रावधान ‘समस्या’का रुपमा रहेको पाउनुभयो वा बैंककै नियतमा प्रश्न गर्ने ठाउँ छ ?
यो कानुन अहिले आएको कानुन होइन । यो धेरै अगाडीको कानुन हो । समय बदलियो तर कानुन बदलिएन । मेरै घटनाको कुरा गर्ने हो भने, ऋणी र व्यवस्थापनको मिलेमतो थियो भन्ने कतै पनि देखिएन । तर पनि यो घटनामा धेरै जना फसे । मैले लामो समय थुनामा बस्नुपर्यो । यो कानुनमा कतिपय ‘ग्यापहरु’ छन् । बैंक आफैंले जाहेरी दिंदा यो कुरामा ख्याल गरिदिएको भए कुरा अर्कै हुने थियो होला । संस्थाले आफुले पनि कतिको अनुसन्धान गर्यो भन्ने कुरा ख्याल भएको भए कुरा अर्कै हुन्थ्यो होला । तर यहि कानुनलाई टेकेर हामीमाथि अनुसन्धानका नाममा कतै अन्याय त भएन भन्ने कुरा पनि धेरैले सोच्नुभएको होला । भलै यो घटना बाट बैंकरहरुले पाठ सिकेजस्तो लाग्छ । म पीडीत भएँ, त्यो आफ्नो ठाउँमा छ, तर यो घटनाले धेरैलाई धेरै कुरामा पाठ सिकाएजस्तो लाग्छ । बैंकिङ कसुर कानुनका ग्यापहरुलाई परिपूर्ति गर्नुपर्छ भन्ने आवाज पनि उठेका छन् । यो कुरामा सबैको ध्यान गएजस्तो लाग्छ । एउटा व्यक्ति वा संस्था पीडीत भएपछि समस्याका समाधान निस्किएका विश्वव्यापी उदाहरणहरु पनि छन् । यसपाली पनि यस्तै होस्, मैले केहि पीडा भोगेपनि क्षेत्रलाई अव राम्रो होस्, कानुनका केहि अफ़्ट्यारा प्रावधानहरु परिवर्तन हुन् ।

४. यो घटनामा तपाईंको अनुभव कस्तो रह्यो ?
मलाई प्रहरीले पक्राउ गरेपछि परिवारमा तनाव हुने नै भयो । मलाइ पनि केहि समय त धेरै तनाव भयो । अहिले विस्तारै सबै कुरा ठिक हुँदै आएका छन् । तर मेरो अनुभव भन्दा पनि यो क्षेत्रले यसबाट पाठ सिक्नुपर्छ । मेरो केस त म सल्टाउंला, पूरा बैंकिङ क्षेत्रले यो घटनाबाट पाठ सिक्नुपर्छ । नत्र यहि कानुन नै रहने हो भने जुनसुकै बेला जो पनि फस्न सक्छ । यसका ‘ग्याप’हरु परिपूर्ति गरिएनन् भने फेरी यस्तै घटना दोहोरिन सक्छ । यो कुरामा सम्बन्धित सबै सचेत हुनुपर्छ जस्तो लाग्छ ।
५. बैंकले आन्तरिक अनुसन्धान गरेको रहेछ कि रहेनछ ? तपाईंले के पाउनुभयो ?
अनुसन्धानका क्रममा मैले बैंकले अनुसन्धान नै नगरेको पाएँ । बैंकले अनुसन्धान गरेको भए त्यहि अनुसारका डकुमेन्ट हुने हुनेथिए होलान् । तर त्यस्तो डकुमेन्ट केहि पनि मैले देखिन । बैंकले आन्तरिक अनुसन्धान गरिदिएको भए र प्रहरीमा केस पेश गरेको भए हामीले आफ्नो बयान के दिने भन्ने कुरामा पनि तयारी गर्थ्यौं । तर त्यस्तो अवस्था रहेन । केस अनुसन्धान नै भएको रहेनछ, त्यसैले जे-जे जानिएको छ, त्यहि अनुसार बयान दियौं । न बैंकले अनुसन्धान गरेको पाइयो, न त हामीलाई यस विषयमा समयमा जानकारी नै दिइयो । जसका कारण लामो समय दु:ख पाउनुपर्यो ।
६. बैंकले ऋण असुलीमा जान सक्थ्यो, तर बैंक सिधै सिआइबी गएको देखियो, बैंकलाई त्यस्तो के बाध्यता परेछ ?
खोइ ? बैंकलाई के बाध्यता पर्यो त मैले जान्दिन । तर बैंकले धीतो लीलाम गरेर वा अन्य प्रक्रियाबाट असुली गर्न सक्थ्यो । ऋण नउठेको खण्डमा ऋण असुली न्यायाधिकरणमा पनि जान सक्थ्यो । त्यसो नगरी बैंकले किन हामी विरुद्ध जाहेरी दियो भन्ने कुरामा म कमेन्ट गर्न सक्दिन । तर बैंकले ऋण असुल गर्न प्रयास नै नगरी केस अगाडी बढाइएकोचाहिं देखियो ।

७. सिआइबीले पनि हामीलाई उजुरी गरेपछि सबैलाई तान्नुपर्छ, आफैं सल्टाउनुहोस् भनेर भनेको थियो र पनि बैंकले तपाईं विरुद्ध उजुरी गर्यो भन्ने कुरा छ नि ?
अव यो कुरा सिआइबीले बैंकलाई भन्यो कि भनेन भन्ने कुराको त मसँग कुनै प्रमाण छैन । तर प्रहरीको अनुसन्धानका क्रममा प्रहरीले पहिला नै बैंकलाई यसका प्रक्रियाबारे भनेको रहेछ भन्नेचाहिं मलाइ पनि थाहा भयो । बैंकले जाहेरी दिनुभन्दा अघि वा दिएपछि विस्तृतमा यो घटनाबारे हामी कसैलाई जानकारी दिएजस्तो लाग्दैन । मलाइ पनि कुनै पनि जानकारी दिइएन । मलाई बयान लिनु कुनै ठुलो वा नौलो कुरा थिएन तर थुनामै राखेर बयान लिनु वा अनुसन्धान गर्न आवश्यक थियो र ? भन्ने कुराचाहिँ मलाइ पनि अचम्म लागेको छ । यो पनि कानुनमै रहेको समस्याजस्तो लाग्छ ।

८. तपाईंले छोडेपछि बैंक अफ काठमाण्डूका उच्च व्यवस्थापनमा रहेका धेरैले जागिर छोडे, अझ तपाईंको केस परेपछि स्टाफहरु डराएका छन् भन्ने पनि सुनिएको छ नि ? कि मर्जरको साइड एफेक्ट हो यो ?
नयाँ व्यवस्थापन आएपछि व्यवस्थापनले चाहेअनुसारका मान्छेसँग काम गर्न खोज्नु स्वाभाविक हो । तर मर्जर भएकै कारण यस्तो भएको हो भने त्यो ठिक हो जस्तो लाग्दैन । मर्जरबाट त फाइदा लिन सक्नुपर्छ । २ र २ मिलेर ५ हुनुपर्छ । जहाँसम्म स्टाफहरु डराएका छन् भन्ने कुरा छ, त्यो स्वाभाविक हो । कानुनमै खोट भएपछि सबै डराउने नै भए । यो कुराको अव समाधान खोज्नुपर्छ ।
९. आगामी दिनमा अजय श्रेष्ठलाई अव कुन रुपमा हेर्न पाइन्छ ? बैंकका संचलाक, सिइओ वा अरु कुनै भूमिकामा ?
९-५ जागिर गर्ने सोच अव छैन । तर यहि क्षेत्रमा काम गर्नेछु । मैले बैंकमा लामो समय योगदान गरें । अव सिइओ भएर नभएपनि तालिमको माध्यमबाट वा अन्य कुनै तरिकाले यहि क्षेत्रमा योगदान दिने सोचमनमा छु । मैले सिकेको पनि यहि हो । जीवनमा नसोचेको घटना भयो । र अपनी म बिचलित छैन। कुनै न कुनै रुपमा यही क्षेत्रमा योगदान दिनेछु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्