×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाईनान्समा सेयर दलालको नक्कली खाता, करोडौं हिनामिना भएपछि यसरी खुल्यो पोल !

PRIME CA

आइसीएफसी फाईनान्समा सेयर दलालको नक्कली खाता, करोडौं हिनामिना भएपछि यसरी खुल्यो पोल !

अर्थ सरोकार

२३ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेप्सेमा कारोबार रोक्का भएको सेयर दलाल कम्पनी आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ८)को नाममा नक्कली खाता खोली करिव ७३ करोड रुपैयाँसम्म हिनामिना भएको रहस्य बाहिर आएको छ । आइसीएफसी फाइनान्सको टंगालस्थित कार्यलयामा उक्त ब्रोकरको नक्कली खाता रहेको र उक्त खाताबाट करिव ७३ करोड रुपैयाँ हिनामिना भएको रहस्य बाहिर आएको हो । 
कम्पनीका सञ्चालकद्वय लक्ष्मण अग्रवाल र कर्मचारी सन्तोष भुर्तेलका नाममा नियम विपरित नक्कली खाता खोली ७३ करोड २३ लाख रुपैयाँ हिनामिना भएको, आईसीएफसीमा बैंक खाता खोल्ने कम्पनीको कुनै पनि आधिकारिक कुनै निर्णय नभएको र आफुले उक्त फाइनान्समा बैंक खाता खोल्नेगरी आफुले कतै पनि हस्ताक्षर नगरेको भन्दै प्रहरीमा उजुरी परेपछि यस्तो रहस्य बाहिर आएको हो । नक्कली खाताबाटै यति लामो समय कारोबार गरेकोमा यस विषयमा अनुसन्धान गरी पाउँ भनी उनले प्रहरीमा निवेदन दिएका छन् । ब्रोकर कम्पनीमा मासिक २५ हजार तलब खाने कर्मचारी सन्तोष भुर्तेलले संचालकलाइ थाहा नै नदिइ आफ्नो नाममा करोडौं कारोबार गरेकोसमेत खुलेको छ । उनी नै कम्पनीको करोडौं रुपैयाँ डुबाएर फरार भएपछि यस्तो रहस्य बाहिर आएको हो । 
सिन्धुली घर भएका सन्तोष भुर्तेल करोडौं रुपैयाँ लिएर फरार छन् । सोही ब्रोकर कम्पनीकि रिसेप्सन भावना बस्नेतलाई विवाह गरेका उनले आफै बाहिर ठुला लगानीकर्ताहरुसँग अफ डिल काम गरी कमिशन खाएर कमाएको पैसाले थुप्रै ठाउँमा जग्गासमेत किनिसकेका छन् । उनले भक्तपुरको सिरुबारीमा २ देखि ६ आनासम्मको चार वटा टुक्रा गरी एक रोपनीभन्दा बढी जग्गा किनेका थिए । सो जग्गा धितोमा राखी उनले सहकारी सस्थाबाट ऋण समेत लिएक थिए । सहकारीले उनी ठगी मुद्दामा परेको थाहा पाउनासाथ लिलाम बिक्री गर्ने तयारी गरिरहेको छ । 
के भन्छ प्रहरी र आइसीएफसी फाइनान्स ?
यता महानगरी अपराध महाशाखाले आइसीएफसी फाइनान्समा नक्कली खाता खोलिएको बारेको ठगीको उजुरी भएको र यस घटनामा आवश्यक अनुसन्धान भइरहेको बताएको छ । महासहाखाका अनुसारयस घटनामा ब्रोकर नम्बर ८ क कर्मचारी सन्तोष भुर्तेलकी श्रीमती र पूर्व कर्मचारी मुदित मुरारकालाई पक्राउ गरी थप अनुसन्धान जारी छ । यता सन्तोष भुर्तेल भने फरार छन् । नेप्सेले उनको ब्रोकर हाउसले ग्लोबल आइएमइ बैंकको पैसा भुक्तानी नगरेपछि कम्पनीलाई कालोसूचीमा राख्नुको साथैकम्पनीको कारोबार रोक्का गरिदिएपछि उनी सम्पर्क बाहिर रहेका हुन् ।   
यस विषयमा बुझ्न हामीले आइसीएफसी फाइनान्समा सम्पर्क गरेका थियौं । त्यहाँका कर्मचारीले आफुहरुलाई यस्तो कुरा थाहा नहुने भन्दै सीइओलाई सम्पर्क गर्न आग्रह गरे । त्यसपछि हामीले फाइनान्सका सीइओ सुनिल पन्तलाइ सम्पर्क गर्यौं । फाइनान्सका प्रमुख कार्यकारी पन्तले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजको नाममा आफ्नो फाईनान्समा खाता रहेको  स्वीकारे । तर उनले त्यस विरुद्ध कुनै पनि गुनासो नआएको र प्रहरीमा परेको ठगीको उजुरीबारे पनि आफुलाई थाहा नभएको बताए । 
ग्लोबल आइएमइ बैंकको लापरवाही !
ग्लोवल आईएमई बैंकको न्यूरोडस्थित शाखा कार्यालयमार्फत आशुतोष ब्रोकरेजले कारोवार गर्ने गरेको थियो । यो शाखामा कम्पनीका अन्य कर्मचारीको पनि कारोबार थियो भने कम्पनीकै पनि ठुलो कारोबार हुने गरेको थियो । कम्पनीका कर्मचारी सन्तोष भुर्तेल र ग्लोबल आइएमइ बैंकका न्यूरोड शाखाका कर्मचारीको दोस्ती निकै जमेको थियो । भुर्तेलले  करोडौंको कारावार गर्ने हुनाले कहिलेकाहीं खातामा रकम नभए पनि चेक काट्थे र भुक्तानीका लागि बैंकमा रहेका आफ्ना दोस्तहरुलाई फोन गर्थे । बैंकले पनि सजिलै उनको रकम नै नभएको खाताबाट बेलुका रकम जम्मा हुने सर्तमा भुक्तानी दिन्थ्यो । जुन सरासर गैरकानुनी काम थियो । तर चिनजानकै आधारमा गरिएको यस्तो कारोबारले बैंकका कर्मचारीहरु फसेका छन् । भुर्तेलको मौखिक अनुरोधमा दिइएको लाखौं रुपैंयाको चेकको भुक्तानी नआएपछी ग्लोवल बैंकको न्यूरोड शाखाका कर्मचारी निलम्बनमा परेका छन् भने बैंकको रकम पनि डुबेको छ । उनी फरार हुनुभन्दा अघिको कारोबारमा यसरी भएको भुक्तानीले बैंकमा समेत समस्या परेको छ । उनले उनले ब्रोकर कम्पनीको ग्लोवल बैंकमा रहेको ओडी खाताको ३ करोडभन्दा बढी रकम चलाएका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: